• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जागिरको प्रलोभनमा ठगी गर्ने ६ जना पक्राउ

  • वीरगंज संजाल
  • १५ आश्विन २०७७, बिहीबार १३:२९
  • ११३६५

    विरगंज । असोज १४ गते वीरगञ्ज–१६ स्थित देव पार्टी प्यालेसमा परीक्षा चल्दै थियो । लोक सेवा आयोगको परीक्षा भनेर प्रवेश पत्र, प्रश्न पत्र, उत्तर पुस्तिका बाँडिएको थियो । लोक सेवा आयोगबाट हुने प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको लिखित परीक्षा भनी परीक्षा चलाइएको रहेछ । मध्यान्ह १२ बजेतिर प्रहरी पुग्दा बारा, पर्सा र सर्लाही समेतका २१ जना परीक्षार्थी परीक्षा दिइरहेका थिए ।

    लोक सेवा आयोगले कुनै परीक्षा गरिरहेको जानकारी जिल्ला प्रहरी कार्यालय पर्सासँग थिएन । जिल्ला प्रहरी कार्यालय तथा प्रहरी कार्यालय विर्ताबाट प्रहरीको टोली पुगेर सोधपुछ गरयोे । त्यसपछि भयो षडयन्त्रको पर्दाफास ।

    परीक्षार्थीहरुसँग नेपाल प्रहरीको सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र निजामति खरिदारमा समेत जागिर लगाइदिन्छु भनिएको रहेछ । परीक्षा सञ्चालनमा सहयोग गर्ने प्रयोजनका लागि विभिन्न व्यक्तिहरुलाई फोन गरी बोलाएको रहेछ । नक्कली परीक्षाका लागि ९ महिनादेखि तयारी भइरहेको रहेछ ।

    जिल्ला प्रहरी कार्यालय पर्साका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरका अनुसार सम्पूर्ण हिसाबले सक्कली परीक्षा जस्तै तयरी गरिएको थियो । ‘परीक्षार्थीहरु मास्क लगाएर बसेका थिए, प्रश्न पत्र र उत्तर पुस्तिका बाँडिएको थियो, उनीहरुलाई कतिपयलाई प्रहरी सहायक त कतिपयलाई के को जागिर दिलाइदिने आश्वासन दिइएको रहेछ ।’ उनले भने ‘ परीक्षामा सहयोग गर्ने व्यक्तिहरु समेत थिए ।’

    प्रहरीले नक्कली लोकसेवा परीक्षा सञ्चालनको योजनाकार बारा जितपुर सिमरा उपमहानगरपालिका– ७ चौधरी टोल बस्ने २९ वर्षीय अजयकुमार रायलाई प्रहरी निरीक्षकको पोशाकमै नियन्त्रणमा लिएको छ ।

    उनको साथबाट नक्कली प्रहरी सहायक निरीक्षकको प्रवेश पत्र २ थान, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको प्रवेश पत्र २१ थान, प्रश्न पत्र २६ थान र खरिदारको प्रवेश पत्र १ थान बरामद गरेको छ ।

    उनले प्रहरी चौकी परवानीपुर, इलाका प्रहरी कार्यालय नगवा पर्सामा सादा पोशाकमा गई ‘म प्रहरी निरीक्षक हुँ’ भनी परिचय समेत दिँदै हिडेको पाइएको डीएसपी कुँवर बताउँछन् । रायले २०७२ सालमा सरकारी छाप दस्तखत किर्ते मुद्दामा पूर्पक्षका लागि १ सय १० दिन वीरगञ्ज कारागारमा कैद सजाय भुक्तान गरिसकेको प्रहरीले जनाएको छ ।

    परीक्षा हलबाटै प्रहरीले जितपुर सिमरा–५ बस्ने ५७ वर्षीय हिरालाल महतो, २८ वर्षीय बसन्त चौधरी, वीरगञ्ज–१६ बस्ने २१ वर्षीय रविकुमार चौरसिया, पर्साको पकाहामैनपुर गाउँपालिका– ५ सबैठवा बस्ने ४७ वर्षीय शिव नारायण चौरसिया, वीरगञ्ज–रानीघाट बस्ने २५ वर्षीय रामजी चौरसियालाई समेत पक्राउ गरेको छ । उनीहरुको के–कुन भूमिका रहेको छ भन्ने कुरा बारे थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    जागिरको प्रलोभनमा ठगी

    रायले परीक्षार्थीहरुलाई जागिर दिने प्रलोभनमा पारेर ठगेको बुझिएको छ । त्यसका लागि उनले परीक्षार्थीहरुसँग रकम समेत लिएका छन् । १३ जनासँग ३ लाख ६१ हजार रुपैयाँ लिएको प्रहरीको प्रारम्भिक अुनसन्धानबाट खुलेको छ । १२ जनासँग १ हजारदेखि ३५ हजारसम्म रकम लिएको र १ जनासँग परीक्षामा उतिर्ण भएपछि १ लाख ५० हजार रुपैयाँ लिने तय भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑