वीरगंज | साङ्लोले नसताएको घर कमै भेटिएला । अँध्यारा कुनाकाप्चामा लुकेका साङ्लाहरू फुत्तफुत्त निस्केर तपाईंलाई हैरानै गर्छन् होला ।गर्मी र बर्खाका बेलामा साङ्लाको संख्या ह्वात्तै बढ्छ । अनि त कहिलेकाहीँ पकाइराखेको तरकारी वा मुछिराखेको पीठोसहित साङ्ला फाल्नुपर्ने आवश्यकता आइलाग्छ |
तेजपात
खानाको स्वाद बढाउन प्रयोग हुने तेजपातको गन्ध साङ्लालाई पटक्कै मन पर्दैन । त्यसैले साङ्ला जम्मा हुने ठाउँमा तेजपात पिँधेर राखिदिनुस् । यसो गर्दा साङ्लाहरू भाग्छन् । तेजपातको गन्ध हराएपछि नयाँ तेजपात राख्नुस् ।
ल्वाङ
ल्वाङको गन्ध पनि साङ्लालाई मन पर्दैन । साङ्ला आउने ठाउँमा ल्वाङका कल्लीहरू राख्नुस् ।यसबाहेक मट्टीतेल, नीम, पुदीना र कफीले पनि साङ्लालाई भगाइदिन्छन् ।