• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    छ महिनापछि कार्यालय खुल्दा नागरिकता बनाउनेको ताँती, चाप थेग्न टोकन प्रणाली

  • वीरगंज संजाल
  • १५ आश्विन २०७७, बिहीबार ०८:०२
  • ३४६५

    सर्लाही। जिल्ला प्रशासन कार्यालय, सर्लाहीमा नागरिकता बनाउनेको अत्यधिक चाप भएपछि टोकन प्रणालीबाट सेवा दिन थालिएको छ । भीड थेग्नै मुस्किल परेपछि टोकन प्रणालीमार्फत सेवा प्रवाह गर्न थालिएको कार्यालयका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत रामप्रमोद यादवले जानकारी दिनुभयो । यादवका अनुसार असोज १९ गतेसम्मका लागि टोकन वितरण भइसकेको छ । ‘१९ गतेसम्मलाई कुपन प्याक भइसक्यो, अब आउने सेवाग्राहीले २० गतेपछिको पाउँछन्, यादवले भन्नुभयो, भीड व्यवस्थापन गर्न उत्तम उपाय ठानेर यो विधि अपनाएका हौँ ।’

    सेवाग्राहीलाई टोकनमा तोकेको दिन सेवा लिन आउन भनिएको प्रशासकीय अधिकृत यादवले बताउनुभयो । सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालयबाट अहिले नयाँ र प्रतिलिपी गरी दैनिक १५० वटाको हाराहारीमा नागरिकता वितरण भइरहेको छ ।

    प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले छ महिनापछि कार्यालय खुल्दा एकैपटक ठूलो सङ्ख्यामा सेवाग्राहीहरू सेवा लिन आएका बताउनुभयो । ुदैनिक चार(पाँच सय मानिस आउँछन्, धेरैजसो नागरिकता बनाउनेहरू छन्ु, प्रजिअ पौडेलले बुधबार मध्यान्ह गोरखापत्रसँग भन्नुभयो, भीड हेर्दा लठीचार्ज गर्नुपर्ने स्थिति छ । लकडाउन र निषेधाज्ञाका कारण छ महिना काम खप्टिँदा यो अवस्था आएको उहाँको भनाइ छ ।

    जिल्ला प्रशासन कार्यालयले सर्लाहीका २० वटा स्थानीय तहमध्ये हरिपुर र ईश्वरपुर नगरपालिकाको केही वडासहित दक्षिणी भेगका १४ वटा पालिकाका बासिन्दालाई नागरिकता वितरण, राहदानी सिफारिस, समावेशी प्रमाणित, संस्था दर्ता लगायतको सेवा प्रवाह गर्दैआएको छ ।

    अन्य पालिकाका बासिन्दालाई उत्तरी भेगको हरिवन र पश्चिमी भेगको बरहथवामा रहेका ईलाका प्रशासन कार्यालयबाट सेवा प्रवाह गरिन्छ । हरिवन र बरहथवामा पनि अहिले सेवाग्राहीको चाप बढेको छ । यी दुई कार्यालयबाट दैनिक ३० देखि ४० वटा नागरिकता वितरण भइरहेको कर्मचारीले बताएका छन् ।

    हरिवनस्थित ईलाका प्रशासन कार्यालयका प्रमुख मनोज मिश्रले गृह मन्त्रालयबाट कायम मुकायम प्रमुखको जिम्मेवारी पाएको अवधि सकिएको छ । त्यसले गर्दा हरिवनमा बन्ने नागरिकता अहिले हस्ताक्षर गर्न बरहथवास्थित ईलाका प्रशासन कार्यालयमा पठाउने गरिएको छ । केही दिनदेखि कार्यालय प्रमुख नहुँदा नागरिकतामा बरहथवाका प्रमुखबाट हस्ताक्षर गरेर ल्याई सेवाग्राहीलाई भोलिपल्ट प्रदान गरिँदै आएको हरिवनस्थित ईलाका प्रशासन कार्यालयले जनाएको खबर आजको गोरखापत्रले छापेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑