विरगंज ।विरगंजमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सा जिल्लाको सदरमुकाम वीरगञ्जमा एकै दिन २४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।विरगंजस्थित नारायणी अस्पतालमा बुधबार राति पर्सा, बारा, रौतहट र सर्लाहीको विभिन्न स्थानबाट जम्मा गरेर ल्याइएको ९६ जनाको थ्रोट स्वाबको नमुनालाई पिसिआर प्रविधिबाट परिक्षण गर्दा पर्साको वीरगञ्जमा २४ जनासहित थप ३० जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग वीशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले दिएको जानकारी अनुसार थपिएका अन्य संक्रमितमध्ये बारा ३ जना, रौतहटका ३ जना र सर्लाहीका २ जना रहेका छन् ।
बाराको कलैया उपमहानगरपालिका, महागढीमाई नगरपालिका र पर्सौनी गाउँपालिकामा एक/एक जना, रौतहटको कटहरियाका एक र ठेगाना नखुलेका दुई जना र सर्लाहीको फतुवा विजयपुर नगरपालिका र बस्बरिया गाउँपालिकामा एक/एक जना संक्रमित थपिएको डाक्टर चौरसियाले जानकारी दिए ।
दश जना महिलासहित थापिएका संक्रमितहरुमा ९ वर्षीय बालकसहित ६९ वर्षीय वृद्धिसमेत रहेका छन् । उनीहरुको सिटि भ्यालु १४ देखि ३४ सम्म रहेको डाक्टर चौरसियाले बताए ।पछिल्लो समय घटिरहेको संक्रमितहरुको संख्या फेरी बढ्न थालेको छ ।