• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सुक्खा बन्दरगाहमा चौबिसै घण्टा ‘अपरेशन’

  • वीरगंज संजाल
  • १४ आश्विन २०७७, बुधबार २२:१३
  • ६४०९

    वीरगन्ज २५ सिर्सियास्थित सुक्खा बन्दरगाह अब चौबिसै घण्टा संचालन हुने भएको छ। राति बन्द हुने समय यार्ड ब्यवस्थापनमा उपयोग गर्ने नयाँ कम्पनी ‘प्रिस्टाइन भ्याली ड्राइपोर्ट प्रालि’ले सुरु गरेको छ। ‘१६ वर्ष अगाडिको संरचना हो, अहिले यहाँ भएर हुने कारोबारको आकार बढेको छ, त्यस कारण यहाँबाट प्रदान हुने सेवालाई प्रभावकारी बनाउन सुक्खा बन्दरगाह यार्डभित्र खासखास ब्यवस्थापकीय सुधार हामीले गरेका छौं,’ कम्पनीका निर्देशक अमित कुमारले भने, ‘त्युमध्ये प्रमुख हो चौबिसै घण्टा संचालन।’

    यसबाट सेवाग्रहीले पाउने सेवा छिटोछरितो र प्रभावकारी हुने कम्पनीको दावी छ। साबिक अवस्थामा सुक्खा बन्दरगाह बिहान ८ बजेदेखि संचालनमा आउने र राति ८ बजेपछि बन्द हुने गरेको थियो। अहिले पनि सुक्खा बन्दरगाहकस्थित भन्सार कार्यालयमार्फत हुने कार्य संचालन भने साबिकसरह नै रह्ने भए पनि रातिको बाँकी समय यार्ड ब्यवस्थापनमा खर्चिने भएको छ। सुक्खा बन्दरगाह संचालनमा कन्टेनरको जाम समस्याको रुपमा बारम्बार आउने गरेको थियो।

    त्यस्तै आयातकर्ताले आफूले मगाएको मालसमान लैजान चाहेमा कन्टेर खोज्नै एकदुई दिन समय लाग्ने। कन्टेनर फेला परेपछि अरु कन्टेनरहरुको बीचमा घेंरिएको अवस्थामा हुँदा थप समय लाग्ने। र, यसले गर्दा त्यहाँको समग्र प्रक्रिया नै प्रभावित हुने र ढिलाई हुने गरेको थियो। यि सबैको समाधान गर्न राति कन्टेनरहररुलाई ठिक ठाउँमा मिलाउन, अर्को दिन भन्सार भएर निस्किने कन्टेर राति नै छुट्याएर ठिक पारेर राख्ने जस्ता काम रातमा नै हुने भएपछि सहज हुने कम्पनीको दावी छ।

    पहिलेको भन्दा यहाँको सेवामा केही फरक देखिएको आयातकर्ताहरुले पनि बताएका छन्। ‘निजी क्षेत्रको कम्पनी भएकोले पनि होला केही फरक देखिएको छ। पहिले भारतको सरकारी स्वामित्व भएको कम्पनीले यसलाई चलाउन त्यसको आफ्नै शैली थियो,’ वीरगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका एक जना आयातकर्ता प्रदीप केडियाले भने, ‘तर अहिले नै एकदम सुधार भयो भन्नु हतार होला अहिले कोरोनाले गर्दा ब्यपार घटेको बेला सुक्खा बन्दरगाहमा पनि कार्गो घटेको छ। पुर्ण आकारमा कारोबार भएको बेला अहिलेकोजस्तो सेवा र ब्यवस्थापन कायम रह्यो भने सुधार भइसक्यो भन्ने हुन्छ।’

    केडियाले भनेजस्तै समुद्रपारीबाट कन्टेनरबन्द समानको आयातमा अहिले कमी आएको छ। नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीको भारतको कोलकातास्थित कार्यालयका अनुसार नेपाल आउने कन्टेनर २३.२३ प्रतिशतको कमी आएको छ। अहिले औसत रुपमा दैनिक करिब सवा २ सय कन्टेनरहरु नेपाल भित्रिएको तथ्यांक छ। पोहोर यस्तो बेला करिब ३ सय कन्टेनर नेपाल भित्रिएका थिए। अहिले ‘रेक’ (मालवाहक रेल)को आवागमन र कार्गो ह्याण्डलिङ्गमा देखिएको सुधारलाई कायम राख्न कम्पनीलाई चुनौति रहेको उनको भनाई छ।

    सुक्खा बन्दरगाह यार्डमा अहिले कन्टेनरलाई आकार र किसिमले छुट्याएर राख्न थालिएपछि आफूहरुलाई काम गर्न पनि सहज भएको त्यहाँका कर्मचारीहरुले बताएका छन्। कन्टेनरहरु दुई आकारका हुन्छन् २० फिट इकाई र ४० फिट इकाइ। मालसमान आयात भएर आएका भर्ती कन्टेनरको संख्या सबैभन्दा बढी हुन्छ। फिर्ता जाने कन्टेर दुई थरिका हुन्छन् एउटा खाली नै फिर्ता हुने अर्को निर्यातका मालबस्तु बोकेका।

    यि सबैलाई प्राथमिक्ता, आकार र प्रकारअनुसार मिलाएर राख्न अहिले चौबिसै घण्टा सुक्खा बन्दरगाहमा काम संचालनले सघाउ पुगेको कम्पनीको दावी छ। ‘आयातकर्ताले कन्टेनर लैजानु छ भने राति नै एउटा इमेल पठाएर त्यसको जानकारी गराए भने हामीले राती उसको कन्टेनर खोजेर ठिक पारेर राखिदिन्छौं,’ निर्देशक कुमारले भने, ‘हामीले यसलाई थप ब्यवस्थित बनाउन २ थरी सफ्टवेयर बनाउन लागेका छौं। एउटाले समग्र प्रक्रियालाई स्वचलित (अटोमेशन) गर्छ, जसले सेवाग्राही र हामीबीच सही जानकारी आदानप्रदान गराउने छ। अर्कोले कन्टेनरको अवथिती जान्न सकिने छ।’

    यसबाट सेवाग्राही ब्यपारी र कम्पनी दुबैलाई सहज हुने र लाग्ने समय घटेर लागत पनि कम हुने उनले दावी गरे।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑