विरगंज । पछिल्लो २४ घण्टामा नेपालमा १५ सय ५९ जनामा कोरोना भाइरस (कोभिड–१९० संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७७ हजार ८१७ पुगेको छ।
२४ घण्टामा एक हजार ५७ जना डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको कुल संख्या ५६ हजार ४२१ पुगेको छ। यो कुल संक्रमितको ७२ दशमलव ५ प्रतिशत हो।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा सात जनाको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको संख्या ४९८ पुगेको छ। काठमाडौं उपत्यकामा मात्र ९०२ जनामा संक्रमण पुष्टि भएको छ।