विरगंज । कोभिड वारियर्सको पहलमा अस्पताल भर्ना भएकी वीरगञ्ज-११ रानीघाटकी वर्षीया कोभिड संक्रमित गभर्वति महिलाले छोराको जन्म दिएकी छन् ।कोभिड पोजेटिभ देखिएपछि कुनै पनि अस्पतालले भर्ना लिन नमान्दा २ दिन घरैमा अक्सिजन लगाएर बस्न बाध्य भएकी थिइन् ।
कोभिड वारियर्सले घरैमा प्रसूती रोग विशेषज्ञ लगेर स्वास्थ्य चेक गराउँदा अस्पताल भर्ना गरिहाल्नु पर्ने अवस्था देखेपछि प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइएको थियो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङकै निर्देशनमा नारायणी अस्पताल भर्ना गरिएकी महिलाले आज स्वस्थ्य शिशुको जन्म दिएकी हुन् ।
नारायणी अस्पतालले आफ्नो अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा लगेर गर्भवती महिलाको शल्यकृयामार्फत बच्चाको जन्म दिएको हो ।यसअघि पनि महिलाको शल्यकृयामार्फत नै बच्चा भएकाले अहिले पनि शल्यकृया गर्नु परेको अस्पतालले जनाएको छ ।
ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल पुगेकी महिलामा गएको शनिबार कोभिड पोजेटिभ देखिएको थियो ।कोभिड पोजेटिभ देखिएपछि कुनै पनि अस्पतालले भर्ना नलिएपछि शनिबार र आइतबार उनी घरैमा बस्न बाध्य भएकी थिइन् ।