केन्द्रका प्रमुख डा. दिपक सिग्देलका अनुसार दिउँसो साढे १२ बजे सुनसरी इटहरी उपमहानगरपालिका ५ का ७३ वर्षीय पुरुषको मृत्यु भएको हो। विरामीको स्वस्थ्य अवस्था जटिल भएसंगै बुधबार विहान ११ बजेर ३० मिनेटमा केन्द्रमा भर्ना गरिएको उनले बताए।

कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएसंगै उनको असोज ११ गते पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो। मृतकमा अन्य रोगबारे जानकारी हुन नसकेको केन्द्रले जनाएको छ।

यससँगै गएको २४ घण्टामा प्रदेश १ मा थप ४ जनाको उपचारका क्रममा मृत्यु भएको छ। यसक्रममा विराटनगरको कोभिड १९ उपचार केन्द्रमा बुधबार एकजनाको, नोबेल शिक्षण अस्पतालमा १, र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ जनाको मृत्यु भएको छ।

प्रदेश-१ मा यससँगै कोरोना संक्रमणका कारण १९ महिला र ५२ पुरुष गरि कुल ७१ जनाको मृत्यु भएको छ।जसमा प्रदेश १ बाहिरबाट २ महिला र १३ पुरुषको मृत्यु भएको छ।