• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ : मुख्यमन्त्रीभन्दा राज्यमन्त्रीको तलब बढी !

  • वीरगंज संजाल
  • १४ आश्विन २०७७, बुधबार ०४:०२
  • २९८५

    प्रदेश २ सरकारको मुख्यमन्त्री भन्दा राज्यमन्त्रीको तलब बढी भएको पाइएको छ। चालु आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजित बजेटमा प्रदेशको मुख्यमन्त्री भन्दा बढी राज्यमन्त्रीहरुको तलब बढी विनियोजन गरिएको पाइएको छ।

    प्रदेश २ सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयले चालु आर्थिक वर्षको ०७७/७८ को रेडबुकमा प्रदेशको नेतृत्व गर्ने मुख्यमन्त्रीकै तलब राज्यमन्त्रीहरु भन्दा कम रहेको उल्लेख गरिएको छ। जबकी राज्यमन्त्री भन्दा मुख्यमन्त्रीको तलब बढी हुनुपर्ने हो। जसको ठिक विपरित कितावमा उल्लेख गरिएको पाइएको छ। साथै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको तलब नै उल्लेख गरिएको छैन्।

    भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र राज्यमन्त्रीका लागि बजेटमा पारिश्रमिक नछुटयाइएको प्रसंगमा सम्बन्धित मन्त्री शैलेन्द्र साहले आश्चर्य व्यक्त गर्दै भने ‘खोइ कसरी बजेट बनाइयो, आफुलाई थाहा भएन, रातो किताब अध्यनन गर्न पाएको छुईन, हेरेर प्रक्रिया दिउँला।’ यसरी समग्रतामा हेर्दा प्रदेश सरकारले नीति तथा कार्यक्रमा हचुवाकै भरमा तयार गर्ने गरेको लापरवाहीबाट स्पष्ट हुन्छ। रेडबुकमा तपाईको पारिश्रमिक नै नछुटयाएपछि कसरी पारिश्रमिक लिनुहुन्छ भन्ने प्रश्नको जवाफमा मन्त्री साहले मन्त्रिपरिषदबाट निर्णय गराएर व्यवस्था गर्नुपर्ने बताए। ‘आर्थिक मामिला तथा योजना मन्त्रालयबाट गल्ति भएको हुन सक्छ, तर संसदबाट प्रदेशसभा सदस्यहरुले नहेरिकनै कसरी पास गरे भन्ने कुराबाट म आफै अच्चिमत छु’ उनले भने।

    विनियोजित बजेटमा तलबका लागि छुटयाइएको रकम मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ को मापदण्ड विपरित समेत रहेको छ। ऐनमा उल्लेख गरिएअनुसार मुख्यमन्त्री देखि राज्यमन्त्रीसम्मका लागि वार्षिक ८९ लाख ५९ हजार ८० रुपैयाँ वार्षिक पारिश्रमिक हुनुपर्नेमा कृषिमन्त्री बाहेक १ करोड ७६ लाख १४ हजार पारिश्रमिक छुटयाइएको छ।

    चालु आर्थिक वर्षमा मन्त्रीहरु मध्ये सबैभन्दा बढी पारिश्रमिक उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका मन्त्री र राज्यमन्त्री समेत गरी वार्षिक ९५ लाख ८५ हजार रुपैया छुटयाइएको छ। यो ऐनमा व्यवस्था गरिएको मापदण्ड भन्दा ७ गुणाले बढी छ। ऐनमा गरिएको व्यवस्था अनुसार मन्त्री र राज्यमन्त्री समेत गरी १३ लाख ७१ हजार २ सय ४० रुपैयाँ पाउने व्यवस्था गरेको हो। आर्थिक मामिला तथा योजना मन्त्रीका लागि ८ लाख २० हजार, आन्तरिक मामिला तथा कानून मन्त्री तथा राज्यमन्त्रीका लागि १७ लाख ४ हजार, भौतिक पुर्वाधार विकास मन्त्री र राज्यमन्त्री समेत गरी १५ लाख ८ हजार र सामाजिक विकास मन्त्रीका लागि ८ लाख ९ हजार रुपैयाँ विनियोजना गरिएकाृ छ। तर मुख्यमन्त्रीका लागि ७ लाख ९३ हजार मात्र छुटयाइएको छ।

    राज्यमन्त्रीतर्फ आर्थिक मन्त्रालयका राज्यमन्त्रीका लागि ८ लाख २ हजार, सामाजिक विकास राज्यमन्त्रीका लागि ७ लाख ९१ छ भने, आर्थिक मन्त्रालयमा त सहायक मन्त्रीका लागिसमेत ८ लाख २ हजार रुपैयाँ छुटयाइएको छ। जबकी प्रदेश २ मा सहायकमन्त्री व्यवस्था नै छैन। पारिश्रमिक बाहेक बैठक भत्ता, भ्रमण भत्ता, स्वकीय अधिकृत बाहेक कतिपय मन्त्रालयका मन्त्रीहरुका लागि महंगी भत्ता र पोशाक भत्ताका लागि समेत बजेट बिनियोजन गरिएको छ। जबकी ऐनमा महंगी र पोशाक भत्ताको व्यवस्था गरिएको छैन। श्रोतका अनुसार आर्थिक मन्त्री विजय यादवले मन्त्रिपरिषदबाट निर्णय गराएर ऐन विपरित आर्थिक सल्लाहकार समेत राज्यमन्त्री सरहको सेवा सुविधामा राखेका छन्।

    ऐन अनुसार मुख्यमन्त्रीले वार्षिक ७ लाख, ३१ हजार ६ सय ४० रुपैयाँ पाउनेछ। मन्त्रीहरुलाई ६ लाख ९३ हजार ३ सय ६० को दरले कूल ६ मन्त्रीलाई ४१ लाख ६० हजार १ सय ६० र राज्यमन्त्रीलाई ६ लाख ७७ हजार ८ सय ८० को दरले कूल ६ जनाको ४० लाख ६७ हजार २ सय ८० रुपैयाँ पाउनेछ। ऐनमा मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्री पद छुटयाएर पारिश्रमिक तोकिएको छ। रेडबुकमा पद तोकिए पनि बाँकीमा पदाधिकारी पारिश्रमिक उल्लेख गरी झुक्याउन खोजिएको छ।

    मुख्यमन्त्री, आर्थिक मामिला र सामाजिक विकास मन्त्रालयमा पद नै तोकिएको छ। तर आन्तरिक मामिला, भौतिक पुर्वाधार र उद्योग पर्यटन मन्त्रालयमा पदाधिकारी पारिश्रमिक उल्लेख गरिएको छ। आर्थिक मामिला र सामाजिक विकास मन्त्रालयमा पद तोकिएको छ भने, आन्तरिक मामिला, भौतिक पुर्वाधार र उद्योग पर्यटन मन्त्रालयमा पदाधिकारी पारिश्रमिक उल्लेख गरि छल्न खोजेको छ। बजेटमा मन्त्रीहरुको पारिश्रमिक सम्बन्धि गरिएको त्रुटीबारे अर्थविद् डा. सुरेन्द्र लाभले सरकारको गैरजिम्मेवारीपन देखिएको बताए। ‘बजेट एक व्यक्तिले मात्रै होइन, कर्मचारीदेखि सचिव तथा मन्त्रीदेखि प्रदेशसभा सदस्यहरुले पटक–पटकको अध्ययनपछि तयार पार्ने विषय हो, तर जुन रुपमा पारिश्रमिकसहित अन्य खर्चबारे व्यवस्था गरिएको छ, नियम कानून मिचेर आफैले बनाएको कानूकको धज्जिया उडाएको देखिन्छ’ उनले भने।

    रेडबुक अर्था रातो किताब भनेको विनियोजित बजेट पुस्तिका मात्र नभई प्रदेश सरकारका कार्यव्यवस्था संचालनका लागि एउटा आर्थिक कानून समेत हो। जसले विभिन्न मन्त्रालय र सम्बन्धित तथा मातहतका कार्यालय सञ्चालन एवम् विकास निर्माणको वर्षभरि खर्चको समेटिएको एउटा आर्थिक दस्तावेज हुन्छ। रातो किताबमा हुने गल्तीलाई ठूलै लापरवाहीको रुपमा लिन सकिने नेकपाका सांसद रामचन्द्र मण्डल बताउँछन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑