• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    तेजाब आक्रमणबिरुद्ध सरकारको प्रशसंनीय काम

  • वीरगंज संजाल
  • १३ आश्विन २०७७, मंगलवार १८:४८
  • ९८८९

    बिरगंज । मुलुक काेभिड–१९ आतंकको त्रासदीमा छ। सत्ताधारी दलभित्र राजनीतिक द्वन्द्व र सत्ता संघर्ष जारी छ। सरकारले सुशासनको प्रत्याभूति दिन सकेको छैन र भ्रष्टाचारले पारदर्शी तथा विराट आकार लिएको छ। तर यही  निराशा र विष्फोट हुन बाँकी जनआक्रोश यो चरणमा एउटा सानाे तर साहसी र मानवीय कदमले सत्ताको नायकत्व ग्रहण गरेका प्रधानमन्त्री केपी शर्मा ओली फेरि एकपल्ट धन्यवादका पात्र बनेका छन्- तेजाब आक्रमणलाई कडा दण्डनीय अपराध र सजायको व्यवस्थासँगै पीडितको उपचार र पुनर्स्थापनाको कानुनी व्यवस्था गरेवापत।

    मुलुकमा विगत ६ वर्षयता तेजाब आक्रमणका घटना बढेका छन्। वास्तवमा, यस्ता सा‌ंघातिक घटनामा दोषीलाई दण्ड दिन संख्यालाई आधार बनाउनु आफैमा सत्ताको उदासीनता मानिनुपर्छ। यो आपराधिक घटनाविरुद्ध एक्लै चट्टानमा उभिएर समाज, अमिताभ बच्चन जस्ता अन्तर्राष्ट्रिय व्यक्तित्व, नेपाली समाज र अन्ततः सरकारको ध्यान खिच्न सक्नुमा अभियन्ता उज्वल विक्रम थापा त्यति नै प्रशंसाका पात्र छन्।

    अक्सर यस्ता घटना र अपराधसँगै भ्रष्टाचारप्रति उदासीन रहेको सरकार र त्यसका मुखियाको संवेदना र समर्थन हासिल गर्नु थापाको ठूलो उपलब्धि हो। र, अहिले तेजाब आक्रमणका दाेषीहरुलाई कसूर हेरी २० वर्षको जेल सजायसँगै पीडितलाई औषधि खर्च दिनुपर्ने कानुनी प्रावधान ल्याउन व्यक्तिगत चासो लिएर ‌ओलीले प्रधानमन्त्रीमा मानवीय संवेदना जीवित प्रमाण दिएका छन्।

    २५ गते थापासँगै तेजाब पीडितहरुसँग भेटी दुई सातामै अध्यादेश ल्याउने प्रतिवद्धता मात्र जनाएनन् प्रधानमन्त्रीले,उनले त्यो समयसीमा भित्रै कानुन निर्माण गर्न महान्याधिवक्ता अग्नि खरेल र कानुन आयोगका सचिव माधव पौडेलसँग पनि आग्रह गरे। दुबै कार्यालयले छोटो अवधिमा प्रभावकारी कानुन ल्याउन समन्वयका साथ सहकार्य गरे।

    समयसीमा भित्र प्रधानमन्त्रीका प्रतिवद्धता पूरा हुनु हाम्रो सन्दर्भमा आफैमा उपलब्धि हो। तर कानुन आफैमा कार्यान्वयन हुँदैन। त्यसका लागि अनुसन्धान, अभियोजन र न्यायपालिकामा संस्थागत समर्पण र प्रतिवद्धता पनि त्यत्तिकै आवश्यक हुन्छ।

    यस्ता अपराधहरु पूर्णरुपमा दुरुत्साहित हुनुपर्छ। वास्तवमा सभ्य र मानवीय समाजमा यस्ता अपराध हुनै हुँदैन। तर भइहालेमा अपराधीहरुले  समयमै कठोर दण्ड र पीडितहरुले उपचार र न्याय पाएमा कानुनको सम्मान बढ्ने छ, राज्यप्रति आम जनताको आस्था बढ्नेछ।

    हो, तेजाब आक्रमणबाट पीडित हुनेहरुको र त्यसमा संलग्न अपराधीहरुको संख्या सानो छ अहिले। तर यस्ता अपराध समयमै नरोकिए त्यो झ्याङ्गिने छ। अरु अपराधीहरु पनि प्रोत्साहित हुने वातावरण बन्नेछ।

    नेपालले दक्षिण एसियामा बढ्दो यो अपराधमा दण्ड र सजायको स्पष्ट र कडा प्रावधानसहित कानुन बनाएर त्यो क्षेत्रका लागि पनि एउटा प्रेरणादायी कदम चालेको छ। तेजाब बेचबिखनमा लाइसेन्स र खरिदका लागि पहिचान खुलाउन पर्ने प्रावधानपछि यो दुःखद् अपराध इतिहासमै सिमित रहोस्, कमसेकम आशा गर्ने ठाउँ बनेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑