• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यसरी लिन सकिन्छ सहुलियत दरमा विद्यार्थीको लागि इन्टरनेट सेवा

  • वीरगंज संजाल
  • १३ आश्विन २०७७, मंगलवार १२:०७
  • ७१६१

    विरगंज । कोरोना महामारीका कारण धेरै शिक्षण संस्थाहरु बन्द छन् । अनलाइन माध्यमबाट पठनपाठन भइरहेको छ ।पहुँच भएका परिवारका बालबालिकाले अनलाइन कक्षा लिइरहेका छन् । तर इन्टरनेटको पहुँच बाहिर रहेका विद्यार्थीहरुले अनलाइन कक्षा लिन पाएका छैनन् ।

    इन्टरनेटको पहुँच भएका विशेषगरी शहरी क्षेत्रका अभिभावकले महँगाे शुल्क तिरेरै भए पनि छोराछोरीलाई अनलाइन कक्षा पढाउन घरमा इन्टरनेट सुविधा लिइरहेका छन् ।इन्टरनेटको सुविधा नपुगेको तथा सुविधा भएर पनि कमजोर आर्थिक अवस्थाका कारण इन्टरनेट जोड्न नसकेकाहरुको सिकाइ सहजीकरणका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय र त्यहाँ अध्ययनरत विद्यार्थीलाई निःशुल्क इन्टरनेट प्रदान गर्ने भएको छ ।

    मन्त्रालयले ’विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७’ भदौ १९ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत गराएको थियो । त्यही निर्देशिकामा आधारित भएर सेवा प्रदायकसँगको समन्वयमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन लागिएको हो । सेवा प्रदायकमध्ये नेपाल टेलिकमले सीयूजी सिम उपलब्ध गराउन सक्ने जनाएको छ ।

    अरु सेवा प्रदायकसँग मन्त्रालयको छलफल चलिरहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रमुख डाक्टर तुलसी थपलियाले जानकारी दिनुभयो । केन्द्रका प्रमुख थपलियाका अनुसार विभिन्न सेवा प्रदायकसँग छलफल भइरहेको छ । अहिलेसम्म नेपाल टेलिकमले मात्रै प्रस्ताव गरेको हो ।

    नेपाल टेलिकमले उपलब्ध गराउन लागेको पाठशाला सीयूजी सिम हो । यो सेवामार्फत् विद्यार्थी र शिक्षकले सहुलियत दरमा भ्वाइस सेवा, पाँच जीबी डाटा र बल्क एसएमएस पाउने नेपाल टेलिकमले जनाएको छ ।

    सिकाइमा सहजीकरणका लागि भ्याट लगायतका कर बाहेक ९९ रुपैयाँमा ‘पाठशाला सीयूजी सिम’ उपलब्ध गराउने टेलिकमले निर्णय गरेको थपलियाले बताउनुभयो । कर र भ्याटसहित भने सीयूजी सिम लिनका लागि १ सय २५ देखि १ सय ३० रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

    पाठशाला सीयूजी सिममार्फत् पाँच जीबी डाटाले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेबसाइटमा राखिएको कक्षा १ देखि १० सम्मका पाठ्यक्रम अध्ययन गर्न मात्रै प्रयोग गर्नुपर्ने हुन्छ । ‘पाठशाला सीयूजी सिम’बाट शिक्षक, विद्यार्थी र अभिभावकबीच चाहिएजति कुराकानी गर्न, केन्द्रको वेबसाइट चलाउन र शैक्षिक प्रयोजनका लागि बल्क एसएमएस चलाउन सकिन्छ ।

    यो सेवा कसरी लिने ?

    यो सिमकार्ड लिनका लागि एकप्रति नागरिकता र परिचयपत्रको फोटोकपी र फोटो चाहिन्छ । विद्यार्थी, शिक्षक र अभिभावकले सिम लिन पाउँछन् । विद्यार्थीले अभिभावकको नाममा पनि सिमकार्ड लिन पाउँछन् ।

    सिम लिनका लागि पालिका र विद्यालयबीच समन्वय भने हुनुपर्छ । विद्यालयले पालिकाको सिफारिस लिएर नेपाल टेलिकमको कार्यालयबाट आफ्नो शिक्षक, विद्यार्थी र अभिभावकका लागि एकमुष्ट रुपमा सिम लिन सक्नेछन् । यो सेवा कति दिनका लागि दिने भन्नेबारे भने अझै प्रष्ट नभएको केन्द्रका प्रमुख थपलियाले बताउनुभयो ।

    नेपाल टेलिकम र एनसेलका पनि शैक्षिक डाटा प्याक

    सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको ठूलो दूरसञ्चार सेवा प्रदायक एनसेलले पनि अहिले शैक्षिक डाटा प्याक उपलब्ध गराइरहेका छन् । अनलाइन कक्षा लिन सहज होस् भनेर उनीहरुले शैक्षिक डाटा प्याक उपलब्ध गराएका हुन् । टेलिकमले ’ई शिक्षा प्याकेज’ र ’ह्याप्पी लर्निङ प्याक’ उपलब्ध गराइरहेको छ ।

    यो सेवा देशभरका शिक्षक तथा विद्यार्थीले लिन सक्ने टेलिकमले जनाएको छ । इ शिक्षा प्याकेज ६ जीबी र १५ जीबी डाटा प्याकमा उपलब्ध रहेको टेलिकमले जनाएको छ । ६ जीबी डाटाको मूल्य २ सय ६० रुपैयाँ र १५ जीबी डाटाको ५ सय रुपैयाँ रहेको टेलिकमले जनाएको छ ।

    यी दुवै प्याक बिहान ५ देखि बेलुका ५ बजेसम्म मात्रै चलाउन सकिने कम्पनीले जनाएको छ । यस्तै, ह्याप्पी लर्निङ प्याक २४ जीबी र ३५ जीबी डाटा प्याकमा उपलब्ध छ । २४ जीबीको ३ सय १५ रुपैयाँ र ३५ जीबीको ५ सय रुपैयाँ मूल्य रहेको टेलिकमले जनाएको छ । इ शिक्षा प्याकेज र ह्याप्पी लर्निङ प्याक २८ दिनसम्मलाई हुनेछ ।

    यस्तै, एनसेलले पनि स्टुडेन्ट प्लान सञ्चालन गरिरहेको छ । अनलाइन कक्षालाई लक्षित गरी ल्याइएको यो प्याकमा इ लर्निङअन्तर्गत २० जीबी डाटा रहने एनसेलले जनाएको छ ।

    स्टुडेन्ट प्लानको सुरुआती मूल्य २ सय ५५ रुपैयाँदेखि ७ सय २ रुपैयाँसम्म रहेको कम्पनीले जानकारी दिएको छ । इ लर्निङसहित यो प्याकेजमा फोर जी नेटवर्कमा चल्ने गरी थप २ देखि ८ जीबी डाटा रहने एनसेलले जनाएको छ । यो प्याक ३० दिनसम्म चलाउन सकिने एनसेलले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑