• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कुल निक्षेपमा मुद्दतिको अंश ५० प्रतिशत नाघ्यो

  • वीरगंज संजाल
  • १३ आश्विन २०७७, मंगलवार ११:१६
  • ३०२९

    १३ असोज, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेपमा मुद्दति निक्षेपको अंश ५० प्रतिशत नाघेको छ । पछिल्लो समय बढ्दो क्रममा रहेको कुल निक्षेपमा मुद्दतिको हिस्सा गत साउन महिनामा ५०.६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

    राष्ट्र बैंकका अनुसार मुद्दति निक्षेपको हिस्सा पछिल्लो ४ वर्ष यताकै उच्च हो । मुद्दति पछि दोस्रोमा बचत निक्षेपको अंश धेरै रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेपमध्ये बचत निक्षेपको हिस्सा ३२.२ प्रतिशत रहेको राष्ट्र बैंकले बताएको छ ।

    यसैगरी कुल निक्षेपमा चल्तीको हिस्सा ७.७ प्रतिशत रहेको छ भने अन्य निक्षेपको हिस्सा ९.५ प्रतिशत रहेको छ । पछिल्लो तथ्यांक हेर्ने हो भने बचत निक्षेपको हिस्सा निरन्तर घटिरहेको छ । मुद्दतिको हिस्सा भनेर निरन्तर बढिरहेको छ । पछिल्लो ४ वर्ष यता यो क्रम जारी रहेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् ।

    उनका अनुसार २०७३ असारमसान्तमा कुल निक्षेपमा बचतको हिस्सा ४३.३ प्रतिशत रहेको थियो । २०७४ असारमा घटेर ३५.४ र २०७५ मा घटेर ३४.४ प्रतिशत कायम भयो । बचतको हिस्सा कम हुने क्रम रोकिएन । २०७६ असार मसान्तमा घटेर ३२.८ प्रतिशतमा रहेको बचतको हिस्सा २०७७ असार मसान्तमा आइपुग्दा घटेर ३१.९ मा पुगेको छ ।

    बचत निक्षेपको घट्ने क्रममा भए पनि मुद्दति निक्षेपको ५ वर्षदेखि नै बढ्ने क्रममा छ । कुल निक्षेपमा मुद्दतिको हिस्सा २०७३ असार मसान्तमा ३०.५ प्रतिशत रहेकोमा २०७४ मा बढेर ४३.२ प्रतिशत पुग्यो । २०७५ असार मसान्तमा ४४.८, २०७६ असारमा ४६.३, २०७७ असारमा ४८ प्रतिशत हुँदै साउनमा ५०.६ प्रतिशत पुगेको छ ।

    यहाँ चल्तीको हिस्सा भने २०७४ मा ८.७, २०७५ मा ९.३, २०७६ मा ९.७ हुँदै २०७७ असार मसान्तमा १० प्रतिशत पुगेको छ । यसबाहेकका अन्य निक्षेपको हिस्सा २०७४ मा १२.७ प्रतिशत हरेकोमा यो घटेर २०७७ साउन मसान्तमा ९.५ प्रतिशतमा झरेको छ ।

    अर्थतन्त्रका लागि राम्रो संकेत !

    राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट मुद्दति निक्षेपको हिस्सा बढ्दै जानु अर्थतन्त्रका लागि सकारात्मक भएको बताउँछन् । अन्य निक्षेप भन्दा मुद्दति निक्षेपको हिस्सा धेरै हुँदा अर्थव्यवस्थामा सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ ।

    निश्चित समयसम्मका लागि निक्षेप आउने भएकाले रकम परिचालनका लागि पनि राम्रो हुने उनी बताउँछन् । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल पनि समग्र बैंकिङ क्षेत्रका लागि मुद्दति बढ्नु राम्रै हुने बताउँछन् ।

    पछिल्लो ५ वर्ष यता सर्वसाधारण ग्राहकमा सचेतना बढेको र बैंकहरुबीच प्रतिस्पर्धा पनि बढेकाले कुल निक्षेपमा मुद्दतिको हिस्सा बढ्दै गएको बताए । धेरै ब्याजदर दिनुपर्ने भएकाले बैंकको लागत यसले बढाए पनि बैंकिङ क्षेत्रका लागि राम्रै हुने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑