राजन कुमार बानिया पर्सा १३ असोज। पर्साको छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता ले भने गाउँपालिका को पाचै वटा वडा हरुमा बर्थिंग सेन्टर स्थापना गरि संचालम ल्याउन जनता हरु संग गरेको प्रतिबधाता लाई मध्यनजर गरि चौथो बर्थिंग सेन्टर को रुपमा वार्ड नं १ मिर्जापुर मा निर्माण कार्यको लागी नापनक्सा र डिजाईन को काम भईसकेको र छिटै निर्माण काम अगाडि बढाउने बताए । नावगावा क्षेत्रमा एउटा बर्थिंगसेन्टर नरहेकोले सेढामा नवनिर्मित बर्थिग सेन्टरको स्थापना गरिएको छ।छिपहरमाई गाउँपालिका को जनता हरु संग गरिएको प्रतिबधाता पाँच वर्ष नबितदै गरेर हेराउने अध्यक्ष गुप्ता ले बताए ।मेरो पहीलो प्राथमिकता स्वास्थ्य र शिक्षा मा जोड रहेको छ। गाउँपालिकाको पाचै वटा वडाहरुमा बर्थिंग सेन्टर स्थापना गरि गाउँपालिका को जनता हरु को स्वास्थ्य समस्या दुर गरिने बताए । वर्षौ पहिला देखि छिपहरमाई गाउँपालिकामा एउटा पनि बर्थिंग सेन्टर नरहेको र बाटोघाटो समस्या समेत रहेको कारण यस क्षेत्रका महिलाहरुले प्रशुती गराउन भारतको बेतिया,मैनाटाड,सिकटा लगायत को ठाउँ मा जानुपरिरहेको थियो कतिपै महिलाहरुले सम्यमा स्वास्थ्य संस्थाहरुमा नपुगदै बाटोमै अकाल मृत्युु हुने गरिरहेकोले सो लाई मध्यनजर गरि आफु जितेको तिन वर्षमा पहिलो प्राथमिकता स्वास्थ्यमा रहि बर्थिंग सेन्टर स्थापना गराएको छु ।
पहलो बर्थिंग सेन्टर छिपहरमाई गाउँपालिकाको वार्ड नं ४ तुल्सीवर्वामा स्थापना गरेको छु । दोस्रो वार्ड नं २ टिहुकी सेढा मा भयो।अब वार्ड नं ३ जयमंगलापुर मा बर्थिंग सेन्टर को निर्माण समपन भईसकेको छ छिटै नै बर्थिंग सेन्टर स्थापना हुने अध्यक्ष गुप्ता ले बताए । पहिला यस क्षेत्रमा बर्थिंग सेन्टर नहुदा महिलाहरुले प्रसुती गराउन भारतमा जाने गर्थियो अब हाम्रा गाउँपालिका को महिलाहरुलाई प्रसुती गराउन भारत तरफ जाने दिन गयो अब आफ्नै गाउँ ठाउँ सुरक्षित प्रसुती गराउने अध्यक्ष गुप्ताले बताए। गाउँपालिकाको वार्ड नं १ मिर्जापुरमा बर्थिंग सेन्टर स्थापनाको लागी गाउँपालिका बाट ८० लाख बजेट छुट्याई सकेको छु छिटै बर्थिग सेन्टरको लागी भवन निर्माणको काम शुरु गरिने बताए। मिर्जापुर बर्थिंग सेन्टर को गाउँपालिका को चौथो नम्बर रहेको र यसको डिपिअार गरि बर्थिंग सेन्टर को नक्सा डिजाई त्यारी भईसकेको ले अब निर्माण काम अगाडि बढाउने अध्यक्ष गुप्ता ले बताए ।