• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    तपाईंलाई भाइबरमा ‘लटरी पर्‍यो’ भन्दै अडियो आयो? : सतर्क रहनुहोला ठगहरुको धन्दा बढेको छ

  • वीरगंज संजाल
  • १३ आश्विन २०७७, मंगलवार ०८:०२
  • ५१८१

    वीरगंज। मीना (नाम परिवर्तन) लाई भाइवरमा आएको अपरिचीत कलले शुभकामना दिँदै वहाँले लटरी जित्नुभएको र १ मिलियन डलर पुरस्कार पाउनुभएको जानकारी दियो । एक्कासीको खुशीको खबरले मीनाको हर्षको सिमा रहेन अनि कलरको सुझाव अनुरुप उनले यस कुरालाई गोप्य नै राखिन् । उक्त पुरस्कार नेपाल आउन अन्तरदेशिय कारोवार नियम अनुरुप तिर्न पर्ने करको रकम मीनालाई भरपाइ गर्न लगाइयो, मीनाले ५ लाख नेपाली रुपैँया भरपाई पनि गरिन तर त्यसपछि कल आएन । महानगरिय प्रहरी प्रभाग लगायत देशैभरि यस्ता कैंयन ठगीका केसहरुको सुनुवाई भइरहेको छ ।

    सामाजिक सञ्जालहरु चलाउनुहुन्छ अनि मुख्यतया भ्वाइस र भिडियो मेसेजीङ एप्सहरु भाइबर, इमो प्रयोग गर्नुहुन्छ भने यहाँहरु सतर्क रहन अत्यन्त जरुरी छ । यस्ता मेसेजिङ एपबाट लटरी/चिठ्ठाको नाममा ठगी धन्दाका घटनाहरु दिनानुदिन बढ्दो छ । यस्ता मेसेजिङ एप्सहरुमा देशभित्रै अनि देशबाहिरका नम्बरहरुबाट कल आउने अथवा अडियो सन्देश सिधै नेपाली मोबाइल नम्बरहरुबाट आउने क्रम बढ्दो छ, आज लाइभमाण्डूमा हामी यस विषयको चर्चा गर्दैछौं ।

    यस्ता कल आउने प्रकरणहरु समान्यता कुनै पनि देश या क्षेत्रमा चुनाव भइरहेको अवस्थामा धेरै पाइने अध्ययनहरुले बताएको छ, चुनाव प्रचारका क्रममा सहयोग गर्ने या धम्की दिने र अन्य भ्रामक समाचार प्रकाशन गर्ने त्रास लगायतका कुराहरु गर्न फोन गर्ने प्रकरणहरु निकै पाइने रहेछ भने सामान्यतया कुनै स्कीम, पुरस्कार या लोटरी/चिठ्ठा परेको बताँउदै भन्सारमा पुरस्कार अड्केको या अन्तरदेशिय आर्थिक् कारोवारमा कर लाग्ने बताउँदै मान्छेहरुलाई ठूलो धनको प्रलोभनमा पारेर उक्त कलरको अकाउण्टमा रकम पठाउन लगाउने पाइएको छ, यस विषयमा हामी सबै जानकार रहन जरुरी छ ।

    एक त भाइबरमा हुने यस्तो स्क्यामहरुमा भाइबरको प्रयोगकर्ताको जानकारी सुरक्षण सम्बन्धी प्रविधिमा एउटा ठूलो दूलो छ नत्र कसरी नेपाली नम्बरहरुमा यस्ता सन्देश सिधै आइपुग्नसक्छ । अथवा हुनसक्छ यस्तो एपले हाम्रो कन्ट्याक्ट बुकका सबै जानकारीहरु सुरक्षित रुपमा राखेको छैन । व्यवस्थित ठगी गर्ने गिरोहहरुले यस्ता एपहरुको कमजोरीको फाइदा उठाउँदै रिजनल मोबाइल नम्बर रेन्जमैं टार्गेट गरी सामूहिक रुपमा सजिलै यस्ता ठगीका घटनाहरु घटाइरहेका छन् ।

    यसै सन्दर्भमा नेपाल प्रहरीले पनि नागरिक सचेतनाका लागि सूचना जारी गरेको थियो । नेपाल प्रहरीद्वारा सूचनामा लेखिएको छः

    भाईवर, फेसबुक, व्हाट्सएप, ईमो लगायतका माध्यम प्रयोग गरेर ठुलो रकम चिट्ठा पर्यो भनी ठगी गर्ने गिरोह सक्रिय रहेको छ ।
    यस किसिमका प्रलोभनमा परेर रकम लेनदेन नगर्नहुन अनुरोध गर्दछौं ।

    सचेत रहौं । सुरक्षित रहौं ।

    हुन त नेपालमा टेलीकम र इन्टरनेट सेवा प्रदायकले यस्ता स्काम कललाई ट्र्याक गर्ने जनाएपनि सम्पूर्ण रुपमा यसको निरोध भन्दा पनि हामी प्रयोगकर्ताहरुको सजगता नै यसको मुख्य रोकथाम हो ।

    नेपाल टेलीकमले त इन्टरनेट सेवा प्रदायकहरुलाई यस्ता स्काम कललाई गेटवे नदिन उर्दी पनि जारी गरेको छ, तर हरेक पटक यस्ता कलको पहिचान र निरोध सम्भव नहुन सक्दछ । यद्धपी कलिङ लाइन आइडेन्टीफिकेशन नभएका कलहरुलाई रोक्न भने थालिएको छ तर पनि यस्ता ठगीका घटनाहरु बेलाबखत हुँदै आएको तथा सम्पूर्ण रुपमा नरोकिएको पाएका छौं ।

    धेरैजसो भारत, श्रीलंका र पाकिस्तानका लाइनबाट यस्तम कल नेपाली प्रयोगकर्ताहरुलाई आउने पाइयो । पछिल्लो समयमा नेपाली प्रयोगकर्ताहरुको डाटा ब्रिच र साइबर सुरक्षाका मुद्दाहरु निकै उठिरहेका छन्, विश्वभरिका करोडौं प्रयोगकर्ताहरुको मनपर्ने मेसेजिगं एप्सहरुको डाटा ब्रिचको कारणले यस्ता स्काम कलहरुको बिगबिगी नेपाल जस्तो बिकासोन्मुख अनि प्राविधिक संरचना र साइबर सुरक्षा उति मजबुत नभएको देशमा बढि पाइएको हो । यस विषयमा जनचेतना अनि जागरुकताको निकै खाँचो छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑