राजन कुमार बानिया पोखरिया १२ असोज।
विभिन्न रोग लागेर धान बालिमा क्षति भएको किसानहरुको गुनासो सुनेर कृषि ज्ञान् केन्द्र पर्साले जिल्लाको विभिन्न ठाउमा सोमवार बाली संरक्षण शिविर सम्पन्न गरेको छ । पर्सा जिल्लाको मनवा, पोखरिया, पकहा मैनपुर र सखुवाप्रसौनीमा बाली स्वास्थय उपचार तथा आकास्मिक शिबिर सम्पन्न गरेको कार्यालयले जनाएको छ । सित बलास्त, ग्वारो, खैरो फडके, पातबेरुवा र धोक्रो किरालगायतको धानबालीमा लाग्ने रोगले किसानहरुलाई समस्या दिएकोले केन्द्रले चारस्थानमा आकस्मिक सेवा दिएको हो । मनवामा ९० जना, पोखरियामा ६० जना र पकहामैनपुरमा २०५ जना, सखुवाप्रसौनीमा १६० जना गरि ५२५ जना किसानको धानबालीको उपचार, परामर्श दिनुको साथै विषादी औषधी पनि वितरण गरिएको कृषि ज्ञान् केन्द्र पर्साका प्रमुख डा. रामचन्द्र यादवले बताए । शिबिरमा श्यामकिशोर कुर्मी, रामकलेश साह र मुनिलाल रौनियारलगायतको सहभागिता थियो । यसैगरी किसानहरुलाई कुसेश्वर यादव र सुरेश चौरसियाले प्राविधिक सहयोग गरेको जिल्ला कृषी सहकारी संघ लिमिटेड पर्साका अध्यक्ष शिवकुमार साहले बताए ।