• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    घरपायक क्याम्पसबाट परीक्षा दिने तयारीमा त्रिवि

  • वीरगंज संजाल
  • १२ आश्विन २०७७, सोमबार १२:०२
  • ३००९

    वीरगंज | त्रिभुवन विश्वविद्यालयले भौतिकरुपमा उपस्थित हुन नसकेका विद्यार्थीलाई घरपायक क्याम्पसबाट परीक्षा दिने तयारी गरेको छ । सरकारले सक्रिय संक्रमितको संख्या २५ हजारमाथि पुगे पुनः लकडाउन गर्न सक्ने जनाएपछि त्रिविले घरपायक क्याम्पसबाट परीक्षा दिन सक्ने व्यवस्थासहितको तयारी थालेको हो ।

    त्रिविका रजिस्ट्रार प्राडा पेशल दाहालले सरकारले पुनः लकडाउन गरे घरपायकको क्याम्पसमा भए पनि परीक्षा दिने व्यवस्था गर्न लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘अहिले भौतिकरुपमै परीक्षा दिने व्यवस्था गरेका छौं, परिस्थिति बदलिएर पुनः लकडाउन भए सबै वैकल्पिक व्यवस्थासहित घरपायक परीक्षा दिने योजना बनाएका छौं ।’

    त्रिविको परीक्षा सञ्चालक समितिको बैठकले मंसिरमा परीक्षा गर्ने गरी सबै तयारी गर्न डीन कार्यालयलाई निर्देशन दिएको थियो । डीन कार्यालयले सबै क्याम्पसलाई परीक्षाको तयारी थाल्न निर्देशन दिएसकेको छ ।
    डीन कार्यालयले सबै क्याम्पसका विद्यार्थीको अवस्थाबारे जानकारी लिइसकेको छ ।

    कुन विद्यार्थी कहा⁄ छन् लकडाउन खुलेसँगै राजधानी वा क्याम्पससँग सम्पर्क गरेका छन् कि छैनन्लगायतका विषयमा समेत अध्ययन भइरहेको जानकारी गराउँदै रजिस्ट्रार दाहालले भन्नुभयो– ‘दशैंअघि यथार्थ विवरण आएपछि मोडलको बारेमा जानकारी दिनेछांै ।’

    पनिकाले अनलाइन वा अन्य विश्वविद्यालयकै जस्तै निश्चित समय दिएर ओपन बुक मोडलमा परीक्षा लिने तयारीसमेत गरेको छ । यो मोडलमा परीक्षा हुनु केही मिनेटअघि क्याम्पसले इमेलबाट प्रश्नपत्र पठाउने र विद्यार्थीले तोकेको अवधिमा फोटो खिचेर वा स्क्यानिङ गरी उत्तरपुस्तिका पठाउनुपर्ने हुन्छ ।

    परीक्षाका प्रमुखसमेत रहनुभएका रजिस्ट्रार दाहालले पहिलो चरणमा स्नातकोत्तर तहका करिब २५ हजार विद्यार्थीको परीक्षा लिने विषयमा छलफल भइरहेको उल्लेख गर्नुभयो ।

    उहाँले प्राइभेट, एमपीए र राजनीतिशास्त्रका अन्तिम वर्षका विद्यार्थीको संख्या अधिक भएकाले पहिलो चरणमा सो तहको परीक्षा लिनुपर्ने बताउनुभयो । तर परीक्षाका वैकल्पिक विधि अपनाउन नसक्दा भदौदेखि सञ्चालन गरिने भनेको परीक्षा अझै अनिश्चित कायमै छ ।

    त्रिवि प्राध्यापक संघका अध्यक्ष सहप्राध्यापक वसन्त ढकालले ५ महिना पुगिसक्दा पनि परीक्षा सञ्चालन गर्न नसक्नु परीक्षा नियन्त्रण कार्यालयको चरम लापरबाही भएको आरोप लगाउनुभयो ।

    उहाँले भन्नुभयो– ‘अहिले मुलुकभर करिब १८ हजारको संख्यामा सक्रिय संक्रमित पुगेका छन्, २५ हजार पुगेमा स्वास्थ्य मन्त्रालयले पुनः लकडाउन गर्नुपर्ने सिफारिस गरेको छ । यस्तो अवस्थामा नयाँ विकल्प सोच्नुको साटो भौतिक उपस्थितिमा मात्रै परीक्षा लिन्छु भनेर एकोहोरो रटान गर्नु गलत छ ।’

    उहाँले लाखौं विद्यार्थी भविष्यप्रति त्रिविले कुनै सदासयता देखाउन नसकेको आरोप लगाउनुभयो । उहाँले तत्काल कुनै पनि वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न आग्रह गर्दै यस्तो अवस्थामा विद्यार्थीको भविष्यलाई ख्यालख्याल सोच्न नहुने बताउनुभयो ।

    पनिकाको तग्थ्यांकअनुसार सेमेस्टर र अन्य गरी करिब ५ लाख विद्यार्थीको परीक्षा हुन सकेको छैन । जसका कारण विश्वविद्यालयका सेमेस्टर र वार्षिक प्रणाली गरी कुल ७ लाख विद्यार्थीको परीक्षा ५ महिनादेखि सञ्चालन हुन सकेको छैन ।

    मुलुकै जेठो र राज्यको ८० प्रतिशत उच्च शिक्षाको भार बोकेको त्रिविको शैक्षिकसत्र नै ६ महिना पछाडि धकेलिने निश्चित बनेको छ । त्रिविले अहिले पनि परीक्षा लिनसक्ने अवस्था छैन ।

    विश्वविद्यालय अनुदान आयोग, विद्यार्थी संघ संगठनलगायत सरोकारवाला निकायले लामो समयदेखि स्थगित परीक्षा सञ्चालन गर्न पटकपटक गरेको आग्रहलाई त्रिविले बेवास्ता गरिरहेको आरोप छ ।

    त्रिविले सबै डीन कार्यालयलाई मंसिरमा परीक्षा लिने गरी तयार थाल्न निर्देशन दिइसकेको छ । त्रिविले सेमेस्टर प्रणालीबाट पढाइ शुरु गरे पनि केन्द्रीकृतरुपमा परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।

    रजिस्ट्रार प्राडा दाहालले कतिपय क्याम्पसलाई विकेन्द्रीकृत गरे पनि उनीहरुसँग परीक्षा लिन सक्ने क्षमता नभएको आरोप लगाउनुभयो ।

    उहाँले भन्नुभयो– ‘ती क्याम्पससँग स्रोत साधन छैन, प्रदेश तहबाट परीक्षा सञ्चालन गर्ने अनुभव छैन । त्रिविले क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयले सेमेस्टरअनुसारको परीक्षा लिन सक्ने अवस्थामा पनि सो अधिकार दिन सकेको छैन ।’

    त्रिवि सिनेट १६ असोजमा
    त्रिभुवन विश्वविद्यालयले लकडाउनका कारण स्थगित त्रिवि सभा (सिनेट बैठक) यही असोज १६ गते गर्ने भएको छ । साउनमा हुनुपर्ने सभा कोरोना संक्रमणको कारण हुन सकेको थिएन । त्रिविले सभालाई भर्चुअल प्रणालीबाट गर्दै छ ।

    त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने बैठकमा त्रिविको बजेट, नीति तथा कार्यक्रम पारित हुनेछ । यो बजेटमा कोरोनाले थन्किएको त्रिविको परीक्षा, अनलाइन कक्षा र भावी योजनाको बारेमा छलफल हुनेछ ।

    बजेट पारित गर्न आयोजना गरेको बैठकले त्रिविको पछिल्लो समस्याको बारेमा समेत छलफल हुने भएको रजिस्ट्रार पेशल दाहालले बताउनुभयो । त्रिविको चालू आवको बजेट सभा कोरोना लक्षित सूचना र प्रविधिको विकास केन्द्रित हुने भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑