• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    राजा महेन्द्र र बेलायती रानीको ६० वर्षअघिको दुर्लभ भिडियो, हात्ती चढेर यसरी ढाले बाघ [भिडियो]

  • वीरगंज संजाल
  • १२ आश्विन २०७७, सोमबार १३:१९
  • ६९६५

    करीब ६० वर्षअघिको नेपाल र काठमाडौंको जनजीवन कस्तो थियो होला ? धेरैलाई कौतुहलता हुन्छ । आधा शताब्दीभन्दा अगाडिको नेपाल र यहाँको जीवनशैली धेरैका लागि रुचिकर हुनसक्छ ।बेलायती महारानी एलिजाबेथ द्वितीया सन् १९६१ मा नेपाल आउँदाको भिडियोले त्यो बेलाको नेपालको अवस्था बुझ्न सकिन्छ ।

    रानी एजिलाबेथ काठमाडौं आउँदा तत्कालीन राजा महेन्द्र उनको स्वागतका लागि विमानस्थलमा पुगेका थिए ।विमानस्थलबाट राजा महेन्द्र र बेलायती महारानी एउटै बग्गीमा चढेर दरबार गएको दृष्य देखिन्छ । रानी रत्न र बेलायती प्रिन्स फिलिप अर्को बग्गीमा बसे ।

    बेलायती समाचार संस्थाले बनाएको भिडियोमा त्यो बेला काठमाडौंको जनसंख्या एक लाख भएको भनिएको छ । वसन्तपुरमा मानिसहरू भेला भएका देखिन्छन् । किसानहरूले खर्पनमा तरकारी बोकेर हिँडेका छन् । एक जनाले खर्पनमा राखेर आफ्नो बच्चालाई बोकेका छन् ।

    त्यो बेलाका मानिसहरूले दौरा सुरुवाल लगाएर कपडाको बर्को ओडेको देखिन्छ । बेलायती रानीको स्वागतका लागि विमानस्थलमा अस्थायी स्वागतद्वार बनाइएको छ । विमानस्थलले अहिलेको स्वरूप धारण गरेको थिएन ।महारानीको स्वागतका लागि काठमाडौंका सर्वसाधारण विमानस्थलमा पुगेका थिए । स्वागतका लागि उपस्थित भएका कतिपय सर्वसाधारण खाली खुट्टा देखिन्छन् भने अधिकांश पुरुष सेतो टोपी लगाएका देखिन्छन् ।

    एक जनाले खर्पनमा गाग्री बोकेर उपस्थितलाई करुवाबाट पानी खुवाएका थिए । अधिकांशले निधारमा टीका लगाएका छन् ।बेलायती रानीको स्वागतमा पनि त्यति धेरै सुरक्षाकर्मी परिचालन गरेको देखिँदैन । हिउँदको मौसमको त्यो दिन काठमाडौंको आकाशमा धुम्म बादल लागेको देखिन्छ ।

    सन् १९६१ को फ्रेबुअरी २६ देखि मार्च १ सम्म भ्रमण भएको थियो । आँखीझ्यालसहितको अस्थायी स्वागतद्वारमा सल्लाको पात (सल्लीपिरल) राखेको देखिन्छ । जब बेलायती रानी चढेको विमान आयो, राजा महेन्द्र उनको स्वागतका लागि अगाडि बढेका थिए ।

    रोचक कुरा, त्यो बेला राजा महेन्द्र र रानी रत्नले हातमा पञ्जा लगाएको देखिन्छ । जाडो महिना भएकाले रानी एलिजाबेथले हातमा एउटा स्वेटर राखेकी रहिछन् ।रानी एलिजाबेथलाई रिसल्लासहित घोडाको बग्गीमा चढाएर नारायणहिटी दरबारतिर लगिँदै गरेको देखिन्छ ।

    राजारानीको सवारीका लागि उपस्थित भएका सर्वसाधारणले ताली बजाएर स्वागत गरेका छन् । विमानस्थलबाट बाहिर निस्किँदै गर्दा एलिजाबेथले सर्वसाधारण जनतालाई हात हल्लाएर अभिनन्दन गरेकी छिन् ।महारानी एलिजाबेथ चितवन राष्ट्रिय निकुञ्जमा गएर बाघको शिकार गरेको देखिन्छ । बाघको शिकारका लागि ३ सय २७ हात्तीको प्रयोग गरेको देखिन्छ । उनी हात्ती चढेर शिकारका लागि गएकी थिइन् ।

    बेलायती रानीको चितवन भ्रमणलाई लक्षित गरेरै चितवनको मेघौलीमा विमानस्थल निर्माण गरिएको थियो । सो विमानस्थल अहिले भने बन्द छ ।चितवन राष्ट्रिय निकुञ्जभित्र कम्मरमा पेस्तोल बोकेका राजा महेन्द्रले गोली हानेर मारिएको बाघको नजिकबाट निरीक्षण गरेको भिडियोमा देखिन्छ ।त्यो बेला मारिएको बाघ ८ फिटको थियो । राजा महाराजाहरूलाई निकुञ्जमा शिकार खेल्न छूट थियो ।

    रानी एलिजाबेथ पोखराको भ्रमणमा पनि गएकी थिइन्, त्यहाँ उनलाई ब्रिटिस गोर्खा सैनिकले स्वागत गरेका थिए । पोखरामा बालिकाहरूले बेलायतको झण्डा हल्लाउँदै रानीको स्वागत गरे ।नाकमा बुलाकी र घाँटीमा मडरी लगाएका महिलाहरू उनको स्वागतका लागि आएका थिए । महारानीले बेलायती पूर्व सैनिकहरूले लगाएका तक्मा बडो उत्सुकतापूवर्क हेरेकी थिइन् ।

    रानी एलिजाबेथले सन् १९८६ को फ्रेबुअरीमा दोस्रो भ्रमण गरेकी थिइन् । दोस्रोपटक भ्रमण गर्दा नेपालमा राजा वीरेन्द्र थिए । बेलायती रानीको स्वागतका लागि तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्यालगायत विमानस्थल गएका थिए ।

    हेर्नुहोस्, भिडियो :

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑