• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ सरकार र मन्त्रीहरु पटक–पटक विवादमा

  • वीरगंज संजाल
  • १२ आश्विन २०७७, सोमबार ०७:२१
  • २९६१

    वीरगंज | प्रदेश २ सरकार पटक–पटक चर्चा र विवादमा आउने गरेको छ । मुख्यमन्त्री, मन्त्रीहरुको बोली–व्यवहार र भूमिकाका कारण प्रदेश सरकार चर्चामा आउने गरेको हो । सरकार गठन हुने बित्तिकै मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति गरेको टिप्पणीले केही दिन चर्चा बटुल्यो । संघीय सरकारसँग अधिकारको विषयमा प्रदेश २ सरकारका मुख्यमन्त्री र मन्त्रीहरुको वाकयुद्ध नै चल्ने गरेको छ ।

    काम गर्ने तौरतरिकाका कारण पनि प्रदेश २ सरकार विवादमा तानिने गरेको छ । प्रदेश सरकारले बनाउने विधेयक निर्माणमा त्रुटीका कारण भएका झमेलाले पनि प्रदेश सरकार विवादमा तानियो ।  मुस्लिमसँग सम्बन्धित विधेयक, प्रहरीसँग सम्बन्धित विधेयक, दलितसँग सम्बन्धित विधेयक, पत्रकारसँग सम्बन्धित विधेयकलगायतका थुप्रै विधेयकमा सरकारका तर्फबाट भएको त्रुटीका कारण सम्बन्धित मन्त्री तथा जिम्मेवार व्यक्तिहरुले माफी नै माग्नुपर्ने अवस्था सिर्जना भयो ।

    त्यस्तै उपभोक्ता समितिलाई काम गराए पनि सरकारले समयमा भुक्तानी नदिएको कारण सरकारको विरुद्धमा आन्दोलन नै भएको थियो । त्यसले गर्दा पनि सरकार लामो समयसम्म चर्चामा रह्यो ।

    प्रदेश सरकारका एकजना मन्त्री शपथ लिएदेखि एक÷डेढ वर्षसम्म मन्त्रालय नै गएनन् । मन्त्री क्वाटरबाटै उनले मन्त्रालयका सबै कामकाज गर्थे । मुटुको समस्याका कारण माथिल्लो तल्लामा रहेको मन्त्रालयमा जान नसकिने भएकाले आफू क्वाटरमै बसेर काम गरेको उनको जवाफले पनि निकै समय चर्चा बटुल्यो ।त्यसबाहेकका पनि थुप्रै यस्ता घटना छन्, जसले प्रदेश २ सरकार तथा मुख्यमन्त्री–मन्त्रीहरु विवादमा तानिए ।

    सचिवको कार्यकक्षमा ताला

    हालै केन्द्रबाट प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिवमा सरुवा भएर जाँदा सम्झना काफ्लेलाई कृषि मन्त्री शैलेन्द्र साहले हाजिर हुनबाट रोक लगाए । मन्त्री साहको निर्देशनमा बाहिरका युवाहरु गएर सचिवको कार्यकक्षमा ताल्चा लगाउनका साथै मन्त्रालयका कर्मचारीहरुमाथि दुर्व्यवहारसमेत गरेका थिए । मन्त्री साहले संघीय सरकारले पटक पटक सचिव फेरेको कारण काम गर्न असजिलो भएकाले नयाँ सचिवलाई हाजिर हुन नदिएको स्वीकार गरेका छन् ।

    कर्मचारीले त्यसको विरोध गरेपछि कृषि राज्यमन्त्री योगेन्द्र राय यादवको नेतृत्वमा छानविन समिति गठन गरिएको छ । कर्मचारीहरुले सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् ।

    सचिवलाई झापड

    यसअघि प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले २०७५ पुसमा आफ्नै कार्यकक्षमा बोलाएर उद्योग, पर्यटन तथा वन मन्त्रालयका तत्कालीन सचिव विद्यानाथ झालाई झापड हानेका थिए । आफूले सिफारिस गरेको एनजिओलाई परियोजना नदिएको भन्दै उनले सचिवलाई कुटपिट गरेको बताइन्छ ।

    सो घटनाको विरोधमा पनि कर्मचारीहरुले आन्दोलन गरेका थिए । आन्दोलनलाई थामथुम पार्नका लागि सरकारले एउटा छानविन समिति बनायो । सो समितिले प्रतिवेदन पनि दियो तर अहिलेसम्म प्रतिवेदन सार्वजनिक भएको छैन ।

    गम्छा र गन्जीमा ज्ञापनपत्र

    प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवलाई भदौको अन्तिम साता विश्व हिन्दु परिषद्को तर्फ ज्ञापनपत्र बुझाइएको थियो । आफ्नै निवासमा ज्ञापनपत्र बुझ्दा मन्त्री यादवले गम्छा र गन्जीमात्र लगाएका थिए । गम्छा र गन्जीमात्र लगाएको अवस्थामा ज्ञापनपत्र बुझ्दै गरेको उनको तस्वीर भाइरल नै भयो ।

    ‘सोशल डिस्टेन्सिङ माने लकडाउन’

    प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले पाँच महिनाअघि पत्रकारहरुलाई कोरोनाको बारेमा जानकारी गराउँदा सोशल डिस्टेन्सिङ माने लकडाउन हो भनेका थिए । यो भिडियो भाइरल नै भएको थियो । उनले कोरोनाको समयमा सोशल डिस्टेन्सिङ अर्थात सामाजिक दुरी कायम गरेर बस्नुपर्छ भन्न खोजे पनि सोशल डिस्टेन्सिङको अर्थ लकडाउन हो भन्नेजसरी अभिव्यक्ति दिएका थिए । उनको यो भनाइसहितको भिडियो पनि भाइरल नै भयो ।

    कन्टयाक्ट ट्रेनिङ

    प्रदेश २ का अन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रले पनि भदौमा मिडिया ब्रिफिङको क्रममा आफ्ना लिखित धारणा राख्दा ‘कन्ट्याक्ट ट्रेसिङ’लाई ‘कन्ट्याक्ट ट्रेनिङ’ भनेका थिए । उनको यो भिडियो पनि निकै चर्चामा आएको थियो । लिखित भाषण पढेका उनले पढ्ने क्रममा त्रुटी गर्दा ‘टे«सिङ’ लाई ‘ट्रेनिङ’ भनेका थिए । यो भिडियो पनि सामाजिक सञ्जालमा निकै भाइरल भयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑