• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजमा अस्पतालले कोरोना संक्रमित गर्भवतीलाई भर्न नगर्दा घरमै उपचार गराउन बाध्य

  • वीरगंज संजाल
  • १२ आश्विन २०७७, सोमबार ०३:०५
  • ४०८९

    वीरगंज | वीरगंज रामगढवाकी २६ वर्षीया महिलालाई शनिबार अचानक स्वासप्रश्वासमा समस्या देखियो । हल्का ज्वरो आउनुका साथै खोकी पनि लागिरहेको थियो ।आफन्तले तुरन्तै सीता अस्पताल पुर्‍याए । ती महिलाको गर्भको नियमित जाँच गरिरहेको प्रसुति रोग विशेषज्ञ डा‍. निलम चौरसियाले स्वास प्रश्वासको समस्या भएकाले जनरल फिजिसियनलाई देखाउन सल्लाह दिइन् ।

    त्यसपछि उनलाई एडभान्स अस्पताल लगियो, त्यहाँ डा. उदयनारायण सिंहले जाँच गरे । जाँच गर्दा कोभिड संक्रमणको शंका लागेपछि पीसीआर परीक्षणका लागि नारायणी अस्पताल पठाएको डा. सिंह बताउँछन् ।

    प्रयोगशालाले अपरान्ह ४ बजेतिर उनलाई कोरोना संक्रमण भएको खबर गर्‍यो । गर्भवती, त्यसमाथि लक्षणसमेत भएकाले नारायणी अस्पतालले कोभिड अस्पताल लैजान सुझाव दियो, तर नेसनल मेडिकल कलेज कोभिड अस्पतालले राख्न नसकिने जवाफ दियो । आफन्त अलमलमा परे ।

    गुनासो गर्न जिल्ला प्रहरी कार्यालय गएका आफन्तलाई प्रहरीले गेटबाटै चिकित्सकले भने अनुसार गर्नू भनेर पठाइदिए । त्यसैले हाल गर्भवतीलाई घरमै राखिएको छ ।

    ‘ज्वरो खोकी छ, गर्भवती महिला संक्रमित हुनुहुन्छ भन्दा पनि नेसनल मेडिकल कलेजले स्थापना गरेको बाबा आइसोलेसनमा राख्न मानेनन्’ नारायणी अस्पतालमा समेत कार्यरत डा. सिंहले भने ‘बेडको व्यवस्था हुन नसकेपछि आफन्तले घर छेउमै मेडिकल पसल छ, घरमै राख्छौं भनेर लैजानुभयो ।’

    अहिले आफूले नियमित सम्पर्कमा रहेर परामर्श दिइरहेको डा. सिंह बताउँछन् ।

    पहिले कोरोना विशेष अस्पतालको रुपमा सञ्चालन भएको नारायणी अस्पतालमा भने हाल जनरल सेवा सञ्चालन गरिएको छ र कोरोना संक्रमितको उपचार गरिएको छैन ।

    कोरोना संक्रमितको संख्या घटेपछि अस्थायी कोरोना अस्पतालवीरगंज हेल्थकेयर पनि जनरल अस्पतालमा परिणत भइसक्यो । गण्डक अस्पतालका सबै संक्रमित डिस्चार्ज भइसके । अब वीरगंजमा नेसनल मेडिकल कलेजले सञ्चालन गरेको अस्थायी कोरोना अस्पताल (बाबा होटल आइसोलेसन) मात्रै सञ्चालनमा छ । नारायणीमा आईसीयूसहित १५ बेडको अब्जर्भेसन वार्ड छ ।

    वैकल्पिक व्यवस्था नगरी धमाधम कोरोना अस्पताल बन्द गरिँदा बिरामीहरु भने मारमा परेका छन् । यसअघि वीरगञ्जमा मृगौला रोगीमा कोरोना संक्रमण पुष्टि हुँदा डायलायसिस गराउन समस्या भएको थियो ।

    सुत्केरी हुने दिन नजिकिँदै गर्दा अस्पताल लैजानुपर्नेमा उल्टै संक्रमित भएकै कारण घरमा ल्याएर राख्नु पर्दा आफन्त चिन्तित छन् । सामान्य अवस्था भएको पभए घरमै राख्दा डर हुने थिएन । तर उनको स्वास्थ्य अवस्था राम्रो छैन । शनिबार रातिदेखि अक्सिजन दिइएको छ । १५ हजार रुपैयाँ धरौटी राखेर आफन्तले घरमै अक्सिजनको बन्दोबस्ती मिलाएका हुन् ।

    सबैतिर हारगुहार गर्दा अस्पतालले राख्न नमानेपछि घरमै ल्याएर राख्नुपरेको संक्रमितका दाजु दिनेश पण्डित बताउँछन् । ‘कोरोना लागेका किरामीको कोरोना अस्पतालमा निःशुल्क उपचार हुन्छ भन्ने सुनेको थिएँ, हामीलाई त घरमा पठाइदिए’ उनले भनेका छन् ।

    संक्रमित गर्भवतीको स्वास्थ्य रेखदेख गर्दै आएका स्थानीय स्वास्थ्यकर्मी जितेन्द्र शर्मा पनि अस्पतालमा राखेर उपचार गर्दा राम्रो हुने बताउँछन् । ‘चिकित्सकको परामर्श लिइरहेका छौं, तर अक्सिजन चढाउनु पर्ने अवस्थामा हुनुहुन्छ’ उनले भने, ‘पहिला दमको बिरामी भएकाले अस्पतालमा लैजान पाएको भए हुन्थ्यो ।’

    नेशनल मेडिकल कलेजका कोभिड फोकल पर्सा डा. असरफ हुसैनले भने मृगौला रोगी, गर्भवती तथा सुत्केरी संक्रमितलाई राख्ने व्यवस्था नभएको बताए । सम्झौता गर्दा नै यस्ता बिरामी नराख्ने भनी प्रष्ट लेखिएको उनले बताए ।

    प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले घुमाउरो शैलीमा त्यसलाई स्वीकार गरे । ‘शल्यक्रिया गर्नुपर्ने अवस्थाका संक्रमितलाई उपचारका लागि अफिन (निजी स्वास्थ्य संस्था) को तर्फबाट आशाराम अस्पतालसँग शुक्रबार सम्झौता गर्नुपर्ने हो, तर नारायणी अस्पतालले सम्झौता हुन नसकेको जानकारी गराएको छ’ उनले भने ‘गर्भवतीलाई घरमा राखिएको विषयमा तपाईबाटै जानकारी आएको हो, नारायणी अस्पताललाई नै आवश्यक बन्दोबस्त मिलाउन भनेको छु ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑