• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    घर–घरबाटै समातिँदै फरार अभियुक्त : घरेलु हिंसादेखि पत्रकार हत्याका दोषीसम्म पक्राउ

  • वीरगंज संजाल
  • १२ आश्विन २०७७, सोमबार ०४:१९
  • ४१५७

    वीरगंज | २ असोजमा ४८ जना फरार अभियुक्त पक्राउ गरेको स्याङ्जा प्रहरीले दुई दिनपछि थप १५ जनालाई समातेर अदालतमा बुझायो । तीन दिनबीचमा यति ठूलो संख्यामा अभियुक्त पक्राउ परेपछि स्याङ्जाका एसपी होबिन्द्र बोगटीले प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीबाट स्याबासी पाए । उनले स्याङ्जा प्रहरीको नेतृत्व सम्हालेको एक महिनामा एक सय पाँचजना पक्राउ परिसकेका छन् ।

    अन्य जिल्लामा पनि यतिवेला अदालतबाट दोषी ठहर भई फरार रहेका अभियुक्त पक्राउ गर्ने अभियान नै चलेको छ । पछिल्लो तीन दिनमा सप्तरी प्रहरीले ४५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अपहरण, हत्याजस्ता गम्भीर मुद्दामा सजाय तोकिएका व्यक्तिहरू पनि रहेको जिल्ला प्रहरी, सप्तरीका डिएसपी तिलक भारती बताउँछन् ।

    यस्तै, तनहुँ प्रहरीले २८ भदौमा एकैदिन ३५ जनालाई पक्राउ गरेर अदालतमा बुझाएको छ । बहुविवाह, लागुऔषध, जुवा, घरेलु हिंसा, जालसाजीजस्ता मुद्दामा फरार व्यक्ति पक्राउ परेको तनहुँका एसपी अरुण पौडेल बताउँछन् ।

    असारयता देशभर करिब एक हजारजना फरार अभियुक्त पक्राउ परेको प्रहरी प्रधान कार्यालयको कार्य तथा अपराध अनुसन्धान विभागको तथ्यांक छ । पछिल्लोपटक जिल्ला प्रहरी कार्यालय, कास्कीबाट यो अभियान सुरु भएको हो । १७ भदौमा कास्की प्रहरीले एकैदिन २८ जना फरार व्यक्ति पक्राउ गरी अदालतमा पेस गरेको थियो ।

    कास्की प्रहरीले पछिल्लो तीन महिनामा एक सय ९१ जनालाई पक्राउ गरेको छ । विशेष टोली नै बनाएर अभियानकै रूपमा फरार व्यक्ति पक्राउ गरिएकाले सफलता मिलेको कास्कीका एसपी जीवन श्रेष्ठ बताउँछन् ।

    फरार अभियुक्त पक्राउ गर्नेमा जिल्ला प्रहरी कैलाली पनि अगाडि छ, जसले तीन महिनामा ४० भन्दा बढीलाई पक्राउ गरेको छ । डाँका, चोरी मुद्दामा १६ वर्षदेखि फरार रहेका गौरीगंगाका श्याम चौधरी र फूलपाती चौधरीलाई कैलाली प्रहरीले १७ भदौमा पक्राउ गरेको थियो । उनीहरूले ४ माघ ०५८ मा गौरीगंगामा डकैती गरेका थिए ।

    पक्राउ परी पुर्पक्षमा जेल चलान भएका उनीहरू २७ माघ ०६१ मा कारागारबाट भागेका थिए । विगतमा भारतमा लुकेर बसेकाहरू कोभिड–१९ महामारीमा नेपाल फर्किएकाले पनि फरार व्यक्तिहरू पक्राउ गर्न सहज भएको कैलालीका एसपी अनुपमशमशेर राणा बताउँछन् ।

    यस्तै, म्याग्दी प्रहरीले पछिल्लो तीन महिनामा ३४ जना फरार अभियुक्त पक्राउ गरेको छ । पक्राउ परेकामध्ये कतिपय विदेश र देशका अन्य भागमा लुकेर बसेका थिए । कोभिड–१९ बाट बच्न घर फर्किएका उनीहरू धमाधम पक्राउ परेको डिएसपी कुँवर बताउँछन् ।

    पक्राउ परेकामध्ये ११ फागुन ०६६ मा ओखरबोटमा नारायण छन्त्यालको हत्यामा संलग्न पाँचजना पनि छन् । पक्राउ पर्नेमा  चिउरीबोटका २८ वर्षीय बलमान घर्ती, ३३ वर्षीय जीवन घर्ती, रुमका २९ वर्षीय तीथेन्द्र घर्तीमगर, २६ वर्षीय दुर्गाबहादुर घर्ती र दलप्रसाद पुन छन् । उनीहरू सबैलाई अदालतले जन्मकैद तोकेको छ ।

    शिवरात्रिका अवसरमा आयोजित भलिबल प्रतियोगितामा हारेपछि उनीहरूले छन्त्यालको हत्या गरेका थिए । यति धेरै संख्या फरार अभियुक्त पक्राउ पर्नुको प्रमुख कारण प्रहरी सक्रियता नै भएको म्याग्दीका डिएसपी किरणजंग कुँवर बताउँछन् ।

    पक्राउ परे पत्रकार हत्याका अभियुक्त
    १३ वर्षअघि बाराका पत्रकार वीरेन्द्र शाहको हत्यामा संलग्न भई फरार रहेका हरेरामप्रसाद कुर्मीलाई पनि प्रहरीले २४ भदौमा पक्राउ गरेको छ । १८ असोज ०६४ मा उनीसहितका व्यक्तिले पत्रकार साहको हत्या गरेका थिए । कुर्मीलाई कोहल्वीको सपही टोलबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

    प्रहरी सक्रियताका तीन कारण
    अपराध गरेपछि ढिलो–छिटो सजाय भोग्नुपर्छ भन्ने सन्देश दिन फरार अभियुक्त पक्राउ अभियान चलाइएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायत बताउँछन् । अहिले फरार अभियुक्त धमाधम पक्राउ पर्नुका मुख्य तीन कारण देखिन्छन् ।

    पहिलो– हालै धेरै जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । जिल्लामा नयाँ प्रहरी प्रमुख जानेबित्तिकै सक्रियता देखाउने कार्यशैली देखिँदै आएको छ । त्यही होडअन्तर्गत फरार अभियुक्त पक्राउ गर्ने अभियान चल्छ । यसपटक प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले पनि फरार अभियुक्त पक्राउ गर्न प्राथमिकता दिएकाले धेरैजना समातिएको एक प्रहरी अधिकारी बताउँछन् ।

    दोस्रो– अपराध गरेर भागेकाहरू पनि लकडाउनपछि घर फिरेका छन् । भारत तथा अन्य देशमा पुगेका पनि स्वदेश फर्केका छन् । सोहीकारण पछिल्लो समय पक्राउ परेका अधिकांश घरमै भेटिएको प्रहरी अधिकारीहरू बताउँछन् ।

    तेस्रो– तेस्रो कारण प्रोत्साहन रकमसँग जोडिन्छ । अदालतबाट दोषी ठहर भई फरार रहेका व्यक्तिलाई पक्राउ गर्दा जरिवानाको २५ प्रतिशत कमिसन प्रहरीले पाउँछन् । फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले प्रोत्साहन भत्ता दिने निर्णय गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑