• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / विश्व

    पोलिमर नोट प्रकरणमा अस्ट्रेलियन पुलिसले दिएको मुख्य प्रमाणलाई किन मानेन अदालतले?

  • वीरगंज संजाल
  • १२ आश्विन २०७७, सोमबार ०२:४४
  • २६४१

    पोलिमर नोट छपाइ र खरिद प्रक्रियामा अनियमितता गरेको आरोपबाट पूर्वगभर्नर तिलक रावलसहित तीन जनालाई सफाइ दिने फैसलाको पूर्ण पाठ विशेष अदालतले सार्वजनिक गरेको छ।विशेष अदालतका अध्यक्ष न्यायाधीश शिवराज अधिकारी, न्यायाधीश बालेन्द्र रूपाखेती र शान्तिसिंह थापाको इजलासले गत असार ३० गते उनीहरूलाई सफाइ दिने फैसला गरेको थियो।

    अठार वर्षअघि सुरू भएको खरिद प्रक्रियामा अनियमितता भएको भन्दै दुई वर्षअघि अख्तियारले मुद्दा दायर गरेको थियो।२०५९ वैशाख २० मा पहिलो चरणका ५ करोड नोट छाप्न राष्ट्र बैंक र नोट प्रिन्टिङ अस्ट्रेलिया (एनपिए) बीच सम्झौता भएको थियो। प्रतिहजार ६८ अस्ट्रेलियन डलरमा ५ करोड रूपैयाँ बराबरको १० को नोट छाप्ने प्रस्ताव गरिएको भए पनि रावल, नोट विभागका तत्कालीन प्रमुख उपेन्द्रकेशरी पौड्याल र स्थानीय एजेन्ट हिमालयबहादुर पाँडेले मिलेमतो गरी ४ डलर बढाउन लगाएको अख्तियारको आरोप थियो।

    एनपिएले १५ करोड ४७ हजारमा पहिलो चरणको नोट छाप्ने प्रस्ताव गरेको थियो। त्यसलाई बढाएर १६ करोड ३९ लाख ७८ हजार पुर्‍याइएको अख्तियारको दाबी हो।

    टेन्डर खोल्नुअघि नै उक्त कम्पनीलाई रावल लगायतले सूचना चुहाएर मूल्य बढाउन लगाएको अख्तियारको जिकिर थियो। यसरी मूल्य बढाउँदा नेपाल सरकारलाई ९१ लाख रूपैयाँ नोक्सानी पुगेको ठहर गर्दै उनीहरू तीन जनालाई भ्रष्टाचार मुद्दा चलाइएको हो।

    विशेष अदालतले भने अख्तियारको आरोप पुष्टि हुन नसकेको भन्दै असार ३० मा उनीहरूलाई सफाइ दिएको छ।

    पोलिमर नोट छपाइमा भ्रष्टाचार भएको भन्दै उक्त कम्पनीविरुद्ध अस्ट्रेलियामा पनि मुद्दा चलेको थियो। यो मुद्दा पनि त्यसकै आधारमा चलाइएको देखिन्छ। अख्तियारले सन् २०१३ मा अस्ट्रेलियाको फेडरल प्रहरी (एएफपी) बाट केही इमेलमार्फत् नेपाली अधिकारीहरू र कम्पनीबीच भएका पत्राचार, उक्त कम्पनीका निर्णय र भनाइहरू भएको प्रतिवेदन प्राप्त गरेको थियो। अख्तियारले त्यही प्रतिवेदनमा भएका सूचनाका आधारमा रावल, पौडेल र राणालाई मुद्दा चलाएको थियो।

    विशेष अदालतले भने ती इमेल र सूचनाहरू पठाउँदा वा प्राप्त गर्दा पारस्परिक सहायतासम्बन्धी कानुनअनुसार नगरेको भन्दै मान्यता दिएन।

    २०७० सालमा पारस्परिक कानुनी सहायतासम्बन्धी अध्यादेश जारी गरिएको थियो। त्यही बेला अस्ट्रेलियन कम्पनीले अख्तियार प्रमुखलाई भेटेर ती इमेल र सूचनाका विवरण दिएको फैसलामा भनिएको छ।

    अस्ट्रेलियन सरकारले पनि छपाइमा भ्रष्टाचार भएको आशंका गरी छानबिन गरेको थियो। त्यही बेला उसले नेपाल सरकारसँग पाँडेसमेतको बैंक खाता र कारोबारसम्बन्धी विवरण मागेको फैसलामा उल्लेख छ। नेपाल सरकारले पनि त्यसरी नै अस्ट्रेलियन सरकारसँग कानुनअनुसार औपचारिक रूपले आवश्यक विवरणहरू माग्नुपर्नेमा नमागेको विशेषले जनाएको छ।

    प्रथम चरणको सम्झौताअनुरूप आएका पोलिमर नोटको लागत बढी देखिएको, आफ्नो फाइदाका लागि बदनियत राखी न्यून गुणस्तरको नोट छपाइ गरेर राष्ट्र बैंकलाई हानी नोक्सानी पुर्‍याएको भन्ने अख्तियारको अर्को आरोप थियो।

    उसले आरोप लगाएपछि पोलिमर नोट छपाइ गर्दाको समग्र लागतअनुसारको बिगो कायम गर्नुपर्ने विशेषको तर्क छ। त्यसो नगरेकाले पोलिमर नोट छपाइको औचित्यमा विचार गर्नु नपरेको पनि विशेषको भनाइ छ।

    ‘पूर्व स्वीकृत लागतमा ४ अस्ट्रेलियन डलर बढाएकाले ९१ लाख ९ हजार हानी नोक्सानी पुर्‍याएकोसम्म आरोप हो,’ विशेषको फैसलामा भनिएको छ, ‘कागजीको सट्टा पोलिमर नोट छपाइको कारणबाट हानी हुन गएको जस्तो अप्रासंगिक व्यहोरा आरोपपत्रमा रहेको भए पनि त्यस आधारमा मात्र पोलिमर छपाइको औचित्यमा विचार गरिरहन परेन।’

    कसरी नोट छाप्ने भन्ने नीतिगत विषय भएकाले पनि अदालतले त्यसलाई हेर्न नमिलेको फैसलामा उल्लेख छ।

    यो सम्झौता सन् २००२ मा भयो। त्यसको दुई वर्षअघि सन् २००० फेब्रुअरीमा नोट विभागका तत्कालीन प्रमुख र नोट प्रिन्टिङ अस्ट्रेलियाका अधिकारीबीच चिठी आदानप्रदान भएको अस्ट्रेलियाको फेडरल पुलिसले उपलब्ध गराएको प्रतिवेदनमा उल्लेख छ। त्यस्तो पत्राचार स्वाभाविक भएको विशेषले जनाएको छ।

    त्यस्तै अख्तियारले भनेजस्तो सुरूमा प्रतिहजार ६८ अस्ट्रेलियन डलरमा १० को नोट छापेर उपलब्ध गराउने र पछि ४ डलर थपेर ७२ पुर्‍याउने दाबी पनि पुग्न नसकेको विशेषको फैसलामा उल्लेख छ।

    अस्ट्रेलियाको अदालतमा चलेको मुद्दाबाट एनपिएले सफाइ पाएको पनि विशेषको फैसलामा उल्लेख छ। त्यसबाहेक सर्वोच्च अदालतबाट प्रतिपादित पाँचवटा नजिरलाई पनि सफाइको आधार विशेषले बनाएको छ।

    विदेशी र स्वदेशी पत्रिकामा आएका समाचारका आधारमा भ्रष्टाचारको मुद्दा दायर गर्नु न्यायसंगत नभएको अदालतको फैसलामा उल्लेख छ।

    ‘९१ लाख हानी नोक्सानी भएको भन्ने आरोपदाबी पुष्टि गर्ने प्रत्यक्ष र विश्वसनीय प्रमाणको अभाव रहेको, आरोपपत्रमा आधार ग्रहण गरिएका इमेलका विषयमा पर्याप्त अनुसन्धान भएको नदेखिएको, अनुमान र शंकाका आधारमा मात्र कसुर भएको भन्न कानुनसम्मत र न्यायोचित हुन नसक्ने भएकाले रावल, पौडेल र पाँडेले सफाइ पाउने ठहर्छ,’ विशेषको फैसलामा भनिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑