• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्ज महानगरभित्र ट्राफिक व्यवस्थापन गर्न खोज्दा झन अव्यवस्थित बन्दै गएपछि…

  • वीरगंज संजाल
  • ११ आश्विन २०७७, आईतवार २२:११
  • ५२२९

    वीरगञ्ज ।  वीरगञ्ज महानगरभित्र ट्राफिक व्यवस्थापनको नाममा सडक छेउमा फलामे सिक्री लगाएको कारण ट्राफिक अव्यवस्थित बन्दै गएको छ । वीरगञ्ज महानगरपालिका, नेपाल प्रहरी तथा ट्राफिक प्रहरीको समन्वयमा वीरगञ्ज महानगरभित्र रहेका सडकहरुको छेउमा सिक्री लगाइएको छ, जसले गर्दा जथाभावी सवारी पार्किङ हुन थालेको हो ।ट्राफिक व्यवस्थापन गर्नका लागि सडक छेउमा लेन बनाइ पार्किङ्को व्यवस्था गरिएको थियो तर त्यो नियमलाई हटाएर महानगरपालिकाले आदर्शनगरस्थित पुरानो बसपार्कमा सवारी पार्किङ गरेर नगरक्षेत्रभित्र सामानहरु किनमेल गर्न जाने भनेर सडक छेउमा रहेका सवारी पार्किङ लेनलाई फलामे सिक्रीले घेरेको छ । पुरानो बसपार्कमा सवारी पार्किङ्ग गर्न भनेतापनि त्यहाँ पार्किङको राम्रो व्यवस्था तथा सुरक्षा नभएको कारण सर्वसाधारणहरुले सडक फुटपाथमा सवारी पार्किङ गरिरहेका छन् जसले गर्दा फुटपाथबाट हिँड्ने सर्वसाधारणहरुलाई समस्या भइरहेको छ ।वीरगञ्जको घण्टाघरदेखि माइस्थान चोकसम्म र आदर्शनगर चोकदेखि कैलाश चोकसम्म फलामे सिक्री लगाइएको छ तर त्यसको कुनै विकल्प नदिएको कारण सर्वसाधारणदेखि व्यापारीहरु आफ्नो सवारी फुटपाथमा पार्किङ्ग गरिरहेका छन् र आम नागरिकहरु सडकमा हिँड्न बाध्य छन् । ट्राफिक व्यवस्थापनको नाममा फुलामे सिकर लगाइएको छ तर न त्यसको सुरक्षा हुन सकेको छ, न त्यो स्थानको सदुपयोग हुन सकेको छ ।वीरगञ्ज आदर्शनगरका स्थानीय व्यापारी मोहन शर्माले यो सिक्री लगाएर प्रहरी तथा महानगरपालिकाले दुःख मात्रै दिएको बताउँछन् । उनका अनुसार विगत लामो समयदेखि नै यही स्थानमा व्यवस्थित तरिकाले सवारी पार्किङ गरिदै आएको हो तर अहिले आएर फलामे सिक्री लगाएर के गर्न खोजिएको हो ? भन्दै यहाँ सवारी पार्किङ्ग फुटपाथमा र सर्वसाधारणहरु सडकमा हिँड्ने उल्टो कार्य हुने गरेको बताए । सिक्री लगाएर ट्राफिक व्यवस्थापन हुनुको सट्टा झन ट्राफिक अव्यस्थित भएको उनको भनाइ छ ।

    यसरी नै ग्रिनसिटि सामुदायिक प्रहरी तथा सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले नगरपालिकाले ल्याएको नियम हो, तर यसले ट्राफिक व्यवस्थापन भन्दा पनि अव्यवस्थापन हुन गएको बताए । विकल्प दिएर मात्रै यो नियम लागू गरेको भए सफल पनि हुन्थ्यो तर यसरी सिक्री लगाएर भएको ठाउँ पनि उपयोग हुन नसकेको उनको भनाइ छ । यसमा बसपार्कस्थित पार्किङको ठेक्का पट्टा पाएको ठेकेदार पनि दोषी रहेको भन्दै अध्यक्ष खेतानले राम्रो सोचेर ल्याएको नियम प्रभावकारी नभएको कारण त्यसको उल्टो प्रभाव परेको बताए ।

    यसरी फलामे सिक्री लगाएको कारण व्यापार व्यावसायमा पनि समस्या भइरहेको स्थानीय व्यापारी सचिन अग्रवालले बताए । उनका अनुसार पुरानो बसपार्कमा सवारी पार्किङ्ग गरेर एक दुई किलोमिटरसम्म पैदल हिँडेर पसलहरुमा पनि आउन नसक्ने अवस्था रहेको उनको भनाई छ । यहाँ दिनहुँ मोटरसाइकल चोरी हुने गरेको छ, न पार्किङ्गको व्यवस्था छ, न सुरक्षाको ? अनि सडक छेउमा रहेको पार्किङ्ग स्थललाई पनि प्रहरी प्रशासनले सिक्री लगाएर घेरेको छ, यसबाट कसलाई फाइदा भइरहेको छ ? यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑