वीरगंज | पहिलोपटक एक अनुसन्धानले के पत्ता लगाएको छ भने डाइनोसरमा पनि पहिले क्यान्सर जस्तो घातक रोग लागेको हुनसक्थ्यो । सन् १९८९ मा क्यानडाको अल्बटा प्रान्तमा डाइनोसरको जीवाश्म भेटिएको थियो । यो हड्डी ७.६ करोड साल पुरानो डाइनोसरको भएको हुनसक्ने अनुमान गरिएको छ ।
अब शोधकर्ताहरुले यो हड्ठीमा शाकाहारी डाइनोसरमा पनि क्यान्सर भएको हुनसक्ने अनुमान गरेका छन् । ओस्टियोसारकोमा भएकाले यसमा क्यान्सर भएको हुनसक्ने अनुमान गरिएको छ ।
टोरन्टोमा रहेको रोयल ओन्टेरियो म्युजियममा यो डाइनोसरको हड्डी राखिएको छ । ६ मिटर लामो यो हड्डी डाइनोसरको पछिल्लो खुट्टाको हुनसक्ने अनुमान गरिएको छ । अनि यही हड्डीमा क्यान्सरको ट्युमर भेटिएको हो । सिटी स्क्यानबाट यो प्रमाणित भएको वैज्ञानिकहरुले बताएका छन् । तर, यसबारे थप अनुसन्धान हुन बाँकी छ ।