वीरगंज | सन् १९७१ मा नेपाल र भारतले ‘पावर एक्सचेन्ज सम्झौता’ मा हस्ताक्षर गरेपछि दुबै मुलुकले आवश्यकताका आधारमा विद्युत् आयात र निर्यात गर्दै आएका छन् ।पछिल्लो समय नेपालले भारतसँग विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर पनि गरेको छ । जस अनुसार नेपालले २२० केभीए ढल्केबर-मुज्जफरपुर प्रसारण लाइनमार्फत भारतको एनवीभीएन (एनटीपीसी विद्युत व्यापार निगम) बाट बिजुली आयात गर्दैछ ।
नेपाल र भारतले एक दर्जनभन्दा बढी विभिन्न प्रसारण लाइनमार्फत बिजुली आयात निर्यात गर्ने गरेका छन् । रातमा उत्पादन बढ्ने र खपत कम हुँदा नेपालले मुख्यत: मनसुनमा अतिरिक्त बिजुली भारत निर्यात गर्दै आएको छ । सर्प्लस बिजुली बिहार, उत्तर प्रदेश र उत्तराखण्डमा निर्यात गर्ने गरेको छ ।
बिजुली आयात गर्दा भारतले प्रति युनिट ६ रुपैयाँ १८ पैसा तिर्दै आएको छ भने नेपालले पनि आयात गर्दा पनि सोही मुल्यमा आयात गर्ने गरेको छ । नेपाल विद्युत् प्राधिकरणको रेकर्ड अनुसार नेपाल र भारतबीच कुल २९१ मेगावाट विद्युत् आदानप्रदान भइरहेको छ ।
“गत आर्थिक वर्षमा नेपाल कूल १० करोड ७० लाख युनिट बिजुली निर्यात गरेको थियो,” प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भने ।अधिकारीले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सञ्चालनमा आएपछि नेपालले आगामी वर्षदेखि भारतलाई बिजुलीको ठूलो हिस्सा निर्यात गर्न सक्ने बताएका छन् ।
“यो हाम्रोलागि एक माइलस्टोन उपलब्धि हुनेछ । हामी भारतलाई बिजुलीको ठूलो हिस्सा निर्यात गर्न सक्षम हुनेछौं । हामी यो वर्ष मात्र करिब १३ सय मेगावाट बिजुली उत्पादन गर्ने योजनामा छौं, ” प्राधिकरणका प्रवक्ता अधिकारीले भने ।
भारत र नेपाल विद्युत् आदानप्रदानमा मात्र संलग्न भएका छैनन् । भारत नेपालको जलविद्युत् आयोजनाहरू निर्माणमा पनि संलग्न रहि आएको छ । अरुण तेस्रो, नेपालको सबैभन्दा ठूलो जलविद्युत् आयोजना भारतको सहयोगमा निर्माण भइरहेको छ । यो आयोजनाले नेपाललाई पूर्णरुपमा विद्युतीकरण गर्न प्रभावकारी हुने अपेक्षा गरिएको छ ।