• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विज्ञले पत्ता लगाए कोरोनाभाइरसबाट नेपालीको मृत्युदर कम हुनुको वैज्ञानिक कारण

  • वीरगंज संजाल
  • १० आश्विन २०७७, शनिबार ०३:४२
  • ४३४५

    मुम्बइ। कोरोनाभाइरसको संक्रमण अहिले विश्वभरी फैलिएको छ । नेपालमा बिहीबारसम्म ६९ हजार ३ सय जना संक्रमित भएका छन् । यीमध्ये ४५३ जनाको मृत्यु भएको छ । विश्वभरीको तथ्यांक हेर्दा तुलनात्मक रुपमा नेपालको मृत्युदर कम देखिएको छ । युरोप र अमेरिकी देशहरुको तुलनामा दक्षिणपूर्वी एसियाली देशहरुमा मृत्युदर कम छ । यसको पछाडि वैज्ञानिक कारण रहेको अध्ययनमा खुलासा भएको छ ।

    बनारस हिन्दू विश्वविद्यालयको नेतृत्वमा गरिएको एक अध्ययनका अनुसार नेपाली, भारतीय, बंगलादेशी लगायत दक्षिणपूर्वी एसियाली देशका मानिसहरुको शरीरमा एउटा जीनको मात्रा अधिक छ जसका कारण उनीहरुको शरीरमा यो भाइरससँग लड्ने क्षमता पनि अधिक छ । यो जीनको मात्रा युरोप, अमेरिकी देशका मानिसहरुको शरीरमा भन्दा दक्षिणपूर्वी एसियाली देशका मानिसहरुको शरीरमा धेरै भएको अध्ययनमा खुलेको छ । यो जीनले शरीरमा कोरोनाभाइरसविरुद्ध प्रतिरोधी क्षमता बढाउँछ ।

    विश्वविद्यालयका प्रोफेसर ज्ञानेश्वर चौबेको नेतृत्वमा ६ संस्थामा जेनेटिक विशेषज्ञहरु सम्मिलित विज्ञ टिमले विश्वका फरक फरक समुदाय र क्षेत्रमा कोरोनाभाइरसको प्रभाव र उनीहरुको शरीरमा पाइने जेनेटिक कुराहरुको विषयमा गरेको अध्ययन पब्लिक लाइब्रेरी अफ साइन्स (प्लस) को मेडिकल जर्नल प्लस वनमा प्रकाशित छ । अध्ययनका आधारमा टाइम्स अफ इण्डियामा प्रकाशित रिपोर्टअनुसार दक्षिण एसियाली क्षेत्रका मानिसहरुको शरीरमा एन्जियोटेन्सिन कन्भर्टिङ इन्जाइम–२ (एसीइ–२) जीन सर्वाधिक मात्रामा पाइएको छ । यो जीनले कोरोनाभाइरससँग लड्न शरीरलाई इम्युनिटी दिन्छ ।

    अध्ययनका अनुसार यही जीनका कारण युरोपेली र अमेरिकी देशका मानिसहरुको तुलनामा दक्षिण एसियाली देशका मानिसहरु १२ प्रतिशत बढी सुरक्षित छन् । प्रोफेसर चौबेका अनुसार केही निश्चित क्षेत्र वा समुदायका मानिसहरुको शरीरको प्रतिरोधी क्षमताले यो भाइरसविरुद्ध काम नगरेको र केही क्षेत्रका मानिसहरुमा यसको प्रभाव निकै कम देखिएपछि यसबारे बुझ्नको लागि विश्वभरका मानिसहरुको जीनोम अध्ययन गरिएको बताए । प्रोफेसर चौबेका अनुसार यो अध्ययनमा अफ्रिका, युरोप, दक्षिण एसिया, दक्षिण पूर्वी एसियादेखि सायबेरियासम्मका मानिसहरुको अध्ययन गरिएको थियो ।

    विश्वभरीका ४८३ मानिसहरुको जीनोम अध्ययन गर्दा दक्षिण एसियाका मानिसहरुको जीनोम दक्षिण पूर्वी एसियालीहरुको जीनोमसँग मेल खाएको पाइएको तथा युरोपेलीहरुको जीनोम अमेरिकीहरुको जीनोमसँग मेल खाएको पाइएको प्रोफेसर चौबेले बताए । इरानको जीनोम पनि युरोपका मानिसहरुसँग मिल्दो थियो । चौबेका अनुसार दक्षिण एसियाली मानिसहरुको शरीरमा म्युटेशन पनि अधिक थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑