विरगंज । देशमा सक्रिय संक्रमितको संख्या २५ हजार पुगे फेरि लकडाउन हुने भएको छ । स्वास्थ्य मन्त्रालयका सचिव संयोजक रहेको आईसीएसको बुधबार बसेको बैठकले २५ हजार सक्रिय संक्रमित पुगे लकडाउन (बन्दाबन्दी) गर्न सिफारिस गर्ने निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
। बैठकले संक्रमण दर बढेकाले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने सेवा र व्यवसाय १ महिनासम्म नखोल्न सिफारिस गरेको पनि गौतमले बताए ।
२५ हजार बढी सक्रिय संक्रमित भएमा व्यवस्थापन गर्न असहज हुने भएकाले लकडाउन गर्नुपर्ने मन्त्रालयको भनाइ छ ।संक्रमितको संख्या ७० हजार नाघ्यो, २४ घण्टामा १३१३ थपिए : १४५५ डिस्चार्ज