काठमाण्डाै | काठमाण्डाै उपत्यकामा पछिल्लाे २४ घण्टामा ६ सय ४५ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा काठमाण्डाैका पाँच सय तीन जना, भक्तपुरका ५१ जना र ललितपुरका ९१ जनामा सङ्क्रमण देखिएकाे हाे ।
यस्तै बिहीबार काठमाण्डाै उपत्यकामा ६ सय ४५ सहित देशैभर एक हजार तीन सय १३ जनामा सङ्क्रमण पुष्टि भएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरसका सक्रमितकाे कुल सङ्ख्या ७० हजार ६ सय १४ पुगेकाे छ ।