• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एयरलाइन्स सञ्‍चालक भन्छन्- पर्यटन क्षेत्र चलायमान बनाउन प्याकेज ल्याएका हौं

  • वीरगंज संजाल
  • ८ आश्विन २०७७, बिहीबार १२:२७
  • ५३०५

    काठमाडौं । सरकारले असोज १ देखि सार्वजनिक यातायात एवं आन्तरिक हवाई सेवा खुलाएसँगै एयरलाइन्सहरूले आकर्षक टुर प्याकेज सार्वजनिक गरेका छन् । बुद्ध एयर, यति एयरलाइन्सलगायतले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न भन्दै टुर एन्ड ट्राभल प्याकेज सार्वजनिक गरेका छन् ।

    एयरलाइन्सको प्याकेजप्रति भने ट्राभल एन्ड टुर्स अपरेटहरूले आपत्ति जनाएका छन् । एयरलाइन्सहरूले आफ्नो व्यवसायभन्दा फरक व्यवसायमा पनि हात हालेर हस्तक्षेप गर्न खोजेको आरोप उनीहरूको छ ।

    नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स् (नाटा) का अध्यक्ष अच्युत गुरागाईं एयरलाइन्सले प्याकेज बेच्‍न नहुने बताउँछन् । “सुरुका दिनमा आन्तरिक पर्यटनलाई चलायमान बनाउन एयरलाइन्सहरूले जुन प्रयास गरेका छन्, त्यो त सराहनीय छ । तर, उनीहरूले ट्राभल एजेन्सीसँग मिलेर प्याकेज बनाइदिएको भए हुन्थ्यो,” उनले भने । एयरलाइन्सहरूले भने नाटा, टानसँग सहमति गरेरै प्याकेज ल्याएको बताउँछन् । “उहाँहरूले अलिअलि कन्सेन्ट त लिनुभयो । ट्राभल, ट्रेकिङलाई १० प्रतिशत कमिसन हुनुपर्छ । त्यो प्याकेज सीधै एयरलाइन्सले बेच्न हुँदैन, ट्राभल एजेन्सीले बेच्नुपर्छ भनिरहका छौं,” उनले भने ।

    एयरलाइन्सहरूको प्याकेज उपभोक्ताका लागि आकर्षक र सस्तो पनि त छ नि ? भन्ने प्रश्नमा उनले भने, “साधारण उपभोक्ताका हिसाबले हेर्ने हो भने धेरै राम्रो छ तर जसले जे काम गर्ने हो त्यही काम गर्नुपर्‍यो ।” यद्यपि उनले आन्तरिक पर्यटनलाई चलायमान बनाउने गरी सकारात्मक सन्देश दिन एयरलाइन्सहरूले ल्याएको प्याकेजको अवधारणा अन्तर्राष्ट्रिय रुपमा समेत हेर्दा गलत भने नभएको बताए ।

    “पर्यटन क्षेत्र खुला गर्नुपर्छ भन्‍ने पहिलो कुरा हो । प्याकेज कसले बेच्‍ने, कसले नबेच्‍ने भन्‍ने कुरा पर्यटन विभागले दिएको लाइसेन्स हेर्ने हो । लाइसेन्समा प्रस्ट लेखेको छ, ट्रेकिङवालाले ट्रेकिङ बेच्छ, र्‍याफ्टिङवालाले र्‍याफ्टिङ बेच्छ, टुरवालाले टुर बेच्छ” उनले भने । उनले एयरलाइन्सहरूको प्याकेज नबिक्ने दाबीसमेत गरे ।

    ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदी एयरलाइन्सले सोझै ट्राभल, ट्रेकिङको प्याकेज बेच्‍ने हो भने ट्राभल र ट्रेकिङको औचित्य नहुने बताउँछन् । “ट्राभल र ट्रेकिङले गरिरहेको प्याकेजमा एयरलाइन्सहरूले सहकार्य गरेर जानुपर्नेछ । हामी सबै आ-आफ्नो उद्देश्यअनुसार हिड्नु पर्‍यो । ट्रेकिङले ट्रेकिङ, ट्राभलले ट्राभल, र्‍याफ्टिङले र्‍याफ्टिङ, ट्रान्सपोर्टले ट्रान्सपोर्ट, एयरलाइन्सले एयरलाइन्सको व्यवसाय गर्नुपर्‍यो । यस्तो अवस्थामा एकले अर्कोलाई इन्टरप्‍ट गर्नु भएन,” उनले भने ।

    टुर एन्ड ट्राभल कम्पनीहरूले एयरलाइन्सको टिकट बेच्ने भएकाले एयरलाइन्सहरूले आफैं प्याकेज नबेचिदिन उनले आग्रह गरे । एयरलाइन्सहरूको प्याकेज टुर एन्ड ट्राभल्सको भन्दा सस्तो देखिन्छ, उपभोक्ताका लागि त राम्रो होइन र ? भन्ने प्रश्नमा उनले भने, “त्यस हिसाबले होला । तर, हामीले रोजगारीका कुरा पनि त हेर्नुपर्ला नि ! सानोतिनो कुराले मेजर कुरालाई छायामा पार्नु भएन ।”

    यदि एयरलाइन्सहरूले प्याकेज आफैं बेच्‍ने हो भने टुर एन्ड ट्राभल्स व्यवसायी प्रभावित हुने देखिएको उनले बताए । “टुर एन्ड ट्राभल्सले गर्ने प्रकृतिको व्यापार एयरलाइन्सहरूले नगरिदिनुहोस् भन्ने हाम्रो आग्रह हो,” उनले भने । उनले टुर एन्ड ट्राभलहरूले एयरलाइन्सको प्याकेज नभई आफ्नै प्याकेज बेच्‍ने बताए । “उहाँहरूको एयरलाइन्सको टिकट त हामीलाई चाहिन्छ तर प्याकेज हामी आफैं बनाउँछौं ।”

    यता, प्याकेज सार्वजनिक गरेको एयरलाइन्सहरूले भने सुस्त भएको पर्यटन उद्योगलाई चलायमान बनाउन मात्रै नेतृत्व लिएको बताउँछन् । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन गर्तौलाले पर्यटन क्षेत्रलाई चलायमान बनाउन प्याकेज ल्याएको बताउँछन् । “पर्यटनलाई चलायमान बनाउन कसै न कसैले नेतृत्व लिनु पर्‍यो । अहिलेसम्म कसैले पनि नलिएको भएर एयरलाइन्स अग्रसर भएको मात्रै हो,” उनले भने । तर, एयरलाइन्सहरूको प्याकेज लामो समयसम्मका लागि नभएको उनले स्पष्ट पारे । “अहिले ट्राभल एजेन्सीहरू पनि नखुलेको अवस्थामा एयरलाइन्स खुल्दा एयरलाइन्सहरू पनि सरभाइभ हुन र पर्यटन उद्योगलाई पनि चलायमान बनाउन मात्रै हामीले प्याकेज ल्याएका हौं । यो नै लामो समयसम्म जान्छ भन्ने छैन । भोलि ट्राभल एसेन्सीहरूसँग मिलेर नै प्याकेज ल्याउने हो,” उनले भने ।

    एयरलाइन्सको प्याकेज बेचेर पनि टुर एन्ड ट्राभल कम्पनीहरूले कमिसन पाउने एयरलाइन्सले जनाएको छ । अहिलेको प्याकेज सस्तो भएको हुनाले पहिलेको जस्तो धेरै कमिसन भने नपाउन सक्ने गर्तौलाले बताए । “अहिलेको अवस्था भनेको सर्भाइभ हुने मात्रै हो,” उनले भने ।

    कोभिड १९ का कारण सबै प्रभावित भएकाले सर्वसाधारणको क्रयशक्ति पनि कमजोर भएको छ । यस्तो अवस्थामा सस्तो प्याकेज ल्याउँदा उनीहरूलाई पनि सहज हुन्छ भनेर सस्तो दरका प्याकेज ल्याएको एयरलाइन्सहरूको भनाइ छ ।

    अहिले ल्याइएका प्याकेज एयरलाइन्सहरूले मात्रै बेच्‍ने भन्‍ने पनि होइन, उहाँहरूले पनि बेच्‍न पाउनुहुन्छ । अहिलेको प्याकेज टान, नाटासँग सहकार्य गरेर नै ल्याइएको एयरलाइन्सको भनाइ छ । एयरलाइन्सले प्रमुख पर्यटकीय गन्तव्यहरूलाई समेटेर प्याकेज ल्याएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑