• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चीनले नाका नखोल्दा २० अर्बका सामान केरुङ र ल्हासामा अड्किए

  • वीरगंज संजाल
  • ८ आश्विन २०७७, बिहीबार ०६:५५
  • २७१७

    नेपाल सरकारको पटक–पटकको आग्रहलाई चीनले सुनेन, कोरोनाको बहानामा अन्तर्राष्ट्रिय व्यापारिक नाका बन्द गर्दा बजार र विकासका काम नै प्रभावित

    • केरुङ नाकाबाट बुधबार भित्रिएको एक ट्रक औषधि नेपालतर्फ अनलोड गर्दै नेपाली कामदार । तस्बिर : नयाँ पत्रिका

    अन्तर्राष्ट्रिय कानुन तथा मान्यताविपरीत चीनले नेपालसँग जोडिएका व्यापारिक नाका बन्द गर्दा झन्डै २० अर्ब रुपैयाँबराबरका सामग्री केरुङ र ल्हासामा अड्किएका छन् । नेपाल–चीनबीच सञ्चालनमा रहेका रसुवागढी–केरुङ र तातोपानी–खासा नाका अहिले लगभग बन्द अवस्थामा छन् । अन्तर्राष्ट्रिय व्यापारिक नाका बन्द हुँदा चीन र चीन हुँदै गरिने नेपालको आयात–निर्यात नराम्रोसँग प्रभावित भएको छ ।

    ११ चैतमा लकडाउन सुरु हुनुभन्दा करिब दुई महिनाअघिदेखि नै नेपाल–चीनका दुवै नाका बन्द अवस्थामा थिए । माघ पहिलो साताबाट बन्द भएका दुवै नाका चैतको अन्तिम साताबाट एकतर्फी रूपमा सञ्चालनमा आएका थिए । तर, कोभिड–१९ को जोखिम र बाढीपहिरोका कारण नाका पूूर्ण रूपमा सञ्चालनमा आउन सकेनन् । एकतर्फी रूपमा सञ्चालन हुँदै आएको केरुङ नाका १६ भदौदेखि पूर्ण रूपमा बन्द छ भने तातोपानी नाका २५ असारदेखि बन्द छ । चीनले कोभिड–१९ को जोखिम देखाउँदै केरुङ नाका खोलेको छैन । तातोपानी नाका भने चीनतर्फ ताल फुट्ने जोखिम रहेको र बाढीपहिरोले बाटो बिगारेको कारण देखाउँदै सञ्चालनमा ल्याइएको छैन । नेपालले दुवै नाका सञ्चालनका लागि आग्रह गर्दै आए पनि चीनले मानेको छैन । सम्बन्धित जिल्लाका सिडिओ तथा भन्सार प्रमुखदेखि केन्द्रमा वाणिज्य सचिव र परराष्ट्र सचिवसम्मले नाका पूर्ण रूपमा खोलेर अड्किएका सामान छुटाउन चीनसँग आग्रह गरिरहेका छन् । तर, चीनले कोभिडको जोखिम रहेको भन्दै आलटाल गर्दै आएको छ ।

    दुवैतर्फका नाका नखुल्दा नेपाली व्यवसायीले चीनबाट र चीन हुँदै ल्याएका फलफूल, जुत्ता–चप्पल, तयारी पोसाक, मेसिनरी, विद्युतीय सामग्रीलगायत अड्किएको व्यवसायीले बताएका छन् । लामो समयदेखि नाका बन्द हुँदा एकातर्फ नेपालको बजार प्रभावित भएको छ भने अर्कातर्फ विकास निर्माणका कामसमेत रोकिएका छन् । अहिले ल्हासा, मेलम र केरुङमा नेपाली व्यवसायीका १५ सयभन्दा बढी कन्टेनर अड्किएको हिमालय सीमापार व्यापार संघका अध्यक्ष बच्चु पौडेलले बताए । गोदाममा ठाउँ नहुँदा खुला आकाशमुनि त्रिपाल ओछ्याएर र त्रिपाल ओढाएर सामान राख्नुपरेको उनले बताए । कतिपय सामग्री फर्काएर सामुद्रिक बाटोबाट ल्याउन थालिएको उनको भनाइ छ ।

    ‘करिब एक वर्षदेखि ल्हासा र केरुङमा नेपाली व्यवसायीका करिब २० अर्ब रुपैयाँबराबरका १५ सय कन्टेनरभन्दा बढी सामग्री अड्किएका छन्,’ पौडेलले भने, ‘विगतमा स्याउ कुहियो, अहिले पनि अन्य सामग्री बिग्रने अवस्था आइसक्यो । गोदाममा ठाउँ नहुँदा त्रिपाल ओढाएर सामग्री राख्नुपरेको छ । तातोपानी र केरुङ दुवै नाकाबाट दैनिक ३०–३० गाडीका दरले सामग्री छाड्दा तत्काललाई समस्या समाधान हुने देखिन्छ । दैनिक ५०–६० ट्रक सामग्री मितेरीपुलमा ल्याएर अनलोड गरिदिएमा त्यहाँबाट नेपालीले लोड गरेर ल्याउने थिए ।’ उनले भने, ‘यसो गर्दा चिनियाँ पक्ष र नेपाली पक्षबीच प्रत्यक्ष सम्पर्क पनि हुँदैन र कोरोनाको जोखिम हुँदैन, व्यापार पनि सहज हुन्छ ।’

    चीनले अन्तर्राष्ट्रिय कानुन र मान्यता, दुुई मुलुकबीचको सम्बन्ध र मानवीयताका आधारमा पनि नाका पूर्ण रूपमा खोल्नुपर्ने पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझा बताउँछन् ।

    नाका एकतर्फी खुला, निर्यात ठप्प
    चीनले कोभिड–१९ पछि एकतर्फी रूपमा मात्रै नाका सञ्चालन गर्दै आएको छ । नेपाली र नेपाली वस्तुलाई निषेध गरिएका कारण नेपालको निर्यात ठप्प छ । साउनमा १ अर्ब १२ करोडका सामग्री आयात हुँदा निर्यात भने १ रुपैयाँ पनि भएको छैन । कोभिडको जोखिम देखाउँदै चिनियाँ पक्षले मितेरीपुलसम्म सामान ल्याएर झारिदिने र त्यहाँबाट नेपाली पक्षले लोड गरेर नेपाल ल्याउने व्यवस्था गरिएको छ । यसरी दिनमा सरदर ५ वटा ट्रक मात्रै पास हुने भएकाले सो नाकामा कन्टेनरको लाइन लागेको हो ।

    १६ भदौदेखि बन्द केरुङ नाका बिहीबारदेखि एकतर्फी र आंशिक मात्रै सञ्चालनमा आउने भएको छ । बुधबार एक ट्रक औषधि नेपाल भित्रिएको रसुवा भन्सार कार्यालयका भन्सार प्रमुख पुण्यविक्रम खड्काले बताए । तातोपानीतर्फ भने कहिले खुल्ने निश्चित नभएको तातोपानी भन्सार कार्यालय प्रमुख लालबाबु खत्रीले बताए । तर, छिट्टै खुल्ने सम्भावना रहेको उनको भनाइ छ । भारतपछि चीन नेपालको दोस्रो ठूलो व्यापार साझेदार हो । नेपालको कुल आयात व्यापारमा १५.२ प्रतिशत र निर्यात व्यापारमा १.२ प्रतिशत हिस्सा चीनको छ ।

    दैनिक ६० ट्रक सामान आउनुपर्छ : बच्चु पौडेल, अध्यक्ष, नेपाल हिमालय सीमापार व्यापार संघ
    अन्तर्र्राष्ट्रिय कानुन र मान्यताविपरीत अन्तरदेशीय व्यापारिक नाका बन्द हुँदा नेपाली व्यवसायीले करोडौँ नोक्सान व्यहोरिरहेका छन् । करिब एक वर्षदेखि ल्हासा र केरुङमा नेपाली व्यवसायीका करिब २० अर्ब रुपैयाँबराबरका १५ सय कन्टेनरभन्दा बढी सामग्री अड्किएका छन् । यो समस्या समाधानका लागि दैनिक ६० गाडी चीनले पठाउनुपर्छ । हामीले नाका खोल्ने ठोस पहल गर्न वाणिज्य र परराष्ट्र मन्त्रालयलाई पटक–पटक आग्रह गर्दै आएका छौँ । तर, नाका खुल्न सकेको छैन ।

    प्रभावकारी कूटनीतिक पहल भएन : पुरुषोत्तम ओझा, पूर्ववाणिज्य सचिव

    चीनले लामो समयदेखि नाका अवरुद्ध गर्नु पारवहनसम्बन्धी अन्तर्राष्ट्रिय कानुनका आधारमा र मानवीय हिसाबले पनि होइन । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर नाका सञ्चालनमा ल्याउनुपर्छ, अन्तरदेशीय व्यापारलाई सहजीकरण गर्नुपर्छ । चीनमा राजदूतावास र महावाणिज्यदूत गरी चारवटा कूटनीतिक निकाय छन् । तर, लामो समयसम्म नाका बन्द हुँदा पनि ती कूटनीतिक निकायले नाका खोल्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको देखियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑