• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    डब्लुएचओको ग्लोबल भ्याक्सिन योजनाबाट पछि हट्यो चीन

  • वीरगंज संजाल
  • ८ आश्विन २०७७, बिहीबार ०६:१२
  • २८३७

    वीरगंज | विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को कोभिड भ्याक्सिन विश्वस्तरमा वितरण गर्ने योजनाबाट चीन पछाडि हटेको छ । डब्लुएचओले संसारभर कोभिड भ्याक्सिन समान रूपमा वितरण गर्ने बनाएको योजनामा सामेल हुने समय सकिँदा चीनले छुट्टै प्रस्ताव ल्याउने भन्दै सहभागिता नजनाएको हो । यसअघि चीनले कम र मध्यम आय भएका देशमा भ्याक्सिनको सहज पहुँचमा सहयोग गर्ने विषयमा सहमति जनाएको थियो । डब्लुएचओको कोभेक्स नामक योजनामा चीनसँगै अमेरिका र रसियाले पनि उपस्थिति जनाएका छैनन् । सुरुमा यो योजनामा १६५ देशले सहमति जनाएका थिए ।

    डब्लुएचओले योजनामा सहभागिता जनाउन १८ सेप्टेम्बरसम्मको समय दिइएको थियो । कोभेक्समा विश्वका बढी आय भएका करिब ६४ देशले सहमति जनाएका छन् । कोभेक्सले २०२१ को अन्तिमसम्म करिब दुई अर्ब खोप निर्माण गर्ने लक्ष्य राखेको थियो, जुन न्यून आय भएका मुलुकका लागि समान रूपमा वितरण गर्न सकिन्थ्यो । तर पनि डब्लुएचओले चीन कोभेक्समा सहभागी हुने आशा गरेको बताइएको छ । यो योजनामा चीन सहभागी भएमा कोभेक्स योजना सफल हुने बलियो सम्भावना देखिन्छ । किनकि, पछिल्लो समय परीक्षणको तेस्रो चरणमा रहेका नौमध्ये चारवटा खोप चीनले निर्माण गरिरहेको छ ।

    डब्लुएचओका प्रमुख वैज्ञानिक सौम्य स्वामिनाथनले चीनसँग बहस भइरहेको र कोभेक्समा सहभागी हुन अझै समय थपिएको बताएका छन् । चीनले भने विश्वभर खोप वितरण गर्न तयार रहेको तर आफ्नै योजनाअनुसार अगाडि बढ्ने जनाउँदै आएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनियोङले सेप्टेम्बरको सुरुवातमै विकासोन्मुख देशका लागि भ्याक्सिन उत्पादनमा चीन आफैँले छुट्टै योजना बनाएको, जुन कोभेक्सजस्तै निम्न आय भएका देशका लागि उपलब्ध गराउने बताएका थिए ।

    सिंगापुर युनिभर्सिटीका वैज्ञानिक ड्र्यु थम्पसनले चीनले कोभेक्समा सहभागिता नजनाउनुलाई दुईपक्षीय दृष्टिकोण भएको प्रतिक्रिया दिएका छन् । ‘खोपका माध्यमबाट चीनले सहुलियत र सद्भावनाको आशा गरेको छ । चीनले खोप उत्पादनमा निकै मिहिनेत गरिरहेकाले यसको ठोस परिणामको पनि लाभ उठाउन पाउनुपर्छ । यदि चीनले कोेभेक्सलाई सहयोग गर्ने हो भने कोभेक्सले फिलिपिन्सलाई सहयोग गर्छ, यसबाट चीनलाई के फाइदा हुन्छ,’ उनी भन्छन् ।

    विभिन्न देशका वैज्ञानिकले चीनले आफ्नै देशको अर्थतन्त्र बलियो बनाइराख्न र छिमेकी देशलाई पनि सहयोग गर्न कोभेक्स योजना उपयुक्त हुन सक्ने बताएका छन् । तर, फरक–फरक खालका भौगोलिक वातावरणका कारण सबै देशमा खोपहरू उपयुक्त हुन्छन् भन्ने अझैसम्म कुनै आधार पाइँदैन । त्यसैले खोप सहज उपलब्ध गराउन अझै धेरै अध्ययन अनुसन्धान आवश्यक रहेको बताइएको छ ।

    एजेन्सीको सहयोगमा 

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑