वीरगंज | विश्वभर बुधबार मध्यरातसम्म कोरोना संक्रमितको संख्या ३ करोड १९ लाख ४४ हजार नाघेको छ । यस्तै बुधबार अबेरसम्म १ लाख ७४ हजार नयाँ संक्रमित पुष्टि भएका छन् ।
वर्ल्डोमिटर्सका अनुसार हालसम्म २ लाख ५ हजार ९२२ जनाको मृत्यु हुँदा निको हुनेको संख्या चाहिँ २ करोड ३५ लाख २९ हजार बढी रहेका छन् ।
हालसम्म सबैभन्दा बढी संक्रमित अमेरिकामा रहेका छन् भने त्यसपछि क्रमशः भारत, ब्राजिल, रसिया, कोलोम्बिया, पेरु, मेक्सिको, स्पेन, साउथ अफ्रिका, अर्जेन्टीना, फ्रान्स, चिली, इरान, युके र बंगलादेश रहेका छन् ।
विवरण हेर्नुहोस्ः