• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सीमा अनुगमनमा गएको नेपाली टोलीले फेला पार्‍यो चीनसँगको ११ नम्बर सीमास्तम्भ

  • वीरगंज संजाल
  • ८ आश्विन २०७७, बिहीबार ०२:२१
  • ६८८१

    ।  हुम्लाको नाम्खा गाउँपालिका अन्तर्गत चीनसँगको सीमाको ११ नम्बर स्तम्भ फेला परेको छ ।चीनले सीमा मिचेर घर बनाएको रिपोर्ट आएपछि सो क्षेत्रको अध्ययन गर्न पुगेको प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टोली पुगेको थियो ।टोलिले ११ नम्बर सीमा स्तम्भ खोज्ने निष्कर्ष सहित नेपाली सेना र सशस्त्र प्रहरीको टोलिलाई स्तम्भ खोज्न खटाएको थियो ।

    नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङ लामाले ११ नम्बर स्तम्भ भेटिएपछि अब प्राविधिक टिमले अध्यय गरेपछि मात्र चीनले सीमा मिचे नमिचेको निधो हुने खरीबोटलाई बताए । अध्यक्ष लामाका अनुसार प्राविधिक टोलिले मार्किङ गरेपछि आउने रिपोर्टका आधारमा मात्र निष्कर्ष निस्किने बताएका छन् ।

    विभिन्न मिडियामा चीनले सीमा मिचेको विषय आएपछि चिनियाँ दुताबास र नेपाल सरकारले समेत यस बारेमा स्पष्ट परेका छन् ।यस अघि चीनले सो क्षेत्रमा नेपालको भूमिको २ किलोमिटर क्षेत्रभित्र नौ वटा भवन बनाइसकेको बताइएको थियो ।

    चिनियाँ दूतावासले प्रेस विज्ञप्तिमा नेपालको सार्वभौमिकता र अखण्डताको सधै सम्मान गर्ने भन्दै कुनै सीमा विवाद नरहेको बताएको छ ।केही दिनयता नेपाली सञ्चार माध्यमहरुमा चिनियाँ पक्षले हुम्लास्थित नेपाल–चीन सीमा क्षेत्रको नेपाली भूभागमा भवन निर्माण गरेको समाचारलाई लिएर काठमाडौंस्थित चिनियाँ दूतावासले मंगलबार राति खण्डन जारी गरेको छ ।

    चिनियाँ दूतावासका प्रवक्ता वाङ सीयओलङले जारी गरेको विज्ञप्तिमा चीन–नेपाल सीमा क्षेत्रमा बनेको भवन चीनकै भूभागमा रहेको प्रमाणित भएको दाबी गरेका छन् ।

    मिडिया र सामाजिक संजालमा यस विषयमा व्यापक चर्चा भएपछि परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले नेपाल र चीनबीच सीमा समस्या नभएको बताएका छन् ।हुम्लामा नेपाली भूमि मिचेर चीनले भौतिक संरचना निर्माण गरेको भनेर आएका समाचारप्रति सरकारको ध्यानाकर्षण भएको भन्दै मन्त्री ज्ञवालीले त्यसमा सत्यता नभएको बताएका हुन् ।

    मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले नेपालको हुम्ला जिल्लाको लिमी उपत्यकामा चीनले नेपालमा घर बनाएको भनेर समाचार सम्प्रेषण भएको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भन्दै स्थलगत अध्ययनका लागि टोली गएको बताएका छन् ।उनले भने, ‘नेपाल-चीन बीचमा सीमा समस्या छैनन् । कहिँकतै छन् भने त्यस्तो समाधान गर्ने संयन्त्र छन् ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑