• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    फिनल्यान्डः सबभन्दा खुसी मान्छे बस्ने देश

  • वीरगंज संजाल
  • ७ आश्विन २०७७, बुधबार १५:०१
  • ३९५७

    एजेन्सी | एकजना बेली डान्सर पार्कमा बसेकी छन् । उनको नाम हो मिन्ना तरवामाकी । सोचमग्न, ध्यानमग्न उनी केहीबेरपछि त्यहाँबाट उठेर आफ्नो बाटो लाग्छिन् । अघि बढ्दै गर्दा उनलाई महसुस हुन्छ– मैले केही पार्कमै छोडेर आएँ ?

    यताउता गोजीमा छामछुम गर्छिन्, नभन्दै उनको वालेट (मनी ब्याग) छुटेको रहेछ । वालेटमा धेरै महत्वपूर्ण वस्तुका साथै पैसा पनि हुन्छ, त्यही हराएपछि तपाईं कति आत्तिनुहोला ? तर मिन्ना निश्चिन्त छिन् । किनकि उनको देशमा कसैले कसैको सामान त्यसरी ‘भेटेको’ भनेर उठाएर लाँदैनन् । पार्कमा फर्किएर आइपुग्दा उनको वालेट जस्तो अवस्थामा छोडिएको थियो, दुरुस्तै थियो ।

    उत्तरी युरोपेली देश फिनल्यान्ड, सन् २०१८ को ह्याप्पीनेस रिपोर्टअनुसार विश्वकै सबभन्दा बढी खुसी मान्छे बस्ने देश हो । तर ‘अकबरी सुनलाई कसी लाउनु पर्दैन’ भनेझैं त्यो रिपोर्ट नहेर्दा पनि फिनल्यान्डका नागरिकको व्यवहार, रहनसहन, सोच, आत्मसन्तुष्टि यावत कारणले उनीहरू सबभन्दा खुसी छन् भन्दा फरक नपर्ला । ह्याप्पीनेस रिसर्च इन्स्टिच्युटका सिइओ माइक वाइकिङका अनुसार फिनल्यान्डका नागरिक अन्तर्मुखी छन् । ‘उनीहरू कोहीसँग पनि त्यति धेरै खुलेर बोल्दैनन्,’ माइक भन्छन्, ‘उनीहरू आफ्नो खुसी र रिस कसैका अगाडि पोख्दैनन् ।’

    त्यहाँका मानिस एक्ला एक्लै बस्ने, आफ्नै धुनमा मस्त हुने खालका छन् । त्यसो त उनीहरूको सन्तुलित जीवन नै खुसीको अन्तर्य हो । बेली डान्सर मिन्नालाई सकारात्मक कुरालाई प्रोत्साहन गर्ने एक कम्पनीले फिनल्यान्डकै सबभन्दा खुसी मान्छेका रूपमा मनोनयनसमेत गरेको थियो । मिन्नाको नजरमा फिनल्यान्डका नागरिक यति खुसीको जिन्दगी बाँच्न सक्नुमा देशको भरपर्दो सुरक्षा व्यवस्था नै हो । ‘कसैले आफ्नो सामान जहाँसुकै छोडे पनि हराउँदैन,’ उनी भन्छिन्, ‘यहाँ कोही पनि त्यसरी अलपत्र परेका वा अरूका सामानमाथि हातसमेत लगाउँदैनन् ।’

    उनलाई ह्याप्पीनेस सर्वे रिपोर्टले दिएको सबभन्दा खुसीको देशको उपमासँग कुनै सरोकार छैन । किनकि उनी स्वयंलाई निकै सुरक्षित महसुस गर्छिन् । त्यसो त खुसीको मापन के आधारमा गर्ने भन्ने विषयमा मतभेद नरहेको होइन । मिन्नाकै तर्कलाई केलाउने हो भने ह्याप्पीनेस रिपोर्टको नतिजाले फिनल्यान्डका नागरिकको वास्तविक खुसी पेस गर्न सकेको देखिन्न । क्यानडाको ब्रिटिस कोलम्बिया युनिभर्सिटीका प्रोफेसर तथा वल्र्ड ह्याप्पीनेस रिपोर्टका सहसम्पादक जोन हेलिवेलको तर्क छ, खुसीको मापन भावनात्मक अध्ययन हुँदै होइन । खासमा यो रिपोर्टमा विश्वभरका मान्छेको रहन–सहनलाई नै मापदण्ड बनाइने भएकाले त्यसमा फिनल्यान्ड सबभन्दा अघि रहेको उनीहरू बताउँछन् । त्यसो त जीवनशैली सुखद बनाउन त्यो देशको जिडिपी र प्रतिव्यक्ति आयका साथसाथै स्वास्थ्य र आयु लामो आयुको पनि आवश्यकता पर्छ ।

    तर, यसबाहेक मान्छे–मान्छेबीच लगाव, एक अर्कालाई सहयोग गर्ने भावना, उनीहरूको सहारा बन्नु, आफ्नो निर्णय स्वयंले गर्ने स्वतन्त्रता हुनुले पनि खुसी तुल्याउन मद्दत गर्छ । यसका लागि उदारता र विश्वास त चाहियो नै, जसले मान्छेको जीवनस्तरलाई निकै माथि पुर्याउँछ । फिनल्यान्डका मानिसमा यिनै लक्षण सबभन्दा बढी पाइएको हो । फिनल्यान्ड युनिभर्सिटी अफ हेलसिन्कीका मनोवैज्ञानिक पनि यसमा सहमत छन् कि, खुसियाली जीवनका लागि विश्वास निकै महत्वपूर्ण छ । ह्याप्पीनेस सर्वेमा विश्वका धेरै देशलाई समेटिएको छ ।

    सर्वेका क्रममा जुन देशको स्थिति सबभन्दा राम्रो छ, त्यहीँका नागरिकसँग धेरै सोधपुछ गरिएको थियो । तर सिरिया, लाइबेरिया, अफगानिस्तानजस्ता देशमा त्यहाँको स्थिति र नागरिकमा देखिएको उदासीपन प्रस्ट झल्किँदा धेरै प्र्रश्न नसोधिएको शोधकर्ताहरूको भनाइ छ । फिनल्यान्डका नागरिकबाट हामीले पनि केही सिक्ने कि ? (बिबिसीका लागि केट लिवरले लेखेको आलेखको भावानुवाद)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑