वीरगंज | । नेपाल मेडिकल काउन्सिलले यसबर्षको चिकित्सक नाम दर्ता (अण्डर ग्राजुएट्स लाइसेन्स) परीक्षा आगामी १ कात्तिकमा गर्ने भएको छ । काउन्सिलले यसअघि ८ चैतमा रोकिएको अण्डर ग्राजुएट्सको लाइसेन्स परीक्षा गत २० भदौमा सम्पन्न गरेको थियो ।
काउन्सिलका रजिष्टार डा कृष्णप्रसाद अधिकारीले कोरोना महामारी पछि रोकिएको एमबीबीएस र वीडीएसको लाइसेन्स परीक्षा १ कात्तिकमा गर्ने निर्णय भएको बताए । उनले यसपटक पनि लाइसेन्स परीक्षाका लागि केन्द्रहरु काठमाडौँ उपत्यका र मोफसलमा राखिने योजना रहेको बताए ।
यो परीक्षामा गत २० भदौको परीक्षामा अनुतीर्ण भएका विद्यार्थीहरुले पनि सहभागिता जनाउन सक्ने उनले जानकारी दिए ।