क्यानेरा | च्याउ प्रोटीन र फाइबरको सबैभन्दा राम्रो स्रोत हो । यसको एन्टि अक्सिडेन्ट गुणका कारण सुपरफुडको श्रेणीमा राखिएको छ । यो एक प्रकारको ढुसी हो, जुन वर्षातको समयमा कुहिएका कार्बनिक पदार्थमा आपैm उम्रन्छ । तर सबै प्रकारका च्याउ खान लायक हुदैनन् । केही च्याउ विषालु पनि हुन्छन् । शोधकर्ताले यस्तो प्रकारको च्याउ पत्ता लगाएका छन्, जुन खतरनाक र विषालु हुने गरेको छ । यो च्याउ खानु त परै जाओस् छुदा पनि बिरामी भइन्छ ।
रातो रंगको यो विषालु च्याउ अस्ट्रेलियामा पाइन्छ । यो भन्दा पहिले यो च्याउ जापान र कोरियामा पाइने जानकारहरुले बताउदै आएका थिए । तर, यो अस्ट्रेलियाको क्विन्सल्यानडमा पनि पाइन्छ ।मीडिया रिपोर्ट्सका अनुसार यो विषालु च्याउका कारण जापान र दक्षिण कोरियामा कयौ मानिसको मृत्यु समेत भइसकेको छ । मानिसहरुले यसलाई परम्परागत चिकित्सामा प्रयोग गरिने खानेकुरा सम्झेर चियाँमा हालेर पिएका थिए । त्यसपछि उनीहरुको मृत्यु भएको थियो ।
वैज्ञानिकका अनुसार यो यती विषालु हुन्छ कि यो खानाले अंगहरु फेल हुन्छन् । मानिसको अंगले काम गर्न छोड्छ र दिमागलाई पनि नोक्सानी पु-याउछ । यती मात्रै होइनकी यो छुनाले मात्रै पनि शरीर सुन्नित थाल्छ । जेम्स कुक विश्वविद्यालयका शोधकर्ताका अनुसार यो एक मात्र यस्तो च्याउ हो, जसको विष छालाको माध्यमबाट शरीरमा भित्रिन थाल्छ ।पोडोस्ट्रोमा कार्नु–डामा नामक यो विषालु च्याउलाई सबैभन्दा पहिले चीनमा १८९५ मा फेला पारिएको थियो । ताजा जानकारीका अनुसार यो च्याउ इन्डोनेसिया र न्यू पपुवा गिनीमा पनि देखिएको थियो ।
डां बेरेन्टलाई उद्र्धृत गर्दै बीबीसीले भनेको छ,“अस्ट्रेलियामा च्याउ त्यती मन पराइन्न । यही कारणले हाल सम्म यो विषालु च्याउ पत्ता नलागेको हो ।” एक रिपोर्टका अनुसार विगत ६ महिनामा २० भन्दा अधिक यस किसिमका च्याउको प्रजाती भएका छन्, जसलाई बेवास्ता गरिँदै आएको थियो ।