वीरगंज | कोरोनाकालमा एक सकारात्मक कुरा पुरै विश्वले देखेको छ । यो अवधिमा सडकमा सवारी नचलेको र कारखाना पनि बन्द भएको थियो । त्यसैले प्रकृतीमा हावाको गुणस्तरमा तात्कालिक रुपमा सुधार आयो । हावा यती सम्म स्वच्छ भएको थियो कि टाढा टाढा सम्मका पहाँड पनि सजिलै देखिन थालेका थिए ।
धेरैजसो मानिसलाई लागेको थियो कि घरमा बसेर वायु प्रदूषणबाट बच्न सकिन्छ । तर, यो सत्य होइन । यदी तपाई बाहिरको तुलनामा घरमा वायु प्रदूषण कम भएको सोच्नु भएको छ भने यो सरासर गलत हो । अमेरिकाको पर्यावरण एजेन्सीका अनुसार बाहिरको तुलनामा यो अवधिमा वायु प्रदूषणको असर दुईदेखि पाँच प्रतिशत सम्म बढेको छ ।
वायुको गुणस्तर परीक्षण गर्ने नर्वेको एजेन्सी एयरथिंग्सले अमेरिका र युरोपको एक हजार भन्दा बढी प्रयोगकर्ताको तथ्यांकको विश्लेषण गरेको छ । यो विश्लेषणमा कम्पनीले लकडाउनको अवधिमा घरमा कार्बनडाइअक्साइड र हावामा घुलिएको कणको स्तरमा १५–३० प्रतिशतसम्म वृद्धि भएको उल्लेख गरेको छ ।