• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बंगलादेशबाट पैंचो मल ल्याउने जिम्मा कृषि सामग्री कम्पनीलाई

  • वीरगंज संजाल
  • ५ आश्विन २०७७, सोमबार ०६:२०
  • २३३७

    वीरगंज | नेपाल सरकारले बंगलादेशसँग पैचोंमा लिन लागेको ५० हजार टन युरिया मल नेपाल ल्याउने जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेडले उक्त मल नेपाल ल्याउन शनिवार ठेक्का आह्वान गरेको छ ।

    धानबालीका लागि युरिया मलको चरम अभाव भएपछि सरकारले बंगलादेशसँग मल पैंचो लिने प्रक्रिया अगाडि बढाएको थियो । ३ साताअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग यसबारेमा टेलिफोन संवाद गरेपछि बंगलादेशबाट मल ल्याउने प्रक्रियाले थप गति लिएको थियो ।

    बिहीवारको मन्त्रिपरिषद् बैठकले बंगलादेशबाट मल ल्याउने जिम्मेवारी कृषि सामग्री कम्पनी लिमिटेडलाई दिएपछि मल नेपाल ल्याउन ठेक्का आह्वान गरिएको हो । मन्त्रिपरिषद् बैठकमा मल ल्याउने जिम्मेवारी कृषि सामग्री वा साल्ट ट्रेडिङ कसलाई  दिने भन्ने बारेमा लामै बहस भएको थियो । कृषिमन्त्री घनश्याम भुसाल यो जिम्मेवारी कृषि सामग्रीलाई दिनुपर्ने पक्षमा उभिएपछि त्यसैअनुरूप निर्णय भएको हो ।

    कृषि सामग्री कम्पनीका खरीद महाशाखा प्रमुख विष्णु पोखरेलका अनुसार बंगलादेशको चिटगावबाट मल नेपाल ल्याइँदै छ । ठेक्का आवेदन दिन ७ दिनको म्याद राखिएको छ भने ठेक्का सम्झौतालगायत सबै प्रक्रिया पूरा हुन करीब २५ दिन लाग्न सक्ने बताइएको छ ।

    यसअनुसार पैंचो मल नेपाल आउन अझै करीब १ महीनाभन्दा बढी समय लाग्ने देखिएको छ । ठेक्का पाउने कम्पनीले नै बोरा छपाइ र मल प्याकेजिङलगायत काम गर्नुपर्ने शर्त  राखिएको छ ।

    कृषि मन्त्रालयका अनुसार बंगलादेशले आफूलाई आवश्यक पर्ने करीब १० लाख टन मल मौज्दात गरेको छ । त्यही मौज्दातबाटै उसले नेपाललाई मल उपलब्ध गराउँदै छ । यसरी ल्याइएको मल नेपालले पछि ग्लोबल टेन्डर गरी ८ महीनाभित्र बंगलादेशलाई फिर्ता  गर्ने योजना कृषि मन्त्रालयको छ । मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीका अनुसार नेपालसम्म मल आयात गर्न अहिले मन्त्रालयले तीनओटै विकल्प (समुद्रीमार्ग, रेलमार्ग र थलमार्ग का बारेमा गृहकार्य गरिरहेको छ ।

    ‘जुन मार्गमार्फत ल्याउँदा सस्तो र छिटो हुन्छ, त्यही मार्ग प्रयोग गर्ने मन्त्रालयको योजना छ,’ उनले भने । यसअघि ५० हजार मेट्रिकटन युरिया मल आयात गर्ने ठेक्का पाएका शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल कम्पनीले सम्झौताबमोजिम मल नल्याउँदा अहिले मुलुकभर युरिया मलको चरम अभाव छ ।

    हाल कृषि सामग्री कम्पनीसँग युरिया मलको मौज्दात शून्य छ भने डीएपी र पोटास ३ हजार २ सय मेट्रिकटन मौज्दात रहेको छ । कम्पनीले थप ३० हजार मेट्रिक टन युरिया मलको टेन्डर भर्खरै आह्वान गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेशनसँग भने अहिले युरिया १० हजार मेट्रिकटन, डीएपी ९ हजार मेट्रिकटन र पोटास ५ सय मेट्रिकटन मौज्दात छ ।

    साल्ट ट्रेडिङले यसअघि ल्याउन थालेको ३२ हजार ५ सय मेट्रिकटन युरियामध्ये हालसम्म २७ हजार ५ सय मेट्रिकटन मल नेपाल आइपुगेको छ भने ५ हजार मेट्रिकटन आउन बाँकी नै छ । ‘अबको १० दिनमा यो पनि नेपाल आइपुग्छ,’ साल्ट ट्रेडिङका सहायक प्रबन्धक पंकज जोशीले भने । यसबाहेक साल्ट ट्रेडिङले चालू आर्थिक वर्षको बजेटबाट ३० हजार मेट्रिकटन थप युरिया आयातका लागि टेन्डर आह्वान गरेको छ । त्यस्तै, उसले ल्याउन लागेको २० हजार मेट्रिकटन डीएपी मलमध्ये ७ हजार ६ सय मेट्रिकटन कोलकाता आइपुगेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै
  • आज शुक्रबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    News

    आज शुक्रबारको राशिफल

    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑