• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पठनपाठन शुरु गर्ने तयारीमा विद्यालय

  • वीरगंज संजाल
  • ४ आश्विन २०७७, आईतवार १५:०५
  • २७९३

    वीरगंज। कोरोना महामारीका कारण २०७६ चैत ६ गतेदेखि बन्द भएका शैक्षिक संस्थाको पठनपाठनका लागि कैलालीका स्थानीय तहले प्रक्रिया शुरु गरेका छन् । सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका–२०७७ जारी गरेसँगै कैलालीको टीकापुरलगायतका स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयको वैकल्पिक माध्यमबाट पठनपाठनका लागि प्रक्रिया शुरु गरेका हुन् । असोज १ गतेबाट विद्यालयहरुले विद्यार्थी भर्ना कार्यक्रम शुरु गरेका छन् । लामो समयसम्मको बन्दका कारण विद्यालय जानबाट वञ्चित बालबालिका पनि विद्यालय सञ्चालन हुने भएपछि उत्साहित भएका छन् ।

    टीकापुर नगरपालिका क्षेत्रभित्रका संस्थागत तथा निजी विद्यालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई भर्ना कार्यक्रम, पाठ्यपुस्तक वितरणलगायतका काम शुरु गरेका छन् भने सामुदायिक विद्यालयले पनि भर्ना प्रक्रियालाई अगाडि बढाएका छन् । टीकापुर नगरपालिका शिक्षा शाखाका प्रमुख दमनसिंह चौधरीले टीकापुरको हकमा अनलाइन, अफलाइन, दूरशिक्षालगायतका प्रविधिबाट पठनपाठन शुरु हुने गरी प्रक्रिया अगाडि बढेको बताए । “हामीले विद्यालय सञ्चालनका लागि छलफल शुरु गरेका छौँ । विद्यालय नै खोलेर पठनपाठन गर्न सक्ने अवस्था पनि छैन”, उनले भने, “अहिले विद्यार्थी भर्ना तथा अभिलेखीकरणको काम विद्यालयले शुरु गरेका छन् । अभिलेखीकरणको काम सकिएपछि कसरी अगाडि बढ्ने ? भन्ने विषयमा छलफल गरी पठनपाठनलाई सहज गराइने छ ।”

    सरकारले यसअघि नै वैकल्पिक अनलाइन तथा रेडियो शिक्षालाई सञ्चालनका लागि आह्वान गरे पनि सबै विद्यालय अनलाइन इन्टरनेटको पहुँचमा नहुँदा नगरपालिकामा शैक्षिक गतिविधि अगाडि नबढेको भन्दै चौधरीले आगामी दिनमा भने आवश्यकतानुसार विद्यार्थीलाई पठनपाठनमा जोड्नका लागि सहजीकरण गरिने बताए । टीकापुर नगरपालिकामा ३४ सामुदायिक र ४० निजी तथा संस्थागत विद्यालयमा करिब ४५ हजार विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।

    त्यस्तै भजनी नगरपालिकामा पनि पठनपाठन सञ्चालन गर्नका लागि प्रक्रिया अगाडि बढेको नगरपालिकाका शिक्षा शाखा प्रमुख देवराज अवस्थीले बताए । उनले विद्यार्थीको भर्ना तथा अभिलेखीकरण गर्ने काम शुरु भएको बताउँदै सरकारले जारी गरेका मापदण्डानुसार शैक्षिक गतिविधि अगाडि बढाइने बताएका छन् । “अहिले विद्यार्थीको भर्ना तथा अभिलेखीकरण र पाठ्यपुस्तक वितरणको काम भइरहेको छ”, अवस्थीले भने, “विद्यालयका शिक्षक तथा अभिभावकहरुसँग छलफल भइरहेको छ । सबैको सुझाव सल्लाहका आधारमा विद्यालय सञ्चालनका लागि निर्णय लिनेछौँ ।” भजनी नगरपालिकामा ३९ सामुदायिक र १५ निजी तथा संस्थागत विद्यालय सञ्चालनमा छन् ।

    उता निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन ९प्याब्सन० का कैलाली जिल्ला अध्यक्ष डिल्लीराज रेग्मीले केही संस्थागत विद्यालयले पहिलेदेखि नै अनलाइन कक्षा सञ्चालन गर्दै आएको बताउँदै आगामी दिनमा हप्तामा दुई विद्यार्थीलाई स्वअध्ययन सामग्री वितरणका लागि विद्यालय सञ्चालन गरिने बताएका छन् । उनले सीमित विद्यार्थीलाई आलोपालो विद्यालय बोलाएर स्वअध्ययन सामग्री उपलब्ध गराइने र आवश्यक गृहकार्य दिने गरी विद्यालय सञ्चालनको प्रक्रिया अगाडि बढाइएको बताए ।

    “हामीले माथिल्लो कक्षाका सीमित विद्यार्थीलाई सामाजिक दूरी कायम हुने गरी विद्यालयमै पठनपाठनको माग गरेका छौँ”, जिल्ला अध्यक्ष रेग्मीले भने, “त्यसो नभए गणित र विज्ञान विषयको कक्षा सञ्चालन गर्न सके पनि केही सहज हुनसक्छ । हामीले शिक्षक र विद्यार्थीलाई आलोपालो गरी बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म पठनपाठनलाई सहजीकरण गर्ने प्रक्रियामा अगाडि बढेका छौँ ।”

    प्याब्सन स्थानीय पालिका कार्यसमिति टीकापुरका अध्यक्ष जयकृष्ण तिमिल्सिनाले विद्यार्थीलाई रोल नम्बरका आधारमा जोर/बिजोर प्रणालीबाट विद्यालयमै पठनपाठन शुरु गरिनुपर्ने बताए । उनले स्थानीय सरकारलाई विद्यालय सञ्चालनको जिम्मा सरकारले दिएको भन्दै आफूहरु स्थानीय सरकारको निर्णय पर्खेर बसेको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    News

    आज शुक्रबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑