• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सुस्तायो वैदेशिक व्यापार : चालु आबको दोस्रो महिनामा आयात २२ प्रतिशतले घट्दा निर्यात दश प्रतिशतले बढ्यो

  • वीरगंज संजाल
  • ४ आश्विन २०७७, आईतवार १४:१८
  • २५७३

    चालू आर्थिक वर्षको दोस्रो महिना भदौमा नेपालको वैदेशिक व्यापार करिब २० प्रतिशतले घटेको हो । भन्सार विभागका अनुसार भदौमा कुल १ खर्ब ९९ अर्ब २८ करोड रुपैयाँबराबरको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो वर्षको भदौको तुलनामा २० प्रतिशत अर्थात् ४९ अर्ब ७२ करोड रुपैयाँले कमी हो । आव ०७६/७७ को भदौमा कुल २ खर्ब ४९ अर्ब रुपैयाँबराबरको वैदेशिक व्यापार भएको थियो ।

    नेपालमा कोरोना भाइरसको संक्रमण तथा त्यसबाट हुने मृत्युदर बढेसँगै आर्थिक गतिविधि सुस्ताएको छ । उद्योग र व्यापार आंशिक मात्रै चलेका छन्, विकासका काम सुस्त हुन थालेका छन् । त्यसको प्रत्यक्ष असर वैदेशिक व्यापारमा देखिएको भन्सार विभागका महानिर्देशक सुमन दाहाल बताउँछन् ।

    चालू आवको भदौसम्म कुल १ खर्ब ७८ अर्ब ८४ करोड रुपैयाँबराबरको वस्तु आयात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा २२.०७ प्रतिशतले कमी हो । गत आव ०७६÷७७ को दोस्रो महिनासम्ममा २ खर्ब २९ अर्ब ५० करोड रुपैयाँबराबरको वस्तु आयात भएको थियो ।गत आवको तुलनामा यो भदौमा निर्यात भने १०.४८ प्रतिशतले बढेर २० अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । आव ०७६/७७ को दोस्रो महिनामा १९ अर्ब ५० करोड रुपैयाँबराबरको निर्यात भएको थियो ।

    साउनको भन्दा बढ्यो व्यापार
    वार्षिक तुलनामा व्यापार घटे पनि अघिल्लो साउन महिनाको तुलनामा भने वैदेशिक व्यापार बढेको छ । भन्सार विभागका अनुसार साउनमा कुल ९५ अर्ब ४२ करोड ६५ लाखको वैदेशिक व्यापार भएको थियो ।

    यो अघिल्लो वर्षको साउनको तुलनामा १७.४ प्रतिशत अर्थात् २० अर्ब १३ करोड २३ लाखले कमी हो । आव ०७६/७७ को साउनमा कुल १ खर्ब १५ अर्ब ५५ करोड ८८ लाख रुपैयाँबराबरको वैदेशिक व्यापार भएको थियो ।

    तर, चालू आवको साउनको तुलनामा भदौमा भएको व्यापार ८ अर्ब ४४ करोडले बढी हो । भदौमा भने १ खर्ब ३ अर्ब ८६ करोडको व्यापार भएको हो ।

    साउनको तुलनामा भदौमा आयात ७ अर्ब २४ करोड रुपैयाँले घटेको छ । साउनमा कुल ८५ अर्ब ८० करोड रुपैयाँबराबरको वस्तु आयात भएको थियो । भदौमा भने ९३ अर्ब ४ करोड रुपैयाँबराबरको आयात भएको हो । साउनको तुलनामा भदौमा निर्यात भने १ अर्ब २२ करोडले बढेको छ ।

    साउनमा ९ अर्ब ६१ करोड रुपैयाँबराबरको निर्यात भएको थियो । भदौमा भने १० अर्ब ८३ करोडको निर्यात भएको विभागको तथ्यांक छ ।

    ‘कोरोना महामारी तथा त्यसको रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाले आर्थिक गतिविधि सुस्त बनाउँदा आयात व्यापार घटेको हो,’ महानिर्देशक दाहालले भने, ‘उपभोग कम भएको तथा उद्योग–व्यवसाय सञ्चालनमा प्रभाव परेका कारण आयात व्यापार घटेको हो ।’ यद्यपि, साउनको तुलनामा भदौमा व्यापार बढेको र अझै बढ्दै जाने उनी बताउँछन् ।

    भन्सार राजस्व झन्डै २४ प्रतिशतले घट्यो 
    वैदेशिक व्यापार सुस्त भएपछि भन्सार राजस्वसमेत प्रभावित भएको छ । भदौमा भन्सार राजस्व ४७ अर्ब ८३ करोड रुपैयाँ उठेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा २३.९६ प्रतिशतले कमी हो । आव ०७६÷७७ को भदौसम्ममा ६२ अर्ब ९१ करोड भन्सार राजस्व संकलन भएको थियो ।

    सरकारले भदौ मसान्तसम्ममा ५० अर्ब ७१ करोड रुपैयाँ भन्सार राजस्व उठाउने लक्ष्य राखेको थियो । भन्सार राजस्व लक्ष्यनजिक पुुगेको विभागका महानिर्देशक दाहालले जानकारी दिए । संकलित राजस्व लक्ष्यको ९४.३३ प्रतिशत हो ।

    महामारीका कारण व्यापार प्रभावित हुँदा राजस्व संकलन कम भएको दाहालले बताए । यद्यपि, यस्तो वेलासमेत लक्ष्यको नजिक–नजिक पुुग्नु सन्तोषजनक भएको उनको भनाइ छ । आयात घटेकै कारण भन्सार राजस्वसमेत घटेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    News

    आज शुक्रबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑