विरगंज । वीरगञ्जस्थित मालपोत कार्यालय आजदेखि खुल्ने भएको छ ।जिल्ला प्रशासन कार्यालय पर्साले सार्वजनिक सेवाप्रवाह गर्ने कार्यालयलाई खोल्न दिने भनी निर्णय गरेसँगै आईतबार (आज) बाट मालपोत कार्यालयबाट पनि सेवा सूचारु हुने भएको हो ।
गत भदौ ३१ गते बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले नागरिकको स्वास्थ्य सम्बन्धी उच्च सतर्कर्ता अपनाएर सार्वजनिक कार्यालय र संघसंस्थाले नियमित सेवा सुचारु गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार मालपोत कार्यालय पर्साका सञ्चालन हुने सम्पूर्ण कारोबार आगामी
आजबाट सूचारु हुने कार्यालयका निमित्त प्रमुख सुमन कुमार झाले जानकारी दिए ।
कोरोना महामारीको त्रास बढेसँगै जिल्लाका सम्पूर्ण कार्यालयले आफ्नो सेवा बन्द गरेका थिए । तर, पछिल्लो समय संक्रमितको संख्या घटेसँगै कार्यालयहरुले आवश्यक मापदण्ड अनुसार सेवा सूचारु गरेका छन् ।