• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मास्कको उचित प्रयोगले कच्चा भ्याक्सिनको काम गर्छ : विशेषज्ञ

  • वीरगंज संजाल
  • ४ आश्विन २०७७, आईतवार ०५:०२
  • २४९७

    वीरगंज | रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) अमेरिकाका निर्देशक रोबर्ट रेडफिल्डले कोरोना भाइरस नियन्त्रणका लागि भ्याक्सिनभन्दा मास्कको उचित प्रयोग बढी प्रभावकारी हुने बताएका छन् । कोभिड संक्रमण नियन्त्रणका लागि भ्याक्सिन नै अन्तिम उपाय भएको बताइरहेका वेला मास्कको प्रभावकारिताबारे सिडिसीको नयाँ धारणा आएको हो । ‘मलाई भ्याक्सिनभन्दा फेस मास्कको प्रयोग बढी सुरक्षित लागेको छ,’ गत बुधबार श्रम, स्वास्थ्य तथा मानव सेवाको सिनेटमा निर्देशक रेडफिल्डले राखेको भनाइ उल्लेख गर्दै न्युयोर्क टाइम्सले लेखेको छ ।

    कोभिड नियन्त्रणका लागि भइरहेका विभिन्न अध्ययन अनुसन्धानले मास्कको प्रयोगलाई सबैभन्दा बढी प्राथमिकता दिइरहेका छन् । पछिल्लो समय बिएमजी ग्लोबल हेल्थमा प्रकाशित भएको अध्ययनअनुसार कामको समयमा मास्क प्रयोग गर्दा संक्रमण निकै कम भएको पाइएको थियो । चीनको बेइजिङमा घरायसी काम गर्दा मास्क प्रयोग गर्ने व्यक्तिहरूमा पनि अध्ययन गरिएको थियो । परिवारको सदस्यमा संक्रमण देखिनुभन्दा अघिदेखि लगातार मास्क प्रयोग गर्ने परिवारमा संक्रमणको जोखिम ७९ प्रतिशत कम भएको पाइएको थियो । गैरनाफामुखी अनुसन्धान संस्था (आइजेडए)ले जर्मनीको केही क्षेत्रमा गरेको अर्को अध्ययनअनुसार मास्क अनिवार्य गरिएको १० दिनमा संक्रमणको दर २.३ प्रतिशतदेखि १३ प्रतिशतसम्म घटेको पाइएको थियो । जुनसुकै काममा पनि मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने अवधारणा ल्याइएपछि कोभिड संक्रमण फैलिने दर निकै घटेको पाइएको छ ।

                                                                                    

    भाइरस एकबाट अर्को व्यक्तिमा सर्न कुनै माध्यमको आवश्यकता हुन्छ । चिकित्सकहरूले भाइरसलाई मुखसम्म पुग्न नदिन मास्कको प्रयोग अनिवार्य मानेका छन् । यदि नियमित मास्क प्रयोग गरिने हो भने भाइरसको संक्रमण नियन्त्रण गर्न निकै प्रभावकारी हुने बताइएको छ । यस्तै, कुनै पनि संक्रमणविरुद्धको खोप सञ्चालनमा ल्याउन ५० प्रतिशत मात्रै प्रभावकारी भएमा एफडिएले मान्यता दिइँदैन । यो अर्थमा कोभिडविरुद्ध उत्पादन गर्न लागिएका खोपहरू कति प्रभावकारी हुन्छन् भन्ने कुनै तथ्य छैन । खोप उत्पादन भएर प्रयोगमा आइसकेपछि मात्र यसको प्रभावकारिता थाहा हुन्छ । त्यतिवेलासम्मका लागि मास्कको प्रयोग एक मात्र विकल्प मानिन्छ ।

    हप्किन्स सेन्टर अफ हेल्थका प्राध्यापक डा. अमिस ए अडलिजाका अनुसार पहिलो चरणमा बनाइएका खोपले संक्रमण पूर्ण रूपमा नियन्त्रण गर्न सक्दैनन् । पहिलो चरणमा निर्मित खोपले संक्रमण कम गर्न सक्नु नै बढी महŒवपूर्ण हुन्छ । एकचोटि खोपको प्रयोग गरिसकेका व्यक्तिमा फेरि संक्रमण देखिन सक्छ, तर कम गम्भीर हुन्छ । यो खोप शरीरमा संक्रमण हुन नदिन ५० प्रतिशत मात्रै प्रभावकारी हुन्छ । तसर्थ, बजारमा खोप उपलब्ध भइसकेपछि पनि सामाजिक दूरी, सरसफाइ र मास्कको प्रयोग भने अनिवार्य रूपमा कायम राख्नुपर्छ । खोपको प्रयोगपछि मास्कको प्रयोग गर्न छोड्नुहुँदैन ।

    पहिलो चरणको खोपको प्रयोगबाट शरीरमा भाइरसविरुद्ध लड्ने क्षमता विकास हुनेछ, तर दादुराको खोपजस्तै यो खोपले शरीरमा एन्टीबडी निर्माण गर्न कति समय लाग्छ भन्ने कुनै यकिन तथ्य छैन । गत साता क्यालिफोर्निया विश्वविद्यालय सान फ्रान्सिस्कोका दुईजना संक्रामक रोग विशेषज्ञहरूले ‘मास्कको प्रयोग’लाई ‘कच्चा भ्याक्सिन’ भएको बताएका थिए । जसले भ्याक्सिन नआउँदासम्मका लागि संक्रमणलाई रोकेर भ्याक्सिनको काम गरिरहने उनीहरूको दावी छ । न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनले मास्कलाई भ्यारियोलेसनको भएको उल्लेख गरेका छन्, जसको अर्थ समय बित्दै जाँदा शरीरमा आफैँ एन्टीबडीको निर्माण हुन्छ । यसको मुख्य उदाहरण ई.पू. १००० तिर भारतमा देखिएको बिफरलाई मानिन्छ ।

    — एजेन्सीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑