• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यी हुन् तेस्रो चरणमा पुगेका कोभिड विरुद्धका ८ भ्याक्सिन, कसरी काम गर्छन्?

  • वीरगंज संजाल
  • ४ आश्विन २०७७, आईतवार ०६:२५
  • २१८९

    विश्वभर करिब १ सय ५० भन्दा बढी कोभिड-१९ विरूद्धका भ्याक्सिनहरू निर्माणका क्रममा परीक्षणमा छन्। यिनीहरूसँग मानिसहरूले आशसमेत गरेका छन्। यसलाई सफल बनाउनका लागि धेरै कसरतहरू भइरहेका छन्। अमेरिकाको अपरेसन वार्प स्पीड इनिसियटिभले सन् २०२१ को जनवरीसम्ममा ३ करोड प्रभावकारी तथा सुरक्षित भ्याक्सिन निर्माण गर्नका लागि १० अर्ब अमेरिकी डलर सहयोग गरिसकेको छ।

    विश्व स्वास्थ्य संगठनले पनि सन् २०२१ को अन्त्यसम्ममा २ अर्ब भ्याक्सिन निर्माणका लागि विश्वभर चलिरहेका विभिन्न परीक्षणलाई सहयोग तथा सञ्चालन गरिरहेको छ।

    अहिले विश्वमा चलिरहेका कतिपय भ्याक्सिनहरू कोभिडको-१९ जिनेटिक म्याटेरिललाई मध्यनजर गर्दै निर्माण भइरहेका छन्, जसले गर्दा हाम्रो शरीरभित्र रहेका कोषिकाहरूले कोरोना भाइरसविरूद्ध लड्नका लागि आवश्यक प्रोटिन उत्पादन गर्छन् जसले गर्दा शरीरको इम्युन प्रणाली बलियो हुन्छ र यसबाट सजिलै छुटकारा पाउन सकिन्छ।

    साधारणतया भ्याक्सिन निर्माण भएर बजारमा आउन १० देखि १५ वर्ष लाग्छ। सन् १९६० मा अहिलेसम्मकै सबैभन्दा छिटो समयमा निर्माण भएको मुम्सको भ्याक्सिन बजारमा पुग्नका लागि ४ वर्ष लागेको थियो।

    भ्याक्सिन निर्माण गर्ने क्रममा विभिन्न चरणहरू पार गर्दै जानुपर्ने हुन्छ। सुरूमा भ्याक्सिनको परीक्षण गर्दा थोरै मानिसमाथि प्रयोग गरिन्छ।

    यदि त्यस्ता परीक्षण सफल भए र सुरक्षित तथा प्रभावकारी सावित भए भने दोस्रो चरणमा परीक्षण गर्नुपर्ने मानिसहरूको संख्या पनि बढाउँदै लागिन्छ, जसमध्ये केही संक्रमित र केही स्वस्थ व्यक्तिमाथि प्रयोग गर्ने गरिन्छ।

    तेस्रो चरणमा हजारौं मानिस माथि भ्याक्सिनको परीक्षण गर्ने गरिन्छ। त्यस्तोबेलामा छुट्टाछुट्टै उमेर समूहका मानिसमा समेत परीक्षण गर्ने भएकाले उमेर नै पिच्छे फरक प्रभाव परिरहेको हुन्छ। यस्तो बेलामा परीक्षण गरिएका मानिसहरूको दीर्घरोगदेखि लिएर विभिन्न शारीरिक, मानसिक समस्याले पनि प्रभाव पारिरहेको हुन्छ। त्यसपछि मात्र आधिकारिक निकायमा भ्याक्सिन पठाइन्छ। त्यसैले पनि यो प्रक्रिया एकदमै लामो हुने गर्छ।

    भ्याक्सिन निर्माण भइसकेपछि पनि यसको वितरणलाई लिएर केही समस्याहरू निम्तन सक्ने हुन्छ। सुरूमा कस्ता प्रकारका बिरामीका लागि यस्तो भ्याक्सिनको प्रयोग गर्न दिने र कति मूल्यमा वितरण गर्ने भन्ने विषयमा पनि विभिन्न समस्या निम्तन सक्ने विज्ञहरू बताउँछन्। यसपछिको चरणलाई भ्याक्सिनको चौथो चरण पनि भन्ने गरिन्छ, जसमा नियमित रूपमा प्रयोग भइरहेको भ्याक्सिनबाट उत्पन्न हुने साइड इफेक्टलाई मध्यनजर गर्ने गरिन्छ।

    अहिले विश्वभरिबाट थुप्रै कम्पनीहरूले भ्याक्सिन बनाउनका लागि प्रयत्न गरिरहेका छन्। कसले सफलता पाउने हो भन्ने विषयमा अहिले नै भन्न मुश्किल छ। अहिलेसम्म तेस्रो चरणमा पुगेका भ्याक्सिनको विवरण यसप्रकार छ:

    १. मोडेर्ना थेराप्युटिक्स
    नाम : एमआरएनए-१२७३
    कम्पनी : म्यासाचुसट्समा अवस्थित बायोटेक कम्पनी
    -नेसनल इन्स्टिच्युट्स अफ हेल्थको समन्वयमा निर्माण हुन लागेको।

    यो भ्याक्सिनले कसरी काम गर्छ?
    एमआरएनएको सन्दर्भमा यो भ्याक्सिनले शरीरभित्र मानव कोषिकामा रहेका भाइरसको जिनेटिक मटेरियल्सको स-साना कणलाई प्रभाव पार्छ। शरीरमा यसले भाइरल प्रोटिनको उत्पादन गर्ने भएकाले कोरोना भाइरसको नक्कल गरेर इम्युन सिस्टमलाई भाइरसलाई पहिचान गर्न सहयोग पुर्‍याउँछ। यस्तो प्रकारको प्रविधि अहिलेसम्म कुनै पनि रोगको उपचारका लागि प्रयोग गरिएको छैन। यदि यो सफल भयो भने विश्वकै पहिलो एमआरएनए भ्याक्सिन सावित हुनेछ। (एमआरएनए भ्यनक्सिनले कसरी काम गर्छ?)

    २. पिफाइजर
    नाम : बिएनटी १६२बी२ 

    कम्पनी : अमेरिकाको न्यूयोर्कमा अवस्थित यो कम्पनी विश्वको सबैभन्दा ठूला फर्मास्युटिकल कम्पनीमध्येको एक कम्पनी हो। यसले जर्मन बायोटेक कम्पनी बायोएनटेकसँगको समन्वयमा काम गरिरहेको छ।

    यो भ्याक्सिनले कसरी काम गर्छ?
    पिफाइजर र बायोएनटेकले पनि मोडेर्नाको जस्तै एआरएनए भ्याक्सिन निर्माणका लागि काम गरिरहेका छन्। जर्मन कम्पनीले भरखरैमात्र क्यान्सर भ्याक्सिनका लागि गरेको यस्तो प्रकारको भ्याक्सिनमा आधारित भएर उनीहरूले निर्माणको काम गरिरहेका छन्। पिफाइजरले अमेरिकी सरकारसँग सन् २०२० को डिसेम्बरसम्ममा १० करोड डोज भ्याक्सिनका लागि करीब २ अर्ब अमेरिकी डलरको सम्झौता गरेको छ।

    ३. यूनिभर्सिटी अफ अक्सफोर्ड
    नाम : चाडोक्स१ एनकोभ-१९

    कम्पनी : बेलायतमा अवस्थित विश्वविद्यालय। यूनिभर्सिटी अफ अक्सफोर्डले बायोफर्मास्युटिकल कम्पनी एस्ट्राजेनेकासँगको समन्वयमा भ्याक्सिन निर्माण गरिरहेको छ।

    यो भ्याक्सिनले कसरी काम गर्छ? 
    यूनिभर्सिटी अफ अक्सफोर्डले निर्माण गरिहेको भ्याक्सिनलाई भाइरल भेक्टर भ्याक्सिनका रूपमा पनि बुझिएको छ। यो भ्याक्सिनले मानव शरीरभित्र इस्पाइक प्रोटिनले इम्युन सिस्टम बलियो बनाउन सहयोग गर्नेक किसिमको हुन्छ। एस्ट्राजेनेका र अक्सफोर्डले सो भ्याक्सिनको अर्बौं डोज निर्माण गर्ने सहमति गरिसकेका छन्।

    ४. सिनोभ्याक
    नाम : कोरोना भ्याक

    कम्पनी : यो चिनियाँ बायोफर्मास्युटिकल कम्पनी हो। यसले ब्राजिलियन रिसर्च सेन्टर बुटन्टनसँगको समन्वयमा कोभिडविरूद्धको भ्याक्सिन निर्माण गरिरहेको छ।

    यो भ्याक्सिनले कसरी काम गर्छ?
    यो कोरोनाभ्याक इनयाक्टिभेटेड भ्याक्सिन हो। अर्थात् यसको प्रयोग संक्रमित नभएका व्यक्तिमा गरिन्छ। जब इनयाक्टिभेटेड प्याथोजेन्सले कुनै पनि रोगहरू उत्पादन गर्न सक्दैनन्। त्यसका साथै यसले अन्नुअल इन्फ्लुएन्जा भ्याक्सिनजस्तै इम्युन रेसपोन्सलाई पनि सक्रिय राख्न मद्दत गरिरहेको हुन्छ। गत जुलाई ३ मा ब्राजिल रेगुलेटोरी एजेन्सीले यो भ्याक्सिनलाई तेस्रो चरणमा परीक्षण गर्न अनुमति दिएको थियो।

    ५. सिनोफार्म
    नाम : नोन
    कम्पनी : यो चिनियाँ स्टेट-रन फर्मास्युटिकल कम्पनी हो। 

    यो भ्याक्सिनले कसरी काम गर्छ?
    सिनोफार्मले पनि सिनोभ्याकले जस्तै इनयाक्टिभेटेड सार्स-कोभ-२ भ्याक्सिन निर्माण गरिरहेको छ। सन् २०२० को अन्त्यसम्ममा तेस्रो चरणको परीक्षण सकिने र सार्वजनिक रूपमा वितरण गरिने कम्पनीले जनाएको छ। यो भ्याक्सिनको प्रारम्भिक चरणमा र्‍यान्डम परीक्षण गरिएको समाचार जामा नेटवर्कमा प्रकाशित गरिएको थियो।

    त्यो चरणमा परीक्षण गरिएका सबैमा इम्युन सिस्टममा सकारात्मक सुधार आएको थियो। अहिलेसम्म यो भ्याक्सिनले कुनैपनि दीर्घकालीन असर देखाएको छैन।

    ६. मुर्दोख चिल्ड्रेन्स रिसर्च इन्स्टिच्युट
    नाम : ब्यासिलस कालमिट-ग्वेरिन ब्रेस ट्रायल (बिसिजी)

    कम्पनी : यो अस्ट्रेलियाको सबैभन्दा ठूलो चाइल्ड हेल्थ रिसर्च इन्स्टिच्युट हो। अहिले यो कम्पनीले युनिभर्सिटी अफ मेलबर्नसँगको समन्वयमा भ्याक्सिनको निर्माण गरिरहेको छ।

    यो भ्याक्सिनले कसरी काम गर्छ?
    करीब सय वर्षअघि ट्युबरक्युलोसिसबाट सुरक्षित राख्नका लागि बिसिजी भ्याक्सिनको निर्माण गरिएको थियो। पछिल्ला वर्षहरूमा यो भ्याक्सिनले मानव शरीरमा इम्युन सिस्टमलाई बढाउने  र अन्य रोगसँग लड्न सक्ने क्षमतामा विकास गर्ने अनुसन्धानबाट पुष्टी भएको छ। अनुसन्धाताहरूले यो भ्याक्सिनले सार्स-कोभ-२ विरूद्ध समेत काम गर्नसक्ने भनी अनुसन्धान सुरू गरेका छन्। अस्ट्रेलियामा यो भ्याक्सिनको तेस्रो परीक्षण सुरू भएको छ। तर विश्व स्वास्थ्य संगठनले भने बिसिजी भ्याक्सिनले  कोरोना भाइरसको संक्रमणबाट मानिसलाई सुरक्षित बनाउने विषयमा अहिलेसम्म कुनै प्रमाण नभेटिएको जनाएको छ।

    ७. क्यानसिनो बायोलोजिक्स
    नाम : एडि-एनकोभ

    कम्पनी : चिनिया बायोफर्मास्युटिकल कम्पनी

    यो भ्याक्सिनले कसरी काम गर्छ?
    क्यानसिनोले पनि भाइरल भेक्टर भ्याक्सिनको निर्माण गरिरहेको छ। एडेनोभाइरसको कमजोर भर्सनलाई प्रयोग गरी सार्स-कोभ-२ पहिचान गर्नका लागि यसले स्पाइक प्रोटिन शरीरमा पठाउने काम गर्दछ। यसको परीक्षणको दोस्रो चरणको प्रारम्भिक नतिजा दी लान्सेटमा प्रकाशित भएको थियो। लनसेटमा प्रकाशित उक्त नतिजाअनुसार परीक्षण गरिएका धेरैजसो व्यक्तिमा यो भ्याक्सिनले महत्वपूर्ण र आधारभूल इम्युन निर्माण गरेको थियो। त्यसअनुसार यसले अहिलेसम्म कुनै प्रकारको साइड इफेक्ट नदेखाएको उल्लेख गरिएको थियो। चिनियाँ सरकारले भने यो भ्याक्सिन सेनाहरूले मात्र प्रयोग गर्न पाउने बताएको छ। क्यानसिनो मानिसमा भ्याक्सिनको प्रयोग गर्न पाउने अधिकार पाएको विश्वको पहिलो कम्पनी पनि हो।

    ८. दी गामालेया नेसनल सेन्टर अफ इपिटेमोलोजी एन्ड माइक्रोबायोलोजी
    नाम : स्पुतनिक भी

    कम्पनी : रसियन रिसर्च इन्स्टिट्युसन। अहिले स्टेट-रन रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डसँगको समन्वयमा भ्याक्सिन निर्माण गरेको।

    यो भ्याक्सिनले कसरी काम गर्छ?
    गमालेयाले पनि एडेनोभाइरसको कमजोर भर्सनको प्रयोगबाट भाइरल भेक्टर भ्याक्सिनको निर्माण गरेको छ। यसले पनि शरीरमा स्पाइक प्रोटिन सप्लाई गर्छ। यसले एडेनोभाइरसलाई दुई भागमा विभाजन गरेर प्रयोग गरेको छ। रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि पहिलोपटक यो भ्याक्सिन प्रयोग गरेको २१ दिनपछि दोस्रो पटक त्यही भ्याक्सिनको प्रयोग गर्नुपर्दछ। तर अहिलेसम्म रूसले यसको क्लिनिकल डेटा भने प्रकाशित गरेको छैन। कुनै पनि आधिकारिक प्रमाणबिना नै रूसले यो भ्याक्सिन विश्वभर प्रयोग गर्न सकिने दाबी गर्नुका साथै कोभिड-१९ विरूद्धको भ्याक्सिनमध्ये सबैभन्दा पहिला बजारमा पुगेको आधिकारिक भ्याक्सिन भएको दाबीसमेत गरिरहेको छ। तर विश्व स्वास्थ्य संगठनले भने यो कम्पनीको प्रारम्भिक चरणको क्लिनिकल ट्रायललाई आफ्नो लिस्टमा समावेश गराएको छ। विभिन्न अनुसन्धाताहरूले पनि यो भ्याक्सिनले मानव शरीमा बलियो एन्टिबडी र सेलुलर इम्युन रेस्पोन्स दिने बताएका छन्।

    (नेसनल जियोग्राफिकबाट अनुवादित।)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न
  • सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता
  • परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान
  • गीत बजाएको आरोपमा १४ जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

    बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

    बेल जुस उत्पादन गर्दै सामुदायिक वन

    उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    News

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    News

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    News

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    News

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑