बीयर संसारमा सबभन्दा बढी पिइने मद्य हो । पानी र चियापछि सबभन्दा बढी पिइने पदार्थ बीयर नै हो । हार्ड ड्रिंकले जस्तो खराब असर बीयरले गर्दैन । यसले तनावबाट मुक्ति दिन्छ ।तर ठिक्क मात्रामा मात्र बीयर पिउने गरेमा मात्र यसले स्वास्थ्यमा राम्रो प्रभाव पार्ने हो ।
बीयरमा बढीमा ५ प्रतिशत अल्कोहल हुन्छ । जौ, गहुँ, मकै र चामल जस्ता कुराबाट बनाइने हुनाले बीयरलाई हार्ड ड्रिंकभन्दा स्वस्थ मानिन्छ । अनि यसमा होप्स नामक फूलको रस पनि हाल्ने गरिन्छ । हुमुलस लुपस भनिने उक्त फूलले बीयरलाई तीतो बनाउने, फ्लेवर दिने र स्टेबिलिटी गराउने काम गर्छ । होप्सलाई हर्बल औषधिमा पनि उपयोग गरिन्छ ।
बीयर अनेकथरीका हुन्छन् तर आधारभूत क्याटेगोरी दुईवटा छन् : लागर र एल । बीयरमा अन्य अल्कोहल भन्दा बढी एन्टीअक्सिडेन्ट हुन्छन् । त्यसमा आइरन, क्याल्सियम र भिटामिन बी पनि हुन्छ । ठिक्क मात्रामा बीयर पिउने गर्दा हृदयघात वा स्ट्रोकको सम्भावना घट्छ । यसले खराब कोलेस्ट्रोललाई पनि घटाउँछ । बीयरमा रहेको होप्सले पत्थरी पनि हुन दिँदैन ।
बीयरमा भएको सिलिकन कन्टेन्टले मानिसको हाड पनि मजबूत बनाउन मद्दत गर्छ । हाड बलियो बनाएर हिप फ्य्राक्चरको जोखिम घटाउन यसले मद्दत गर्छ ।
वैज्ञानिकहरूले क्याल्सियममा मिसिने टेट्रासाइक्लिन नामक एन्टीबायोटिक पत्ता लगाएका छन् । उक्त टेट्रासाइक्लिन हाडको उपचारमा उपयोग गरिन्छ । इन्टरनेसनल जर्नल अफ एन्डोक्रिनोलोजीले आधुनिक बीयरले हाडको वृद्धिमा मद्दत गर्ने कुरा लेखेको छ ।
बीयर स्वास्थ्यका लागि लाभदायक छ भन्ने कुरा वैज्ञानिक रूपमा प्रमाणित भएको छ । तर त्यसो भन्दैमा बोतलका बोतल बीयर एकैचोटिमा पिउन चाहिँ हुँदैन । ठिक्क मात्रामा मात्र बीयर पिउने सल्लाह दिइन्छ ।