काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ४०१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार शनिबार मृतकको संख्या ४०१ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र ११ जनाको मृत्यु भएको गौतमको भनाइ छ ।
पछिल्लो २४ घण्टामा नेपालमा १२ सय ४ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको छ।
कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको लकडाउन र निषेधाज्ञाको चौतफी विरोध भएपछि विस्तारै सरकारले सबै क्षेत्र खुला गर्दै लगेपछि कोरोनाको ग्राफ बढ्दै गएको हो। पछिल्ला दिनमा ठूला सहरमा संक्रमितको संख्या बढ्दै गएको छ। देशभर बिहीबार १२ सय ४६, शुक्रबार २०२० जनामा संक्रमण पुष्टि भएको थियो । शुक्रबारको तुलनामा शनिबार ५० प्रतिशत नै संक्रमितको संख्या घटेको छ ।
प्रवक्ता गौतमका अनुसार देशभर अहिले १७ हजार १२९ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै होम आइसोलेसनमा ७ हजार ९४८ रहेका छन् भने संस्थागत आइसोलेसनमा ९ हजार १५३ जना रहेका छन्।
२४ घण्टामा १४ सय ४७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४५ हजार २६७ पुगेको छ। डिस्चार्ज हुनेको यो संख्या ७२ प्रतिशत हो ।
मोरङ, सुनसरी, सिरहा, काठमाडौं, ललितपुर, चितवन, भक्तपुर, र रुपन्देहीमा कोरोनाका पाँच सय बढी बिरामी रहेका छन् भने सोलुखु्म्बू, म्याग्दी, मुस्ताङ, डोल्पा, रसुवा, मुगु र हुम्ला कोरोनाका शून्य बिरामी रहेका छन्।
मन्त्रालयका अनुसार १७९ जनाको आइसीयूमा र ३५जनाको भेन्टिलेटर उपचार भइराखेको छ।