वीरगंज | प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिलाई अस्थिर बनाउने प्रयासलाई परास्त गरिएको दाबी गरेका छन् ।
छैटौं संविधान तथा राष्ट्रिय दिवसका अवसरमा सैनिक मञ्चमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले मुलुक र राजनीति स्थिरताको बाटोमा अघि बढेको दाबी गरेका हुन् ।
मुलुक टुक्रयाउँछु भन्ने शक्ति पनि मूलधारको राजनीतिमा आइसकेको बताए । प्रधानमन्त्री ओलीले संविधान आवश्यकता र औचित्यका आधारमा मात्रै संशोधन हुने बताउने संविधानका कुनै धाराले जनअधिकार कुण्ठित बनाए सहमतिका आधारमा समाधान खोजिने पनि बताए ।