वीरगंज | पर्साको वीरगंजस्थित बाल सुधार गृहका ३ जनासहित थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।नारायणी अस्पतालले उपलब्ध गराएको जानकारी अनुसार बाल सुधार गृहमा रहेका ३ जनासहित पर्साको वीरगंजमा थप ६ जना कोरोना संक्रमित थपिएका हुन् वीरगञ्ज ।
नारायणी अस्पतालमा पर्सा, बारा र रौतहटको विभिन्न स्थानबाट ल्याएको थ्रोट स्वाबको नमुनालाई पिसिआर प्रविधि मार्फत परिक्षण गर्दा ११ महिलासहित थप ५२ जनामा संक्रमण पुष्टि भएको अस्पतालले विवरण उपलब्ध गराएको छ । थपिने संक्रमितमा एक जना ४ महिनाको शिसुपनि छन् ।
अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले दिएको जानकारी अनुसार पुष्टि भएका ५२ जना मध्ये पर्साका ६ जना, बारामा सबैभन्दा बढी ४५ जना र सर्लाहीका एक जना बासिन्दा हुन् ।
पर्सामा थपिएका अन्य संक्रमित वीरगंजको विभिन्न वडाका बासिन्दा रहेका छन् । थपिएका संक्रमितमध्ये एक जना वडा नम्बर ३ का बासिन्दा हुन् भने एक जना वडा नम्बर १९ का बासिन्दा रहेका छन् । एक जनाको वडा नम्बर नखुलेको प्रवक्ता डाक्टर चौरसियाले जानकारी दिए ।
त्यसैगरी बाराको बारागढी गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय बारागढीमा ८ जना संक्रमित थपिएका छन् । सोहि गाउँपालिकास्थित अठहइ प्रहरी चौकीमापनि एक जना संक्रमित भेटिएको डाक्टर चौरसियाले बताए ।
त्यस्तै बारागढी कै सिखी पठराहमा दुई जना र श्रीपुरमा एक जनामा संक्रमण पुष्टि भएको छ । बारामा थपिने अन्य सबै संक्रमित सदरमुकाम कलैयाका बासिन्दा हुन् ।सर्लाहीको एक जनामा पनि संक्रमण पुष्टि भएको चौरसियाले दिएको विवरणमा उल्लेख छ ।