नेपालमा शुक्रबार धेरै वर्षपछि दुई रेल आइपुगेका छन् । यी रेल नेपाल सरकारले भारतसँग किनेको हो । तर, भारतीय रेलमन्त्रीले भने नेपाललाई आफूहरुदे दुई वटा डेमु रेल दिएको बताएका छन् । भारतीय रेलमन्त्री पियुष गोयलले नेपालसँग भारतको प्राचिन तथा साँस्कृतिक तथा सौहार्दपूर्ण सम्बन्ध रहेको र यो नयाँ सम्बन्धमा नयाँ आयाम दिँदै भारतीय रेलवेले नेपाललाई दुई रेल दिएको बताएका हुन् ।
उनले शुक्रबार नै नेपाल आइपुगेको रेलको तस्वीर राख्दै यस्तो ट्विट गरेका छन् ।
६ वर्षभन्दा अगाडि बन्द रहेको नेपालको एकमात्र रेलवे पुनः सन्चालनमा आएको हो । यसका लागि नेपालले भारतसँग ८४ करोड रुपैयाँमा यी दुई रेल किनेको हो ।
तर, भारतीय रेलमन्त्रीले आफूहरुले दानस्वरुप नेपाललाई रेल दिएको उल्लेख गरेपछि सामाजिक सन्जालमा उनीमाथि नेपाली प्रयोगकर्ताले निकै धेरै प्रश्न गर्न थालेका छन् ।