मलेसिया । कृष्ण गुप्ता । प्रवासी नेपाली समन्वयV समिति (पीएनसीसी) मलेसियाले मलेसियाका दुई राज्यहरु जोहोर र मलका राज्यमा हेल्प डेस्क सञ्चालन गर्ने भएको छ । समितिले मलेसियामा रहेका नेपाली श्रमिकहरुलाई लक्षित गरि विभिन्न विषयमा सहयोग गर्ने उदेश्य ले हेल्प डेस्क सञ्चालन गर्न लागेको हो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना( covid-19) महामारीको समयमा नेपाली श्रमिक हरुमामा हुने गरेका विभिन्न समस्याहरुलाई मध्यनजर गरेर परामर्श तथा सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको समितिले जनाएको छ । मलेसियामा भोग्नु परेको विभिन्न कानुनी जटिलता, घर फिर्ति सम्बन्धि अन्यौलता र श्रमिकहरुले भोगेका समस्यालाई नेपाली राजदुतावास सम्म पुर्याइ सहयोग तथा सहजीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको र उक्त कार्यक्रममा आफ्ना समस्या र गुनासाहरु दर्ता गराउन pncc ले एक सुचना मार्फत आग्रह गरेको छ।
कार्यक्रम आगामी सेप्टेम्बर २० तारिख बिहान १० बजे देखि सांझ ५ बजेसम्म सञ्चालन हुनेछ । दुबै राज्यहरुमा एउटै मितिमा कार्यक्रम गरिने भएको छ । कार्यक्रम “ओसियन मल जलान तुन एममाट काम्पुङ मोर्टेन मलक्कामा(Ocean Mall Jalan Tun Mmat Kampung Mortenmelaka)हुनेछ ।
त्यस्तै सोही मिति र समयमा जोहोरबारु राज्यको “सेनाइ जोहोर स्थित ३९, जलान साईबर १६, (39,Jalan syber 16, senai johor)मा पनि हेल्प डेस्क कार्यक्रम सञ्चालन हुने भएको छ । जोहर र पेनाङमा यसअघि पनि कार्यक्रम भएको थियोे
नोट:निम्न नम्बरहरुमा सम्पर्क गर्नोहोला
मलक्काको लागि
ईश्वर राई
सम्पर्क: 01159003700
जोहोरको लागि
चक्र मल्ल (ठकुरि )
सम्पर्क:01110941920