वीरगंज | स्वास्थ्य मन्त्रालयले ८ जिल्लामा ५०० भन्दा बढी कोरोनाभाइरसको सक्रिय संक्रमित रहेको जानकारी दिएको छ। मन्त्रालयका अनुसार मोरङ, सुनसरी, सिरहा, काठमाडौं, भक्तपुर, चितवन, मकवानपुर र रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
यसैगरी सोलुखुम्बु, मुस्ताङ, मुगु, डोल्पा र हुम्ला संक्रमणमुक्त जिल्ला बनेको छ । मन्त्रालयका अनुसार हाल देशभर देशभर आइसीयुमा १८२ र भेन्टिलेटरमा ३९ जनाको उपचार भइरहेको छ ।
बिहीबार देशभर १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने यससँगै कुल संक्रमितको संख्या ५९ हजार नाघेको छ ।