• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बाराको बकैया र धन्सार खोलाबाट दुई हजार टीप ढुङ्‌गा चोरी -निजगढ नगरपालिका मौन !

  • वीरगंज संजाल
  • १ आश्विन २०७७, बिहीबार ०९:५०
  • २९९७

    बारा  | बाराको निजगढ नगरपालिकाभित्र पर्ने बकैया र धन्सार खोलाबाट तस्करहरूले अवैध रुपमा दुई हजार टीप ढुङ्‌गा चोरेको भेटिएको छ।  खोलाबाट ढुङ्‌गा चोरी भएकोबारे जिल्ला समन्वय समितिका पदाधिकारीहरुले स्थलगत अनुगमन गर्दा चुरेसँग जोडिएको बकैया र धन्सार खोलामा मात्रै कम्तीमा दुई हजार टीप ढुङ्‌गा चोरी गरेर थुपारिएको भेटिएको हो।

    नदिजन्य उत्खनन् बन्द रहेको अवस्थामा निषेधित क्षेत्रमा अवैध रुपमा कसले ढुङ्‌गा थुपार्‍यो भन्नेबारे अनुसन्धान भइरहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिएका छन्। ‘त्यति धेरै परिमाणमा ढुङ्‌गा २/४ दिनमै थुपारिएको होइन, कम्तिमा ३/४ महिनादेखि सो क्षेत्रमा ढुङ्‌गा चोरी भइरहेको छ, कसको संलग्‍नतामा कसरी थुपारियो भन्नेबारे अनुसन्धान भइरहेको छ,’ स्थलगत अध्ययन गरेका प्रजिअ पण्डितले भने।

    उनका अनुसार बकैया र धन्सार खोलामा मात्रै दुई हजार ट्याक्टर ढुङ्‌गा तस्करीका लागि थुपारिएको छ। आफ्नो क्षेत्रभित्र रहेका दर्जनौ सानाठूला खोला र वन क्षेत्र भित्रैबाट अवैध रुपमा ढुङ्‌गा चोरी भएको देख्दा-देख्दै निजगढ नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले वास्ता गर्ने गरेका छैनन्‌। पछिल्लो समय ढुङ्‌गा चोरीको विषयमा स्थानीय प्रशासनमा उजुरी परेपछि ढुङ्‌गा ओसारपसार र बेचबिखन रोक्न बारा प्रशासनले निजगढ नगरपालिकालाई पत्राचार समेत गरेको छ।

    खोलाबाट अवैध रुपमा ढुङ्‌गा निकाल्न नदिन स्थानीय प्रशासनले दबाब दिएपछि निजगढ नगरपालिकाले थुपारिएको ढुङ्‌गा जफत र लिलाम गर्ने निर्णय गरेको छ। ‘हामीले कार्यपालिकाबाटै निर्णय गरेर अवैध ढुङ्‌गा लिलाम गर्ने निर्णय गरिसकेका छौं,’ नगरप्रमुख शुरेस खनालले भने। तर खनालले लकडाउनका बेला स्थानीयहरुले ढुङ्‌गा थुपारेको दावी गरेका छन्‌। ‘ढुङ्‌गा कति छ भन्ने विषयमा नगरपालिकाको प्राविधिक खटाएर काम भइरहेको छ, अहिले नै यति छ भन्ने अवस्था छैन,’ उनले भने।

    लामो समयदेखि खोला छेउमा अवैध रुपमा थुपारिएको ढुङ्‌गाको विषयमा नगरपालिका मौन बस्नुले मिलेमतोको आशंका उब्जाएको स्थानीय प्रशासकहरूले बताएका छन्‌।​बकैया खोला छेउमा अवैध रुपमा सञ्चालन भएका दर्जनौं क्रसर उद्योगहरूले स्थानीयलाई प्रयोग गरेर अवैध रुपमा ढुङ्‌गा थुपार्न लगाएको निजगढ कार्यपालिकाका एक सदस्यले बताए।

    ‘मेरो अनुमानमा बकैया खोलामा मात्रै कम्तीमा पाँच हजार टिप ढुङ्‌गा अवैध रुपमा थुपारिएको छ, यो सबै खोला छेउमा सञ्चालन भएका क्रसरका सञ्चालकहरुले स्थानीयलाई प्रयोग गरेर थुपार्न लगाएका हुन्,’ उनले भने।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन
  • नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
  • जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल
  • पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    News

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    News

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    News

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    News

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑